The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

‘छक्का पन्जा २’ मा श्रीमतीसँग ‘माग्ने बुढा’


मनोरञ्जन 1 पटक पढिएको हेटौंडा अनलाइन २०७४ जेष्ठ १७ बुधवार


‘छक्का पन्जा २’ मा श्रीमतीसँग ‘माग्ने बुढा’


जेठ १४ आइतबार, काठमाडौँ । हास्यटेलिसिरियल ‘मेरी बास्सै’ बाट हिट भएको एक नाम हो केदार घिमिरे (माग्ने बुढा) । ‘मेरी बास्सै’ ले केदारलाई मात्र होइन अन्य धेरै कलाकारलाई पनि स्टार बनायो ।

केही बर्षयता दर्शकहरुले ‘माग्ने बुढा’ लाई हास्यटेलिसिरियलमा देख्न पाएका छैनन् तर उनी अभिनित फिल्महरु भने दर्शकहरुले हेर्न पाइरहेकै छन् । गएको बर्ष रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पन्जा’ मा केदार घिमिरेले मुख्य भूमिका प्ले गरेका थिए । केही महिनादेखी ‘माग्ने बुढा’ को स्वास्थ्य अवस्थाको विषयमा धेरै खबरहरु बाहिर आइसकेकै छन् । अहिले पनि उनी दैनिक औषधी सेवन गरिरहेकै छन् । हिजो बिहीवारबाट छायांकन आरम्भ भएको ‘छक्का पन्जा २’ मा समेत लिड रोलमा रहेका केदार घिमिरेले हामीसँगको कुराकानीको क्रममा केही दिन अगाडी स्वास्थ्यमा पुनः समस्या आएको र अहिले औषधीको मात्रा बढाएको बताए । ‘छक्का पन्जा’ को शुभसाइतको अवसरमा श्रीमती सितादेवी घिमिरे (उल्का अचम्म) सँग भक्तपूरको सूर्यविनायकमा रहेको मन्दिरमा एकसाथ देखिएका केदार घिमिरे (माग्ने बुढा) ले आफुले यो सफलता हासिल गर्नुको पछाडी श्रीमतीको ठूलो हात रहेको बताए । उनले भने, ‘प्रत्येक श्रीमतीले श्रीमानलाई माया त उतिक्कै गर्छन तर मलाई उनले गर्ने मायाको बयान गर्न सक्दिन् । म आज जहाँ छु त्यो उनकै कारणले संभव भएको हो ।’ 




बताइदिउँ, केदार घिमिरे (माग्ने बुढा) की श्रीमती सितादेवी घिमिरे पनि एक हास्यकलाकार हुन् । अहिले उनी युटयुबबाट सार्वजनिक हुने ‘खासखुस’ मा ‘उल्का अचम्म’ को क्यारेक्टर निर्वाहा गर्दै आइरहेकी छिन् । हामीले माग्नेकी श्रीमती सितादेवीसँग प्रश्न गर्यो ‘किन अभिनयमा आउन ढिला गर्नुभयो ?’ र उनले उत्तर दिँदै भनिन्, ‘पहिला उहाँ सँग-सँगै आउन त बच्चाहरु सानै थिए । बच्चाहरुलाई हुर्काउनु पर्यो, बच्चाहरुलाई नै समय दिनु पर्यो त्यसैले अभिनयमा आउन पाएकी थिइन् । अहिले बच्चाहरु पनि ठूला भए र म पनि खाली हुन थालेपछि अभिनयमा फर्किएकी हुँ । यसअघि मैले ‘मेरी बास्सै’ मा पनि ७ भाग जतिमा अभिनय गरेकी थिएँ ।’ यस्तैमा हामीले केदार घिमिरेलाई प्रश्न गर्यो ‘अब दर्शकहरुले टेलिभिजनमा माग्ने बुढालाई कैले हेर्न पाउने ?’ अनि उत्तर फर्काउँदै उनले भने, ‘अहिले म सबैको हौसला, माया र साथसँगै औषधी र आफ्नै बलले रोगलाई जित्नमै लागिरहेको छु । म अहिले यतिसम्मको भए, अब त सक्छु जस्तो लाग्छ ।‘छक्का पन्जा २’ मा पनि मेरो काम सजिलै छ । मान्छे बोक्नु पर्दैन ।’ उनले ‘छक्का पन्जा’ मा आफ्नो भूमिका ब्रोकर जस्तो रहेको बताए । खबरका अनुसार, केदार घिमिरे र सितादेवी एकसाथ फिल्म ‘छक्का पन्जा’ मा पनि देखिँदैछन् । तर, यसविषयमा अहिलेसम्म निर्माणपक्षबाट कुनै जानकारी प्राप्त भएको छैन् । हाम्राे सन्देश


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865225 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top