The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

कृषि तथा पशुपंक्षी विकासमा ४० अर्बको बजेट


राष्ट्रिय समाचार 34 पटक पढिएको हेटौडा अनलाइन २०७४ जेष्ठ १७ बुधवार


कृषि तथा पशुपंक्षी विकासमा ४० अर्बको बजेट


जेष्ठ १७ बुधवार, काठमाडौं । स्थानीय तहमा कृषि तथा पशुपंक्षी विकासको संरचनाको टुंगो नलागे पनि बजेट निर्माण भने रोकिएको छैन । आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संयुक्त वार्षिक बजेट ४० अर्ब रूपैयाँ नाघ्ने निश्चित भएको छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङको सीमाभित्र रहेर दुवै मन्त्रालयले आव २०७४-७५ को बजेट तथा कार्यक्रम तयार गरेको जनाएका छन् । योजना आयोगले कृषि विकास मन्त्रालयका लागि ३० अर्ब ५८ करोड र पशुपंक्षी विकास मन्त्रालयलाई ९ अर्ब ६८ करोड रूपैयाँ सिलिङ तोकेको छ । तोकिएको सिलिङभित्र रहेर चालू कार्यक्रमको निरन्तरतामा आधारित भएर कार्यक्रम तय गरेका छन् भने कार्यक्रममा सामान्य हेरफेर मात्र गरेको जनाएका छन् । दुवै मन्त्रालयले संरचना टुंगो लागेपछि सोहीअनुसार समायोजन गर्न सकिने लचकतासहितको नयाँ बजेट निर्माण प्रक्रिया अगाडि बढाएका हुन् । कृषि क्षेत्रको संरचना निर्माणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरि काम गरिरहेको छ । 

कार्यदलको प्रतिवेदन तयारी तथा अनुमोदन गर्न समय लाग्ने भएपछि दुवै मन्त्रालयले पुरानै संरचनाका अधारमा बजेट तथा कार्यक्रम प्रस्ताव गरेका छन् । गतवर्ष कृषि विकास मन्त्रालयबाट अलग भएको पशुपंक्षी विकास मन्त्रालयको पूर्ण वजेट भने यो वर्ष मात्र आएको हो ।

स्थानीय तहका कार्यालयहरू स्थापना नभएकाले जिल्ला कार्यालयहरूले समन्वय गर्ने गरी बजेट तयार गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले बताए । हालको संघीय संरचनामा रहेको वडा, गाउँपालिका र नगरपालिकाहरूभित्र पर्ने कृषिका संयन्त्रमार्फत जाने गरी कार्यक्रम तयार गरिएको मन्त्रालयले जनाएको छ । 

जसअनुसार केन्द्रीय र स्थानीय तहका लागि फरक फरक परियोजना बनेका छन् । चालू आवमा लागू भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको कार्यान्वयन र आत्मर्भिरतामुखी कार्यक्रम कृषि विकास मन्त्रालयको प्राथमिकतामा छ । 

चालू आवमा कृषि र पशुपंक्षी विकासको बजेट कृषि उपजमा आत्मनिर्भरता केन्द्रीत छन् । आत्मनिर्भरताको लक्ष्यका कार्यक्रम बहुवर्षीय भएकाले पनि मन्त्रालयहरूको केन्द्र र स्थानीय तहको बजेट चालू आवको आधारमा तयार गरेका हुन् ।

चालू आवमा सरकारले कृषि मन्त्रालयका लागि ५ अर्ब ७८ करोड बजेटको दीर्घकालीन नयाँ कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित २७ अर्ब ४३ करोडको बजेट विनियोजन गरेको थियो । त्यसैगरी पशुपंक्षी विकास मन्त्रालयका लागि सरकारले चालू आवमा ८ अर्ब ४६ करोड रकमको बजेट विनियोजन गरेको छ । 

पशुपंक्षी विकास मन्त्रालयले पनि आत्मनिर्भरतामुखी चालू आवको बजेटकै निरन्तरतालाई प्राथमिकता दिएर बजेट प्रस्ताव गर्दैछ । दूध र मासुमा आत्मनिर्भरता, उत्पादन तथा उत्पादकत्व वृद्धि र उत्पादनमा गुणस्तरियता मन्त्रालयको प्राथमिकतामा रहेको प्रवक्ता श्यामप्रसाद पौड्यालले बताए । “आउँदो वर्ष हुलाकी सडक र मध्यपहाडि लोकमार्ग क्षेत्रमा दुग्ध उत्पादन वृद्धिका लागि भैंसीपालनलाई प्रवद्र्धन गर्ने, दुग्ध संकलनका लागि चिलिङ भ्याटहरूमा राख्न अनुदानको व्यवस्था गर्ने र बाख्रा पालन प्रवद्र्धन गर्ने कार्यक्रम प्राथमिकताम छन्,” उनले भने, “पोषण सुरक्षालाई लक्षित गरी कर्णाली करिडोरका लागि पनि पशुपंक्षी विकास कार्यक्रम प्रस्ताव गरेका छौं ।” 

पछिल्लो पाँच वर्षको कृषि मन्त्रालयको बजेट

आर्थिक वर्ष

विनियोजित रकम (रु. हजारमा)

०७०-७१    २१४०३१२७

०७१-७२    २३२८३१७८

०७२-७३    २६६८००००

०७३-७४    २७४३४२६१

०७४-७५    ३०५८००००

(सिलिङ)

स्रोतः कृषि विकास मन्त्रालय

आव २०७३-७४ को कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर लक्ष्य

स्रोत: कारोबार दैनिक 

लक्षित समयावधि    कृषि उपज

आगामी वर्षभित्र     गहुँ र तरकारी, अण्डा

दुई वर्षभित्र     धान र आलु, मासु

तीन वर्षभित्र    मकै र माछा, दूध

चार वर्षभित्र     केरा, मेवा र लिची

दश वर्षभित्र     किवी, स्याउ, सुन्तला, जुनार र आँप

स्रोतः आव २०७३-७४ को बजेट वक्तव्य





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959689 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top