The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

कस्ले राख्ने महिला हिंसाका घटनाहरुको तथ्याङक


विचार/दृष्टिकोण 22 पटक पढिएको रञ्जिता डंगोल २०७४ जेष्ठ २२ सोमबार


कस्ले राख्ने महिला हिंसाका घटनाहरुको तथ्याङक


२०७४ जेष्ठ २२ सोमबार, हेटौंडा हिंसा भन्ने बितीकै पिडीत र पिडकको पनि कुरा आउछ । त्यहा अधिकारको कुराहरु उठ्न सक्छ । त्यहाँ संरक्षणका कुराहरु आउन सक्छ । साँच्चै भन्ने हो हाम्रो समाज हिंसाका घटनाहरु धेरै हुने गर्दछ ।

श्रीमानले श्रीमतीलाई गर्ने, सासुले बुहारीलाई गर्ने अनि श्रीमतीले श्रीमानलाई गर्ने, छोरा बुहारीले आमा बाबुलाई गर्ने । हिंसाका प्रकारहरु धेरै छन् हाम्रो समाजमा तर यि मध्ये पनि सार्वजनीक स्थलमा महिलाहरु मथि गरिने हिंसा अनि दुव्यहार बढी हुने गरेको पाईन्छ । हिंसामा कति महिला पर्ने गरेका छन् सायद यसको तथ्याङक छैन् । हामीले देख्ने क्रममा वा हामी आफै कार्यक्रम गरि रहदा पनि हिंसामा पर्ने गरेको अनुभब हामीसंग पनि छ । हामी १६ दिने महिला हिंसा बिरुद्ध अन्तर्गत पाँच दिने नगरभित्रका चोकहरुमा महिला हिंसाका बिरुद्ध पम्पलेट अनि ब्रोसरहरु पनि बाँडेका थियौं र हामीले त्यहाँ प्रतिवधताका लागि आफ्नो हात छाप लगाउनु पर्ने ब्यानर पनि राखेका थियौ । त्यहा घेरै मानिसहरु आए अनि प्रतिबद्धता लेखेको व्यानरमा छाप पनि लगाए । त्यस भिडमा एक जना पुरुष आउनुभयो  हेर्दा उहाँ शिक्षीत जस्तै नै देखिनुहुन्थ्यो । अनि हामीले बितरण गरेको ब्रोसर अनि पम्पलेट झण्डै एक घण्टा लगाएर पढी सकेपछि हाम्रो स्टलमा आउनुभयो र भन्नुभयो महिलाको लवाई खुवाई प्रतिबन्द लगाउनु हुदैन भन्दै कुरा गर्ने सुरु गर्नुभयो म पनि त्यही भएकोले मैले भने हुदैन । महिलाले लगाएको खाएकोसंग के मतलब भयो । महिलाले पुरुषले यस्तो लगाएको छ अनि खाएको कुरा गदैन भनी दिए ।अनि उहाँले भन्नुभयो । 

मेरो पनि परिवार छ तर मेरो घरमा मेरो दिदी र श्रीमती का कुरा मिल्दैन व्यबहार विचरा मिल्दैन । त्यो बिचमा म तनाबमा हुन्छु भन्ने कुरा उहाँले अभिव्यक्त गरिरहदा प्रश्न म तिर तेरसियो यहाँ त महिलाको दुश्म महिला नै हुन्छ । अनि महिलाले महिलालाई नै हिंसा गरि रहेको हुन्छ । तपाई यसलाई कसरी लिनु हुन्छ ? एकछिन् सोचेए कुरा त त्यो पनि ठिकै हो । अनि मैले उहाँलाई भने तपाईले दिदीको कुरा सुनु हुन्छ की श्रीमतीको कुरा सुनु हुन्छ । के गर्नु हुन्छ भनेर सोध्य अनि त्यो व्यक्ति एकछिन् चुप लागेयौ । अनि मैले भनें त्यो बिचको भुमीका कसको हो त पक्कै पनि तपाई कै हुन सक्छ । तपाई आफ्नो दीदीलाई सम्झाउन सक्नु हुन्छ या आफ्नो श्रीमतीलाई सम्झाउन सक्नु हुन्छ । त्यो दुई ढुङगा बिचको तरुलको भुमीका तपाईको हुने रहेछ त । तपाईले चाहेमा तपाईको परिवारलाई मिलाउन सक्नु हुदो रहेछ भने पछि उहाँले हाम्रो स्टलमा राखीएको प्रतिबद्धता व्यानरमा छाप लगाउनु भयो । मलाई उहाँको यती लामो कुरागराईले अल्छि लागिरहेको थियो तथापि रमाईलो पनि उसलाई बुझाई रहन पाँउदा । हामी राखेको प्रतिव्धता व्यानरमा महिलाको भन्दा पुरुष कै प्रतिव्धता बढी थियो । त्यो यस कारण की महिलाहरु भन्दा पुरुषहरु बढी शिक्षीत भएर पनि हुन सक्छ । हिंसाका कुरा गरि रहदा धेरै पुरुषहरुले बुझन चाहेनन् पनि । हाम्रो ब्रोसर पम्पलेटसंग पनि सायद उनीहरुको दुश्मनी थियो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959729 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top