The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

नन्द भाउजुको निचोड


विचार/दृष्टिकोण 309 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ जेष्ठ २३ मंगलवार


नन्द भाउजुको निचोड


जेष्ठ २३ मंगलवार, हेटौंडा । पुरुष आवाज आउनासाथ दिक्षा झसङ्ग भई । भाउजुले भनेको एउटै वाक्य उसको मस्तिष्कमा घुमिरहेको थियो, केटा मान्छेको भर हुदैन ।

हुन पनि कोठामा एक्लै थिई उ बाहिर जो पनि आएको हुनसक्थ्यो।  मान्छे एकिन नहुँदै उ कसरी ढुक्क हुन सक्थीर ? परिचित झैं लाग्ने स्वरले दिक्षा नामबाटै बोलाइएपछि भने उ ढुक्क भई ।दाजुलाई सादार सत्कार गर्दै उसले दाजुको स्वभाविक जिज्ञासा मेटाउन थाली।अझ भनौं, उसले डेराको बसाई र आफ्नो हालखबर बताउन सुरुगरी।दिक्षाको कामप्रति सन्तुष्टी जनाउंदै दाई किरणले अरुउन्नतीकालागि प्रेरणा दिए । दाजु बहिनीको कुराकानीको विषय घर, परिवारबन्न थाल्यो । दिक्षाका जिज्ञासा घरतर्फ बढ्यो ।  दाजुदिक्षाकोहर जिज्ञासाका जवाफ स्वभाविक रुपमा दिन थाले । तीन महिना पुग्नेलाग्दा बल्ल डेरामै भेट्न आएका दाजुलाई दिक्षाका प्रश्नको ओईरो लाग्ने निश्चितथियो । सामान्यतया फोनमा कुराकानी भइरहने भएपनि प्रत्यक्ष भेटमा हुने गफको बेग्लैमहत्व ।  उसले बुढी आमा र बाबुको बारेमाजिज्ञासा केन्द्रित राख्ने आशंका थियो, दाजुको । तर,त्यसो भएन । महिला जागरण अभियानमा लागेकी दिक्षाको जिज्ञासाकोकेन्द्रविन्दु भाउजुसाबित्री नैरहिन् । ९ वर्षअघि साबित्री माझघरमा किरणकी दुलहीभएर भित्त्रिदा दिक्षा किशोरावस्थाकी थिई । विद्यालय जानुउसको मुख्य दायित्व थियो । बाबा सामाजिक काममा रुचीराख्ने भएकाले दिक्षले उचित शिक्षा (छोरा सरह) पाउने व्यवस्था थियो, घरमा।  सामान्यतः विद्यालयमा पढ्ने किताब नैज्ञानको मुख्य स्रोत भएपनि दिक्षा अन्य पुस्तकहरुमासमेत रुचीराख्थी ।  पाएसम्म पढ्ने गर्थी ।  जीवनी र महिलाका बारेमा लेखिएका पुस्तकहरुउसको पहिलो रोजाईमा पर्ने गथ्र्यो ।  “हाम्रा दाज’ विहेभएपछि किन भाउजुको घरमा लगिएनन् ? किन भाउजुलाई नै बिहे गरी दाजुसँग यहाँल्याईयो ?” भन्नेजस्ता बुझाईबाट सुरु भएको उसको जिज्ञासासमय र भोगाईले नै मेटाउंदै लगे ।  विस्तारैपढाई र उमेरले समेत परिपक्व बन्दै गएकी दिक्षा भाउजुको निकै प्रिय पात्र बनिन् । भाउजुपनि दिक्षासंग हरेक विषय खुलस्त र स्पष्ट रुपमाराख्थिन् ।  दुईको निकै सामिप्यता थियो ।



चिनजानका मान्छेहरु उनीहरुको सम्बन्धलाई अपवाद भन्न थाले ।  नन्द-भाउजुको मिल्तिका दिन गन्न, टिकाटिप्पणी गर्न थाले ।  सबैको अनुमानलाई चुनौती दिंदै अघि बढिरहेको सम्बन्धबारे एक दिन दिक्षा आफैले प्रश्न खडा गरी भाउजु संग ।  अझ भनौं, समाजसँग ।  “सासु-बुहारी नन्द–भाउजु, देवरानी-जेठानी मिल्न सक्दैनन् भन्ने धारणा छ मान्छेको, किन ?” भाउजुको सोझो जवाफ थियो, “तपाईं र म नि ?” अपवाद भन्दै दिक्षा मुस्कुराई ।  ‘हो, समाजले हाम्रो सम्बन्धलाई अपवाद नै त भनेको छ, उसले थपी ।  दिक्षाको स्वभाविक मुस्कानमा साथ दिंदै  साबित्रीले भनिन्, पुरुषहरु  महिलाको कमजोर पक्ष केलाएर, उनीहरुको कमजोरीमा हमला गरेर, उनीहरुलाई जुधाएर आफैं शासन गर्न माहिर छन् । अशिक्षित भएका कारण महिलाका व्यवहारले पनि त्यसलाई नै समर्थन गरिरहेको छ । अनि महिलाहरु संधै उनीहरुको लक्ष्यमा पुग्ने भर्रयाङ बन्न बाध्य भएका छन् ।  उनीहरुमहिलालाई हतियारको ? पमा प्रयोग गरी परिवार, समाज हुँदै  राज्यको शासन सत्तामा रमाइरहेछन् ।” भाउजुले अझ थपिन्, “महिलाहरु खेलौना सरह छन् ।  यस्तो लाग्छ, रिमोट पुरुषको हातमा छ ।” 

कक्षा ७ मा पढ्दापढ्दै बुहारी भएर माझघर भित्रिएकी साबित्रीको कुरा सुनेर दिक्षा अलमलमा परी ।  भाउजुको बोल्ने क्रम रोकिएन ।  संसार पुरुषकै छ ।  मन लागे महिला खोजेर भित्राउँछन्, नलागे फेर्छन् । केटी रोज्न भन्दै कुटुम्बको घर चाहर्छन् । धर्म, परम्परा, संस्कार, संस्कृति, रीतिरिवाज, समाज पुरुषकै लागि त बनेका छन्, नि । प्रकृतिले पनि पुरुषलाई बल दिएको छ, सुख दिएको छ । भाउजुका व्यवहारिक लाग्ने यस्ता कुरा सुनेपछि दिक्षाले गाउँ, छिमेक, परिवारको उदाहरण दिंदै सोधी, “सासु-बुहारी, देवरानी–जेठानीको बोलचाल छैन । यसमा पुरुषको के दोष ?” ‘हो, पुरुषहरु यसमा दोषी छैनन् ।’ साबित्रीले सहज बन्ने कोसिस गर्दै भनिन्, “तिनका दाजु, भाइ, बाबु, श्रीमान् त होलान् । तिनले यि महिलाहरुलाई किन आफ्नो नियन्त्रणमा राख्छन् ? आफ्नो स्वार्थ पुरा गर्न महिलाको जीन्दगी किन बलिदान दिन बाध्य पार्छन् ? तिनले आफ्ना छोरी, श्रीमति, दिदीबहिनीलाई शिक्षा दिने वातावरण किन मिलाउने प्रयास गर्दैनन् ?” भाउजुको कुरा सुनेर केहीबेर दिक्षा शान्त रही । केही समयको मौनतापछि उ सहज अनुभूति गर्न थाली । विस्तारै उसले भाउजुले उठाएका विषय आत्मसाथ गर्न थाली । सामान्य छलफलमा उनीहरु ले भने, हिजो अशिक्षाका कारण महिलाहरुआफै सचेत हुन नसक्दा महिला हिंसा थियो । महिलाहरु बीच आपसमा मिलेमतो हुँदैनथ्यो । आज एकाध परिवार उदाहरणको रुपमा निस्कन थालेका छन् । यो स्थिति संधै रहँदैन । दुवैले निश्कर्ष निकाले, “केही समयपछि महिलाहरु पनि समान गतिमा विकासको बाटोमा अघि बढ्नेछन्, त्यसपछि महिलाहरुले हिजोजस्तो दिन भोग्न’ पर्दैन ।” पूर्ण आत्मविश्वासका साथ भविष्यमा ढुक्क भएर आफ्नो योजनामा लाग्न पाउनेमादुवैजना  निश्चिन्त भए ।

पुराना यादहरु सम्झदै गर्दा दिक्षा वर्तमान सन्दर्भलाई सतहमा ल्याउन थाली । किरणलाई साक्षी राखेर उसले मास्टरी पढ्दाको वर्तमान अवस्था, महिला हिंसाका घटना र सरकारी निकायका विषयमा एक-एक गरी केलाउन थाली । आफ“ पनि अहिले महिला अधिकारको क्षेत्रमा काम गर्न थालेको खबर भर्खरै दाईलाई सुनाएकी दिक्षाले भाउजुसंग रहँदाको निचोड फेरी स्मरण गर्न थाली । महिलाहरु शिक्षित भएपछि सारा विकृति आफै हट्छ, महिलाह ? पीडित हुन् पाउंदैनन् , कसैको भ¥याङ बन्न्नुपर्दैन । त्यसका लागि महिला आफै सक्रिय हुनु पर्रयो । बस्, आफै ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959731 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top