The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

राजनीतिमा मधेशी महिलाको अवस्था


विचार/दृष्टिकोण 16 पटक पढिएको रानी शर्मा तिवारी २०७४ जेष्ठ २४ बुधवार


राजनीतिमा मधेशी महिलाको अवस्था


जेष्ठ २४ बुधवार, हेटौंडा । विश्वभरि नै राजनीतिमा महिलाको उपस्थिति/सकृयता न्यून रहने गरेको छ । विश्वको सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् ।

अमेरिकामा हालसम्म एक जना पनि महिला राष्ट्रपति भएको इतिहास छैन । विकसित राष्ट्रमध्येकै एक संयुक्त अधिराज्यमा भने राष्ट्र प्रमुख महारानी एलिजाबेथ छिन् । साथै त्यहाँ सरकार प्रमुखको रूपमा श्रीमती मार्गे्रट थ्याचर प्रधानमन्त्री भइसकेकी छिन् । आश्चर्यजनक यथार्थ के छ भने विकसित भनिएका पश्चिमा राष्ट्रहरूले अविकसित र महिला विरूद्धको भेदभाव बढी भएको भनेर आक्षेप लगाउने गरेको दक्षिण एसिया क्षेत्रका राष्ट्रहरूमा महिलाहरू राजनीतिक उच्च ओहदामा पटक पटक पुगेका छन् । 

यस क्षेत्रमा भारत, पाकिस्तान, म्यानमार, बांग्लादेश, र श्रीलंकामा पटक-पटक महिलाले राष्ट्र प्रमुख र सरकार प्रमुखको भुमिका निर्वाह गरेका छन्, भने नेपालमा पनि महत्वपूर्ण जिम्मेवारीमा महिलाहरू पुगेका छन् । यसमध्ये पनि पाकिस्तान र बांगलादेश ईस्लामिक देश हुन जहाँ महिलामाथि चरम भेदभाव रहेको आरोप लाग्ने गरेको छ । ऐतिहासिक रूपमा पनि भारतीय उपमहाद्विपका विभिन्न राज्यहरूमा समय-समयमा विभिन्न रानी/महारानीहरूले राज गरेका छन् । यसरी विश्लेशण गरेर हेर्दा विकसित राष्ट्रहरू भन्दा दक्षिण एसियाली राष्ट्रहरूमा पहिलेदेखि नै महिला नेतृत्व बढी सकृय र स्वीकार्य रहेको स्पष्ट हुन्छ ।  

नेपालको राजनीतिमा प्रजातन्त्र प्राप्तिको आन्दोलनको शुरूवातदेखि नै महिलाहरूको उपस्थिति रहेको पाइन्छ । प्रजातन्त्र स्थापना पछी डडेल्धुराकी द्वारिका देवी ठकुरानी नेपालको पहिलो महिला मन्त्री भएकी थिइन् । ध्यान दिनुपर्ने विषय के छ भने डडेल्धुरा अझै पनि महिलामाथि भेदभाव बढी हुने र महिलाको अवस्था दयनीय रहेको जिल्लामा पर्छ । द्वारिका देवी ठकुरानीका साथै, साहना प्रधान, मंगला देवी, शैलेजा आचार्य, आदी २००७ साल यताको नेपाली राजनीतिमा जिवनपर्यन्त सकृय रहेका नामहरू हुन । तथापी नेपाली राजनीतिमा महिलाहरूको उपस्थिति न्यून नै रह्यो । नेपाली राजनीतिमा प्रवेश गर्ने अधिकांश महिलाहरूले बिचमै राजनीतिबाट अवकाश लिने वा हराउने गरेका छन् । 

मधेशको राजनीतिमा पनि केही महिलाहरू सुरूदेखि नै सकृय रहे पनि कमले मात्र निरन्तरता दिएका छन् । निरन्तरता दिनेहरू पनि नेतृत्व तहमा पुगेको कमै मात्र उदाहरण छ । २०४७ सालमा मधेशको मुद्दालाई अगाडि सार्दै सद्भावना परिषदबाट नेपाल सद्भावना पार्टीमा परिणत भएपछी पार्टीमा सकृय भएकी निलम वर्मा फोरम नेपाल हुँदै अहिले राष्ट्रिय मधेश समाजवादी पार्टी कीे उपाध्यक्षको रूपमा सकृय छिन् । सोही ताका नेपाल सद्भावना पार्टी प्रवेश गरेकी कपिलवस्तुकी अम्रिता अग्रहरी लामो समय मधेश राजनीतिमा चर्चाको केन्द्रमा रहेर निष्कृय भइन् । २०४८ सालमा सद्भावना प्रवेश गरेकी चन्द्रकला कुशवाहा हाल सदभावना पार्टीमा केन्द्रिय सदस्य छिन् । सोही ताका नेपाल सद्भावना पार्टीबाट राजनीति शुरू गर्ने धनुषा की चन्दा साह, देवता साह लगायतका राजनीतिबाट निष्कृय भए । यसैगरी, नेपाल सद्भावना पार्टीबाटै २०५२ सालमा राजनीति सुरू गरेकी सुनसरीकी कान्ती मिश्र, बिन्दु श्रिवास्तव का साथै विभिन्न समयमा सद्भावनाबाट मधेश राजनीतिमा प्रवेश गरेका विमला सिंह कुशवाहा, धनुषाकी विभा ठाकुर, सिता देवी राय, निला साह, झापाकी उषा राजवंशी, सदभावना महिला मञ्चको उपाध्यक्ष समेत भईसकेकी सुनसरीकी मञ्जु भगत, विभिन्न आन्दोलनमा सकृय भुमिका निर्वाह गरेकी रूपन्देहीकी नुरजहाँ राष्ट्रिय सद्भावना पार्टीको सह–अध्यक्ष र तराई मधेश सद्भावना पार्टी नेपाल की उपाध्यक्ष समेत भई सकेकी गौरी महतो कोईरी मधेश राजनीतिमाबाट निष्कृय भएका महिलाहरूको उदाहरण मात्र हो । २०६२÷६३ अगाडि नेपाल सद्भावना पार्टीबाट राजनीति शुरूवात गरेर हालसम्म सकृय रहेका महिलाहरूमा २०५० सालमा राजनीतिमा सकृय भएकी सप्तरीकी मन्जु अन्सारी हाल फोरम नेपालमा छिन् । त्यसै गरी झापा की द्रोपदी गणेश जिल्ला सदस्य, महिला मञ्चको सदस्य हुँदै हाल सद्भावना पार्टीको केन्द्रिय सदस्यको रूपमा रूपमा सकृय छिन् । त्यसै गरी सद्भावनाबाटै राजनीति शुरू गरेकी चन्दा चौधरी हाल तमलोपाको केन्द्रिय सदस्य छिन भने आशा चतुर्वेदी फोरम लोकतान्त्रिकको केन्द्रिय सदस्य छिन् । त्यसैगरी, राधा कायस्थ, हाल सद्भावना केन्द्रीय सदस्य छिन् । सद्भावनाबाटै राजनीति सुरू गरेकी र अवसर आउँदा सकृय हुने ममता झा विभिन्न पार्टी हुँदै फेरी सद्भावना पार्टीबाटै निष्क्रिय भएकी छिन् । 

२०६२/६३ पछी मधेश विद्रोह र समानुपातिक निर्वाचन प्रणालीले ल्याएको अवसरका कारण धेरै महिलाहरू राजनीतिमा सकृय भएर उदाए, साथै विभिन्न पदमा समेत आसिन भए । तर विगत ७ वर्षको अवधिमा तीमध्ये पनि धेरै निष्कृय हुँदै गएका छन् । मधेश आन्दोलनबाट उदाएकी पर्साकी करिमा बेगम फोरम नेपालको केन्द्रिय सदस्य, सभासद हुँदै राज्य मन्त्रीसम्म भइ हाल फोरम नेपालमै महिला संगठनमा सकृय छिन् । समानुपातिक निर्वाचन प्रणाली र समावेशिताको सिद्धान्तको आधारमा पहिलो संविधानसभामा सभासद् र पछि क्रमशः सहायक र राज्यमन्त्री भएकी कलावती दुसाध र रमनी राम चमार पहिलो संविधानसभा विघटनपछि निष्कृय भए । हाल मधेशको राजनीतिमा लामो समयदेखि सकृय अन्य महिलाहरूको कुरा गर्दा तमलोपा की केन्द्रीय सदस्य पुष्पा ठाकुर, तमलोपाबाट राजनीति सुरू गरेर हाल फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य रहेकी शेख चाँदतारा, सदभावना की निभा साह तथा नेपाली काँग्रेसबाट राजनीति शुरू गरेर राप्रपा हुँदै हाल फोरम नेपाल की कोषाध्यक्ष रेणु यादव आदिको नाम उल्लेख्य छ । 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959691 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top