The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

बलिउडका नामूद खलनायक रञ्जीत निखिलको फिल्म खेल्न काठमाडौँमा


मनोरञ्जन 93 पटक पढिएको हेटौडा अनलाइन २०७४ जेष्ठ २५ बिहीवार


बलिउडका नामूद खलनायक रञ्जीत निखिलको फिल्म खेल्न काठमाडौँमा


जेष्ठ २५ बिहीवार, हेटौडा । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको निर्देशनमा बनिरहेको नयाँ फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर्स'का लागि बलिउडका प्रख्यात खलनायक रञ्जीत काठमाडौँ आइपुगेका छन्।

मङ्गगलबार ललितपुरमा उनी अभिनित केही दृश्यहरु छायाङ्कन भएका छन्। सन् १९४६ मा भारतको अमृतसार, पञ्जाबमा जन्मिएका रञ्जीतले २ सय भन्दा बढी फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेका छन्। 



स्क्रिन नाम रञ्जीतबाट चर्चा कमाएका उनको वास्तविक नाम गोपाल वेदी हो। तर रञ्जीत नाम यति चर्चित भयो कि उनले अभिनय गरेका २५ भन्दा बढी फिल्ममा उनको नाम रञ्जीत नै छ। उनी सन् ७० र ८० को दशककाे पूर्वार्द्धका उनी सबैभन्दा शक्तिशाली र लोकप्रिय खलनायक हुन्। शर्मिली, बन्धे हाथ, अमर अकबर एन्थोनी, धरम वीर, हिरो, नमक हलाल, करण अर्जुन अादि उनका मुख्य फिल्म हुन्।

 सन् २०१५ मा सार्वजनिक वेलकम ब्याक उनको पछिल्लो फिल्म हो। उनले सन् १९७० मा सार्वजनिक सावन भादोबाट अभिनय यात्रा सुरु गरेका हुन्। पर्दाभित्र हिंसक र नकारात्मक भूमिकामा देखिए पनि वास्तविक जीवनमा उनी शाकाहारी र धुमपान समेत गर्दैनन् भनेको सुन्दा आश्चर्य लाग्न सक्छ। निखिलले बलिउडका यी नामूद कलाकारलाई आफ्नो फिल्ममा अभिनय गर्न राजी मात्रै गरेका छेनन्, उनीसँगै अन्य चर्चित र नयाँ बलिउड कलाकारलाई पनि सँगै काम गराएका छन्। तीन करोडभन्दा बढी लगानी गर्ने भनिएको यो निखिलको महत्वकांक्षी फिल्म हो। 

उनले भने, 'एक तिहाइ त एक्सनमै खर्च हुन्छ।' फिल्म नेपाल, अमेरिका र स्विजरल्याण्डमा छायाङ्कन हुनेछ।रञ्जीतसँगै हाल काठमाडौँ अाएकी आइटम डान्सर नान्सीबाहेक फिल्मलाई वजनदार बनाउन उनले बलिउड यजी सिन्दे र अली जाफरलगायतका स्थापित कलाकारलाई अभिनय गराउँदैछन्। 'कमिटमेन्ट सिक्स्टी आवर्स' नेपालीबाहेक हिन्दीमा समेत डब हुने बताइएको छ। रञ्जीतलाई काठमाडौँमा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, नायक निखिल उप्रेती, चलचित्र वितरक गोपालकाजी कायस्थलगायतले नेपालमा स्वागत गरेका थिए। नेपाल खबर 


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12863959 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top