The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

बहसः हेटौडाको विकासमा कोरियाली मोडेल अपनाउन निर्वाचित मेयरलाइ सुझाब


विचार/दृष्टिकोण 22 पटक पढिएको हेटौंडा अनलाइन २०७४ जेष्ठ २९ सोमबार


बहसः हेटौडाको विकासमा कोरियाली मोडेल अपनाउन निर्वाचित मेयरलाइ सुझाब


जेष्ठ २९ सोमबार, हेटौंडा । नेपालसँग कुनैबेला समान आयस्तर भएको दक्षिण कोरिया अहिले एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र हरु भित्र पर्दछ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौं गुणा बढी छ ।

अभाव, गृहयुद्ध र भोकमरीमा परेका बेला नेपालले ४० हजार क्विन्टल गहुँ र चामल अनुदान दिएको कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को पार गर्नुको कारण उसले अपनाएको सफल सहरी बिकासका मोडेलहरु हुन् जुन नेपालका लागि र बिशेष गरि हेटौडा उपमहानगरपालिकाको समग्र बिकासको लागि उदाहरणीय बिषय बन्न सक्छन् ।

सैनिक कमाण्डर पार्क जङ हीको ‘स्ट्राङ लिडरसीप’ र उनको ‘विकासवादी रणनीति’ लाई सफल आर्थिक क्रान्तिको सूत्र मानेका छन् कोरियालिहरुले,पार्कको अनेक विकासवादी रणनीतिमध्ये "सेमाउल उन्दोङ" पनि एक हो । गाउँको विकास भए मात्र देशको विकास हुन्छ भन्ने मान्यता राख्ने अभियान हो यो । यसको मुख्य लक्ष गरीब जनतालाई धनी बनाउनु थियो । अहिलेको नेपाली परिवेश र हेटौडा उपमहानगरको विकासका लागि यो अभियान सान्दर्भिक हुने भएकाले यसको चर्चा गर्ने प्रयास गरिएको छ ।

के हो सेमाउल उन्दोङ ?

कोरियन भाषामा ‘से’ ‘नयाँ’, ‘माउल’ ‘गाउँ’ र ‘उन्दोङ’ भन्नाले ‘अभियान’ भन्ने बुझिन्छ । अथवा ‘सेमाउल उन्दोङ भन्नाले नयां सामुदायिक अभियान भन्ने बुझिन्छ । यो अभियानको प्रर्वतक समाज सुधारक किम योङ की हुन् । उनले सन् १९३२ देखि कोरियामा  यो अभियान संचालन गर्दै आएका थिए ।

किमले ‘काम नगर्ने भए खाना नै नखाउ’ भन्ने नाराका साथ यो अभियान सञ्चालन गरेका थिए । सेमाउल उन्दोङ सुख एवम् सम्वृद्धिका लागि सञ्चालन गरिएको एक अभियान हो । यो गरिबी निवारण गर्ने एक अभियान हो । सबैले राम्रो शिक्षा, खाना लाउन र सुरक्षित तथा सुविधाजनक घरमा बस्न पाउन भन्ने उद्देश्य राखिएको थियो ।

किमको यो अभियानले ‘ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने र देशको बिकासमा टेवा पुर्‍याउँछ’ भन्ने बुझेका दूरदर्शी सैनिक शासक पार्कजङ हीले सबै जनतालाई यो अभियानमा सामेल हुन अह्वान गरे । उनले सन् १९७० अप्रिल २२ मा यो अभियानलाई सरकारी रणनीतिको रुपमा मान्यता दिए ।

राष्ट्रलाई सम्बोधन गर्दै पार्कले भने ‘नयांँ सामुदायिक अभियानले सहयोग र आत्मनिर्भरताको भावनाका साथ हाम्रो गाउँको सुधार र आधुनिकीकरण हामी आफैं गर्ने हाम्रा प्रयासहरुलाई आत्मसात गर्छ । यसले कोरियाको प्रत्येक गाउँलाई समृद्ध र बस्नका निम्ति आरामदायी बनाउँछ भन्ने पूर्ण विश्वासका साथ यो राष्ट्रिय अभियान लागु गरिएको छ ।’

सरकारी मान्यता दिँदै यो अभियानमा जनतालाई सामेल हुन आह्वान गरेका पार्कले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले त्यसै बर्ष उन्नत गाउँ निर्माणको निम्ति ‘दश परियोजना’को कार्यसम्पादन निर्देशिका जारी गरेर ३३ हजार २ सय ६७ गाउमा लागु गर्दै सामुदायिक विकासका लागि जिन्सी सहायता दिन शुरु गरे ।

सरकारले हरेक गाउँमा ३ सय ५५ बोरा सिमेन्ट र ५ सय केजी रड बाँड्न शुरु गर्‍यो । अर्कातिर सरकारी कर्मचारी, विचारक, सामुदायिक अभियानका र निजी क्षेत्रका अगुवालाई तालिमको व्यवस्था गर्यो । कर्मचारीलाई भ्रष्टाचारी भावनाबाट टाढा रहन ‘सुनलाई ढुंगा जस्तै देख’ लेखिएको ‘हरियो टाई’ वितरण गरिएको थियो ।

यो अभियानले नागरिकलाई समाजप्रति समर्पित हुने अगुवा नेतृत्व तयार पार्‍यो । यसैको शिक्षाले सदस्यहरुलाई स्वतःस्फूर्त जग्गादान, श्रमदान, सामग्री दान गर्ने उत्प्रेरणा प्रदान गर्‍यो ।

नयाँ सामुदायिक अभियान लागु भएका गाउँले जनताको आय विस्तारै बढ्न थाल्यो । यो क्रम ४ वर्ष पुग्दा ग्रामीण जनताको आय बढेर शहरी परिवारको आयभन्दा बढी हुन पुग्यो ।

सन् १९७४ मा कृषकको आय ६७४.५४ वन् पुग्यो भने शहरी क्षेत्रमा बसोबास गर्नेको ६४४.५२ वन् मात्र रह्यो । शहरी भन्दा ग्रामीण जनाताको आय बढ्नुको कारण के थियो भने सेमाउल उन्दोङ लागु भएको हरेक गाउँ वा इकाईमा कृषिमा आधारित एक सेमाउल उद्योग अनिवार्य खोल्नुपर्ने शर्त थियो । यस्ता उद्योगले गाउँको आय बढाउने काम गर्‍यो भने रोजगारीको अवसरहरु सिर्जना गर्‍यो ।

यो सफलता र तथ्यांकबाट हौसिएका चतुर पार्कले सन् १९७४ देखि नै शहरमा पनि लागु गर्ने घोषणा गरे । उनको घोषणसँगै औद्योगिक क्षेत्रहरुको विकास तीब्र रुपमा हुन गयो । शहर केन्द्रित उद्योगहरुको विकास हुँदा पनि सरकारले उद्योगको सेमी प्रोडक्ट सम्बन्धी कम्पनीहरु बढी गाउँमै स्थापना गर्ने नीति लियो । यो नीतिले गाउँ र सहरलाई जोड्ने र गाउँको विकास र रोजगारीमा टेवा पुर्‍याउने काम गर्‍यो ।

सन् १९७० मा ८३ करोड डलर निर्यात गरेको कोरियाले यो अभियानको सफलताकै कारण सन् १९८० सम्म पुग्दा कोरिया एक औद्योगिक राष्ट्रका रुपमा दर्ज हुन पुग्यो । र, १९८० मा १७ अर्ब डलरको उत्पादन निर्यात गर्‍यो ।

यो अभियान शतप्रतिशत सफल हुनको एउटा कारण थियो, यसमा गाउँलाई ४०र५० घरको सानो भन्दा सानो इकाइमा विभाजन गरियो र प्रत्येक निणरयक कार्यक्रममा सबै घरका प्रतिनिधिले राय व्यक्त गर्ने सुविधा दिइयो । यो इकाइले जे चाहन्छ, त्यसैमा परियोजना सञ्चालन गर्ने गरियो । यस्तो इकाईले समुदायमा भावनात्मक एकताको बिकास गर्यो भने अर्कोतिर निर्णय गरिएका योजनाहरुमा असन्तुष्टि असहमति भन्ने प्रश्न नै उठ्न पाएन ।

यो अभियान सफल हुँदै गएपछि गाउँ ईकाईहरुले तर्जुमा गरेका परियोजनामा सरकारले ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानी हुने व्यवस्था गर्‍यो । यो मोडेललाई केही वर्षमै राष्ट्रव्यापी गरियो ।

त्यस्तै अर्को महत्वपूर्ण कुरा, सरकारले समय सापेक्ष कृषिमा आधुनीकिकरण गर्‍यो । यसका लागि कृषि विज्ञलाई देशभर परिचालन गरेर कृषि तालिम प्रदान गरियो । यो तालिमले माटोको उर्बर क्षमता वृद्धि भयो ।

कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २।३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ । यो अभियान कुनै समय भोक, रोग र बेरोजगारीले तड्पिएका कोरियाली किसानका लागि सफलताको मन्त्र बन्यो ।



तीन मन्त्र

१. परिश्रम: यो अभियानले परिश्रममा जोड दिन्छ । यसको मूल नारा नै ‘काम गर अनि मात्र खाना खाउ’ भन्ने रहेको छ । यो अभियानमा लागेकाहरु ‘कामले सत्यता प्रकट गर्छ र परिश्रमले मात्र धनी बनाउँछ’ भन्ने मान्यतामा बिश्वास गर्छन् । उत्साहजनक परिश्रम र जनसहभागितले यो समुदायमा ठगी खाने प्रवृत्तिको पूर्ण अन्त्य भएको छ । यो अभियानबाट दीक्षित भएरै पनि कोरियाली जनता बढी इमान्दार र परिश्रमी भएका हुन् ।

२. स्वयंसेवाः यो अभियानमा आफ्नो काम आफैं गरेर स्वावलम्बी बन अनि छिमेकीलाई सहयोग गर भन्ने सुत्र रहेको छ । यो प्रवृत्तिले समाज र राष्ट्रमा एकताको भावना बलियो बनाउने काम गर्‍यो ।स्वंयमसेवाले स्वावलम्बी बनाउने काम गर्‍यो । परोपकारी हिसावले स्वयंसेवा गर्नेका लागि यो अभियानले स्वयंसेवाको परिभाषा नै परिवर्तन गरिदियो ।

स्वयमसेवाले स्वावलम्बी बनेकै कारण कुनै समय ‘सित्तै पाउँदा विष पनि पिउने’ कोरियाली जनताले सन् १९७४ देखि बिदेशी सहायता नलिने घोषणा गरे । यसै बर्षदेखि उसले गरिब मुलुकलाई सहायता दिन शुरु गरेको छ ।

३. सहकार्यः एक्लै व्यवसाय गर्दा सफलता हासिल गर्न निक्कै गाह्रो हुन्छ । सहकार्यले ठूलो पुँजी लगानी गरेर ठूलै उत्पादन गर्न सकिन्छ ।

यो मान्यताले साना र एकल लगानीलाई पूर्णरुपले निरुत्साहित गर्‍यो र कर्पोरेट अवधारणाको विकास गर्‍यो । यसैको परिणामस्वरुप कोरियामा पोस्को जस्ता विश्वको प्रमुख स्टिल कारखाना, हुन्डाई मोटर कारखाना, साासुंङ इलेक्ट्रोनिक्स लगायतका ठूला र प्रसिद्ध कर्पोरेट कम्पनीहरु स्थापना भएका छन् ।


नैतिक निर्माणमा केन्द्रित

कोरिया विकसित भइसके पनि उसले सेमाउल उन्दोङ कार्यक्रमलाई त्यागेको छैन । निजामती र संस्थानका कर्मचारीहरुलाई अनिवार्य यस सम्बन्धी तालिम दिइरहेको छ । हालसम्म उसले ३६ लाख भन्दा बढी नागरिकलाई अगुवा तालिम प्राप्त बनाइसकेको छ । गाउँगाउँमा सरकारले कार्यक्रमहरु प्रवाह गरिरहेको छ ।

सरकारी तवरबाटै सेमाउल उन्दोङको प्रचार-प्रसार भइरहेको छ । हरेक सडकको किनार र चोकहरुमा सेमाउल उन्दोङ लोगो अंकित झण्डाहरु फहराइरहेका छन् ।

क्रमशः अहिले यो अभियानमा सरकारी भूमिका घटाउँदै, सामाजिक क्षेत्रको भूमिकालाई सामुहिक नेतृत्वमार्फत अघि बढाउँदै नैतिक निर्माण गर्ने अभियानमा केन्द्रित गरिएको छ । आर्थिक विकास समृद्धिको पहिलो लक्ष पूरा भइसकेकाले यसको लक्ष सभ्य, समुन्नत तथा एकीकृत समुदाय निर्माणमा अभियानमा लगाइएको छ । अहिले यो अभियानलाई नागरिक समाजले नेतृत्व दिइरहेको छ ।

हेटौडा उपमहानगरको विकास मा सेमाउल उन्दोंग प्रभावकारी होला त?

स्थानीय निर्वाचन भएर अधिकार सम्पन्न जनप्रतिनिधिहरु हेटौडा उपमहानगरमा आइसक्नु भएको स्थितिमा   कोरियाली विकास मोडेल सेमाउल उन्दोङ जस्तै विकासे मोडेलहरु प्रभावकारी रुपमा लागु गर्न हेटौडा उपमहानगरपालिकाले कोरियाको कुनै नगरपालिका संग सिधा भगिनी सम्बन्ध स्थापित गर्न जरुरि छ । तेस्को लागि कोरियामा रहेका नेपालीमुलका कोरियन नागरिकहरु सहयोग गर्न तत्पर छन् । कोरियाली विकास मोडेल अपनाउने हो भने हेटौडा उपमहानगरका मेयर ले आफ्नो अग्रसरतामा हेटौडा उपमहानगरका ग्रामिण वडा हरु वडा नम्बर १९, १८, १७, १६, १५, १४, १३, १२ लगायत जहा खेति योग्य भुमि का साथै लगनशील किसान हरु बसोबास गर्दछन, गाउँलाई इर्काइमा विभाजन गरेर तेहाका किसानहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न जरुरि छ । यो अभियानमा आवद्ध किसानहरुलाइ सामुहिक तरकारी खेती, गाई, भैंसी, बंगुर, बाख्रा पालन आदिमा आकर्षित गर्ने  र आय आर्जन मा संलग्न गराउने जसले गर्दा आय  बढाएपछि किसानहरु आत्मनिर्भर हुँदै जान्छन् । 

यहाँ पनि कोरियाकै नमूना हुबहु लागु गर्ने जसमा ४०र५० घरको बस्ती वा टोलमा आधारित रहने । त्यसमा स्वतस्फुर्त जनसहभागिता गराउने, स्थानीय भित्रि सडकहरु तथा अन्य भौतिक निर्माणमा जिन्सी सिमेन्ट, रड , तार, सामाग्री, तालिम र प्रविधि हस्तान्तरण गर्ने, सबैभन्दा राम्रो पक्ष त ठेकेदारी प्रथाको पूर्ण अन्त्य गर्ने । जनतालाई पैसा दिने हैंन अहिले जसरि उपमहानगरले उपभोक्ता समितिको नाममा पैसा दिने गर्दछ त्यो प्रथा चेन्च्ज गर्ने ठेकेदार हुल्न निषेध गर्ने ।  यस्तो गर्दा बरु जनाताले जग्गा दान, श्रम दान, बिउ दान दिनेछन् , उपमहानगर ले परियोजना लागु गर्दा वातावरण सुधार, आय आर्जन र सामाजिक चेतना बढाउने खालका अभियान सञ्चालन गर्ने यसबाट के प्रमाणित हुन्छ भने सामुदायिक अभियानहरुमा नीतिगत सुधार भए विकास र समृद्धि सहज र सम्भव छ । हेटौडा उपमहानगरमा सेमाउल उन्दोङलाई सफल बनाउन रोजगारीका लागि कोरिया गएका नेपाली युवाको सहयोग पनि लिन सकिन्छ अहिले सम्म हेटौडा उपमहानगरपालिका बाट २०० जना भन्दा बढी युवाहरु रोजगारीका लागि कोरिया गएका छन् यस्तो कार्यक्रम प्रभावकारी रुपमा लागु गर्न कोरियाको विकास बुझेर फर्केका नेपालीहरुलाई सेमाउल उन्दोङका अगुवा कार्यकर्ता बनाउने, त्यसैगरी कोरियामै रहेका मकवानपुरका व्यवसायी, विद्यार्थी र अन्यलाई पनि यो अभियानमा समाहित गर्नुपर्दछ ।


हेटौडा उपमहानगरमा भएका सामुहिक अभियान

हेटौडामा पनि सेमाउल उन्दोङ जस्ता सामुहिक नेतृत्वमा आधारित अभियानहरु व्यक्ति, सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन भएका छन् । कृषि तथा पशु विकास, सामुदायिक वन, आमा समुह, गाउँ विकास कार्यक्रमद्वारा गठित समूह, उत्थान समूह, महिला विकास समूह, साना किसान समूह, जनजाति समूह पर्यटन समूहहरु रहेका छन् ।

यी अभियानहरुको सफलता असफलताबारे बिस्तृत अध्ययन गर्न आवश्यक छ । स्थानीय स्तरमा केही अभियानहरु सफल देखिए पनि उपमहानगरव्यापी हुन सकेका छैनन् । यस्ता अभियानहरु बढी मात्रामा एनजीओ आइएन्जिओको वैदेशिक सहायतामा आधारित छन् । गाँठी कुरा के हो भने वैदेशिक सहायताले मात्र समुदाय र नगरको विकास हुन सक्दैन । वैदेशिक सहायताले जनतालाई अल्छी बनाउँछ र अन्तमा भिखारी बनाइदिन्छ । त्यसैले यो ‘लागु पदार्थ’ जस्तै हो । दिगो सामुदायिक विकासमा अनिवार्य स्वतस्फुर्त जनसहभागिता आवश्यक हुन्छ ।

 बिगतमा सरकारी स्तरमा गाउँ विकासका लागि बजेट, संसद बिकास कोष र जिल्ला विकास समितिको माध्यमबाट बजेटको व्यवस्था गरिएको थियो । तर, पनि नीतिगत सुधार, राजनीतिक हैकम र तालिमको अभावले सरकारी बजेटको सही सदुपयोग भएको थिएन । यस्तो बजेटमा कर्मचारी र दलका कार्यकर्ताको हालीमुहाली हुने गरेका थिए । अब यस्तो विकृतिलाई नियन्त्रण गर्न सबै निकायका कर्मचारीलाई ‘द्रब्यलाई ढुंगा जस्तै देख’ लेखिएको ‘ढाका टोपी’ वितरण गर्नुपर्दछ । ग्रामीण उद्योग स्थापनालाई प्राथमिकता दिनुपर्दछ ।

सामुदायिक बिकास योजनाहरुको निर्माण ठेकेदारले नभएर समूदायले गर्नुपर्छ । सामुदायिक बिकासका लागि ठेकेदारी प्रथाको अन्त्य गर्दै धार्मिक, राजनैतिक र वर्गीय दृष्टिकोणका आधारमा हुने विविध विभेदहरु अन्त्य गर्नुपर्दछ ।

नोट: यो लेख बिभिन्न प्रकाशित अप्रकाशित सन्दर्भ सामग्री हरुको सहयोगमा तयार पारिएको हो 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959682 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top