The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

बैंकिङ्ग र बचतको महत्व बुझाउन भानु मा.बि मा सचेतनामूलक कार्यक्रम



अर्थ/बाणिज्य   324 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ जेष्ठ २९ सोमबार  

जेष्ठ २९ सोमबार, मकवानपुरगढी । जिल्लाको सामुदायिक विद्यालयमा अध्ययनरत मावि स्तरका विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।

 बैंकिङ्ग र बचतको महत्व बुझाउन भानु मा.बि मा सचेतनामूलक कार्यक्रम

जोडौं एक नाता, खाली बैंकमा खाता मूल नाराका साथ आज पहिलो दिन मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सो सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । 




सचेतना कार्यक्रममा बैंकिङ्ग र बचतको महत्व, एटिएम कार्डको प्रयोग, मोबाईल तथा अनलाईन बैंकिङ्गको उपयोगिता, जाली नोट पहिचान जस्ता बैंक सम्बन्धि आधारभूत विषयवस्तुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा स्थानीय यति डेभलपमेन्ट बैंक लिमिटेडका शाखा प्रमुख राजेश लामिछानेले बैंकले समाजमा खेल्ने भूमिका, बैंकसम्म नागरिकको पहुँच कसरी पुग्न सक्छ लगायत व्यक्तिगत र समाजको आर्थिक विकासमा बैंकसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । 






कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुब कुमार भुजेल, यति बैंककी कर्जा शाखाकी सरिना मानन्धर, विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो । ६१ जना विद्यार्थीहरुको सहभागिता रहेको आजको कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो भने, वित्तीय साक्षरता कार्यक्रम मकवानपुरका अन्य सामुदायिक विद्यालयमा समेत क्रमश गर्दै जाने योजना रहेको आयोजकले जनाएको छ । 















सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224797   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top