The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

पुगेन सरकारको नजर बाराको व्यवसायीक बाख्रा फार्म तिर


राष्ट्रिय समाचार 36 पटक पढिएको सागर घोरसाईने २०७४ आषाढ ०६ मंगलवार


पुगेन सरकारको नजर बाराको व्यवसायीक बाख्रा फार्म तिर


आषाढ ०६ मंगलवार, हेटौंडा । अहिले देशका दक्षशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुनेक्रम दिनानुदिन बढ्दो छ । तर बाराका केहि युवा मिलेर गाउँमा बाख्रा फार्म संचालन गरेको देख्दा सबैमा एक प्रकरको जोस आउंछ ।

बारा जिल्ला स्थित कोल्हवी नगरपालिकाको वडा नं २ मा यूवाहरुले पुरानो काटा बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । नगरपालिकामा ४ वर्ष अगाडि करिब ४० लाख लगानिमा ३० ओटा बाख्राबाट सुरु भएको पुरानो काटा बाख्रा फर्ममा अहिले माउ, व्याडे बोका र पाठा र पाठी गरि करिब १८० बाख्रा भएका छन् । उद्यमीले कृषिमा व्यवसायीकरण, परनिर्भतामा कमि र कृषि उत्पादनलाई बढुवा दिने सोच तथा उद्देश्यका साथ सुरु गरेका सञ्चालक राजु घोरसाईनेले बताउनुभयो । जति मेहनत गरेपनि सरकारी तरबाट भने उचित सहयोग नपाएको फार्मका अर्का संचालक रामशरण घोरसाईनेको गुनासो छ । 

सहज रुपमा उन्नत जातका माउ बाख्रा तथा बोकाको उपलब्धता नहुनु, घाँसको लागि विउबिजनको कमि, बिना धितो फर्मको आधारमा बैंकबाट ऋण नपाउनु, पहुँचको अभावमा सरकारी अनुदान प्राप्त गर्न नसक्नु जस्ता समस्याहरुसँग जुधिरहनु परिरहेको छ । 

हाल यो व्यवसायिक फार्मले स्थानिय माग पुरा गर्न सक्षम रहेको बताएको छ । अहिले फार्मले ६ जना स्थानीयहरुलाई रोजगारी प्रदान गरिरहेको छ । फार्म ब्यावसायीकरण गर्न के-के गर्नुभयो त ? भन्ने प्रश्नमा फार्मका अर्का सञ्चालक सुरेश गौतमले भन्नुभयो सम्पुर्ण बाख्राहरुको पशु बिमा गरिएको छ महंगो मुल्य खर्चेर उन्नत जातका बोयर बोकाको ब्यवस्था गरिएको तथा Co2,co3, सुडान, स्वीट नेपियर, मोलाटो, पासपालम आदिमा आत्मनिर्भर  भएको, उचित दानापानीको ब्यवस्था, ब्यवस्थित भित्री तथा बाहिरी खोर, मिनरल ब्लक समेत ब्यवस्था गरिएको छ । 

फर्मले स्थानिय स्तरमा उपलब्ध स्रोत साधन तथा अन्नपातको प्रयोग गरि स्थानिय उत्पादनलाई प्रवर्धन समेत गरिरहेको सो फार्मका अर्का सञ्चालक बुद्ध नारायण ढंगोलले बताए । सरकारले हरेक बर्षको बजेट बक्तब्यमा कृषि क्षेत्रलाई लक्षित गरेर विभिन्न कार्यक्रमको खाका प्रस्तुत गरे पनि ब्यवहारमा कृषक, पशुपालक तथा यस क्षेत्रमा केहि गरौं भन्ने भावनाले आफ्नो उर्वर समय कृषिकर्ममा खेर्चेका युवाहरुको पहुँचमा नआईनपुगेको भन्दै गुनासो गर्नुभयो ।

कृषि ब्यापारिकरणको क्षेत्रमा लक्ष्य अनुरुप नतिजा हाँसिल गर्न नसकिरहेको सञ्चालकहरुको भनाई थियो  । पछिल्लो समयमा युवा जनशक्ति आकर्षण कमाई भन्दै विदेश पलायन भईरहेको वेला यि यूवाहरुले स्वदेशमा बसेर पुरानो काम नयां तरिकाले शुरु गरेको धेरैको भनाई छ । यसरी ब्यक्तिगत तवरबाट आफु, स्थानिय समुदाय तथा समग्र देशकै आत्मनिर्भरताको लागि मेहनत गरिरहेका यस्ता कर्मठ युवाहरुलाई बर्षेनी करोडौं खर्चिने सरकार तथा यसका निकायहरुले उचित ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959686 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top