The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

मोर्चा सहमत भए दुई चरणमा निर्वाचन


राष्ट्रिय समाचार 1 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७३ चैत्र २७ आइतवार


मोर्चा सहमत भए दुई चरणमा निर्वाचन


हेटौंडा अनलाईन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन्।

आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न धनगढी पुगेका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताए।

सभापति देउवाले मधेसी दलहरुसँग छलफल भइरहेको र उनीहरु सहमत भएमा मधेसका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताए। 

'वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस्, अब कुनै हालतमा निर्वाचन रोकिँदैन,' उनले भने। मधेस, पहाड र हिमालमा बस्ने सबै नेपाली भएकाले कसैको चित्त दुखाउने काम र व्यवहारले राष्ट्रियता बलियो नहुने उनको भनाइ थियो। 

नेकपा (एमाले)ले जातीय र क्षेत्रीय द्वेष फैलाउन खोजेको देउवाको आरोप थियो। काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उनले दाबी गरे। 

पत्रकार सम्मेलनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कुनै पनि किसिमको विवाद तथा समस्या नभएको बताए। पौडेलले भने 'पार्टी एकढिक्का भएर निर्वाचनमा जान्छ।' उनले प्रदेश नं ७ बाट सुरु गरिएको चुनावी अभियान प्रदेश नं १ मा पुर्याएर टुङ्ग्याउने बताए। 

काँग्रेसले सोमबार अत्तरियामा आयोजना गर्न लागेको प्रदेशस्तरीय सभामा सहभागी हुनका लागि सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता कैलाली पुगेका छन्। रासस 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864305 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top