The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

न्यायलयमा राजनीतिक प्रभाव अन्त्य हुनुपर्छः प्रधानन्यायाधीश


राष्ट्रिय समाचार 1 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७३ चैत्र २६ आइतवार


न्यायलयमा राजनीतिक प्रभाव अन्त्य हुनुपर्छः प्रधानन्यायाधीश


हेटौंडा अनलाईन प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरेका कारण देशको समृद्धि हुन नसकेको बताएकी छन्।

उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइन्। 'हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका नागरिकको उत्थान हुन सक्छ,' उनले भनीन्। 

अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो। 'बोली व्यवहार अझै परिवर्तन हुन सकेको छैन, न्यायसम्पादनमा लामो समय लाग्ने र खर्च हुने भएकाले न्यायालयमा सबैको पहँुच हुन सकेको छैन,' कार्कीले बताइन्। 

'पाँच/सात प्रतिशत सहरीया व्यक्तिको मात्र अदालतसम्म पहुँच छ,' उनले भनिन्। मुद्दा फैसलाको अर्को विकल्प मेलमिलाप भएको र अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको कार्कीको भनाइ थियो। 

सोही अवसरमा न्यायपरिषद्का सदस्य पदम वैदिकले मेलमिलाप एउटा औजार भए पनि यसलाई समुदायमा अझै प्रभावकारी रुपमा लैजान नसकेको बताए। 'मेलमिलापको दरमा किन कमी भएको छ, यसको समीक्षा गर्नुपर्छ' उनले भने। सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेका थुप्रै उदाहरण रहेका र मेलमिलापबाट प्राप्त उपलब्धि सजिलै कार्यान्वयन हुने उनको भनाइ थियो। 

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले मेलमिलापसम्बन्धी जानकारी र सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले नेपालमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था र मेलमिलाप सरोकारवालाको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।  रासस 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864301 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top