The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” सम्पन्न


कला साहित्य 3 पटक पढिएको नरेन्द्र गुरुङ २०७४ आषाढ १२ सोमबार


हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” सम्पन्न


आषाढ १२ सोमबार, हङकङ । विगत ५ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार विशेषतः हङकङबासी नेपाली हरुले साहित्यिक माहोलमा रमाउने वातवरण बनाउनु भएको छ ।

नेपाली साहित्यिक सर्जकहरु एक ठाउँमा भेला भई नेपाली साहित्य सम्बन्धि विचार-विमर्श, सृजना वाचन, समीक्षा, अन्तक्र्रिया, कृति विमोचन, चर्चा–परिचर्चा आदि अविच्छिन्न रुपमा संचालन गर्दै आएको हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” तथा साहित्य श्रृंखलाद्धारा प्रकाशित पूर्णिमा शाहको कविता संग्रह “सपनाको क्षितिज” र “श्रृंखला भाग-३” लोकार्पण कार्यक्रम सहित मिति २५ जुन २०१७ आइतबारको दिन जोर्डन स्थित बगैचा पार्टी प्यालेसमा भब्यताको साथ सम्पन्न भयो । 

शृङ्खलाको सम्योजक लाल बहादुर गुरुङ ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैदेशिक लेखक संधका उपाध्यक्ष तथा सब्लाबुङ्ग पत्रीकाका संम्पादक राज कुमार राई ज्युको प्रमुख आतिथ्यतामा र अतिथिको रुपमा  हङकङमा रहेका सहित्य अनुरागीहरु विभिन्न संधस्ंस्थाका अध्यक्ष ज्युहरु लगायत साहित्य मा रुचि राख्ने हरुको ब्यापक   उपस्थितिमा कार्यक्रम भएको थियो । उक्त भेला द्धवारा

हङकङ साहित्य श्रृङ्खलाको संयोजक र सहसंयोजकमा क्रमश: साहित्यकार  डि . बी.पालुङ्वा र सुनिता गिरी चयन हुनुभएको छ । हङकङ साहित्य शृङ्खलाले विभिन्न बिधामा प्रदान गर्दै आएका  सम्मान तथा पुरस्कार यो पटक भने 

१. नेपाली  डायस्पोरिक साहित्य मा योगदान का निम्ति  कृष्णप्रकाश श्रेष्ठ  मास्को रसिया

२. नेपाल वाट डायस्पोरिक साहित्य  खोज अनुशन्धनका निम्ति  डा भक्त  राई 

३. हङकङमा  नेपाली  भाषा सेवा मा एक राज राई

४.हङकङ वाट प्रकाशित २०१७ का कृतिमा पुर्णिामा  शाह उहाँ हरुलाई  प्रदान गरिएको छ । शृङ्खलाले दिइएको उक्त पुरस्कारको रासि हङकङ डलर ११११ रहेको छ ।




त्यसै अवशरमा श्रृङ्खलाद्वारा पुरस्कार प्रदान गरिएको थियो 

हङकङ साहित्यिक साझा श्रृङ्खलाको वार्षिकोत्सवको अवशरमा दिइने विभिन्न साहित्यिक पुरस्कार यसबर्ष पनि प्रदान गरिएको छ।ताम्रपत्र(सम्मानपत्र)सहित नगद १ हजार १ सय ११ डलरको पुरस्कार पाउनेहरुमा डायस्पोरिक साहित्य पुरस्कार रसियामा रहेका साहित्यकार कृष्ण प्रकाश श्रेष्ठ,स्वदेश साहित्य पुरस्कार डाक्टर भक्त राई(नेपाल),नेपाली भाषासेवा पुरस्कार एकराज राई(हङकङ) र प्रकाशित कृति पुरस्कार पूर्णिमा जी शाहलाई प्रदान गरिएको छ। श्रृङ्खलाका निबर्तमान संयोजक लाल बहादुर गुरुङ र चित्रकार  दीपेन्द्र राईलाई पनि कदरपत्र(ताम्रपत्र)प्रदान गरिएको छ नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यता सम्पन्न भएको श्रृङखलाको वार्षिकोत्सव कार्यक्रममा सो पुरस्कारहरु प्रदान गरिएको हो।


साहित्यकार पूर्णिमा जी शाहको दोस्रो कवितासंग्रह "सपनाको क्षितिज" हङकङ साहित्यिक साझा श्रृङ्खलाको बार्षिकोत्सव कार्यक्रम बीच लोकार्पण भएकोले छ । कवि शाह श्रृङ्खलाको सहसंयोजक हुनुहुन्थ्यो । सपनाको क्षितिज" को अगमनसँगै उहाँले हङकङबाट प्रकाशित साहित्यिक कृतिलाई प्रदान गरिने साहित्य पुरस्कार  २०१७ कदरपत्रसहित  प्राप्त गर्नु भएको छ ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959732 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top