The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

यहि आषाढ १७ गते युग पाठकको दोस्रो पुस्तक सार्वजनिक हुँदै


कला साहित्य 269 पटक पढिएको हेटौंडा अनलाइन २०७४ आषाढ १४ बुधवार


यहि आषाढ १७ गते युग पाठकको दोस्रो पुस्तक सार्वजनिक हुँदै


आषाढ १४ बुधवार, हेटौंडा । युग पाठकको दोस्रो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’ यही असार १७ गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो ।

नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक इतिहास लेखनमा शासकीय दृष्टिकोण अपनाइएको र यसलाई जनताको दृष्टिकोणबाट लेखन गर्नुपर्ने आवश्यकता महशुस गरेर पुस्तक लेखेको पाठकले बताएका छन् । पुस्तकमा इतिहास, विकासको भाष्य, मिडिया, बौद्धिकता लगायतका विषयमाथि अनुसन्धानमुलक आलेखहरु संकलित छन् ।

इतिहास लेखनमा विश्वमा विजेता शासकहरुको इतिहास लेख्नेक्रम चलिरहँदा ‘द पिपुल्स हिस्ट्री अफ द वल्र्ड’ लेखेर क्रिस हर्मनले जनताको दृष्टिकोणबाट इतिहास लेखनको आवश्यकतामाथि प्रकाश पारेका थिए । त्यस यता विश्वभर विजेता शासकहरुको होइन कि शासित जनताको पनि इतिहास हुने र त्यसलाई इतिहासकारहरुले लेख्नु पर्नेबारेमा ठुलो बहस सिर्जना भएको थियो ।

नेपालमा भने, यसको सुरुवात कसले गरेको भनेर स्पष्ट नभए पनि यसमा प्रसस्त कलम चलाउनेमा प्रध्यापक कमलप्रकाश मल्लको नाम अग्रस्थानमा आउने गरेको छ । नेपालको इतिहास लेखनमा नयाँ आयाम थप्नेमा मल्लको ठुलो योगदान रहेको भन्दै पाठकले विभिन्न कार्यक्रमहरुमा उनीमाथि प्रकाश पार्दै आई रहेका थिए ।

विमोचन हुन लागेको पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा पाठकले इतिहास र राष्ट्रवादबारे प्रश्न उठाउँदै लेखेका छन्, “यो कस्तो राष्ट्रवाद हो, जसले जनताको सास्ती घटाउन कुनै पहल गर्दैन र दिल्लीतिर चोर औंला देखाएर सारा कर्तव्यबाट च्युत हुन्छ ? वर्तमानमा इमानदारिता देखाउँदैन र जनताको सकसमाथि सकस थपिरहन्छ्र । चीनतिर इशारा गर्छ र जनतालाई झुक्याइरहन्छ्र इतिहासभरी नक्कली राष्ट्रवाद यस्तै देखिएको छ्र ।”

उनले लेखेको पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा माङ्गेनाको के अर्थ हो त ? भन्ने प्रश्नमा पाठकले भने, “यो लिम्बु भाषाबाट लिईएको शब्द हो, जसको अर्थ शिर उँचो गर्ने सांस्कृतिक अनुष्ठान हुन्छ । मैले यो पुस्तकमा यसलाई दार्शनिक ढंगबाट प्रयोग गर्दै इतिहासमा दमन गरिएका सबै आम नेपाली जनताको शिर उँचो गर्नु पर्ने आवश्यकता तर्फ औलाउँदै यस शब्दलाई प्रयोग गरेको हो ।”

२०६६ चैत्र अन्तिममा उर्गेनको घोडा उपन्यास लेखेर चर्चामा आएका उनी विभिन्न समयमा वैचारिक तथा बौद्धिक लेखहरु मार्फत समाजमा आफ्नो सशक्त उपस्थिति देखाइरहेका छन् । अध्यापन, पत्रकारिता, साहित्यीक गतिविधिमा लागेका पाठकको उद्गम थलो हेटौंडा हो । पाठकलाई हेटौंडा सन्देश दैनिक र प्रयास साप्ताहिकको कार्यकारी सम्पादक, द न्यु पेपरको सम्पादकमा रहेर काम गरेको लामो अनुभव छ ।

पाठकको प्रकाशित पहिलो उपन्यासमा उनले लेखेको एक वाक्यले नै उनले गर्दै गरेको कामको झल्को दिन्छ जहाँ उनले लेखेका छन्, “यो पुस्तक तामाङ जाति र राज्यहरुको मौखिक इतिहास, किंवदन्ती एवम् लोककथाहरुको खोज÷संकलनमा आधारित रहेर सिर्जना गरिएको हो । जसले तामाङहरुको इतिहास कथ्छ ।”





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862106 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top