The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

अरुणराज सुमार्गीलाई कार्यकारिणी सदस्य मनोनयन


स्थानीय समाचार 6 पटक पढिएको हेटौंडा अनलाइन २०७४ आषाढ १६ शुक्रवार


अरुणराज सुमार्गीलाई कार्यकारिणी सदस्य मनोनयन


आषाढ १६ शुक्रवार, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ । विगत लामो समयदेखि महासंघमा आवद्ध भएका सुमार्गी यसअघि मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका थिए ।

महासंघमा रहेर संस्थागत हितका लागि अतुलनिय योगदानका भागिदार उनलाई शुक्रबार महासंघमा एक समारोहका बिच उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मनोनयन सदस्यको कार्यपत्र हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा एसोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठ, केन्दीय सदस्य अन्जन श्रेष्ठसहितका अन्य पदाधिकारीसमेतको उपस्थिती रहेको थियो । 

सुमार्गीले यसअघि प्रदेशको अध्यक्षको दावी राखेतापनि कार्यसमिति सदस्यमा आउने सल्लाह बमोजिम पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलाई तीन नम्बर प्रदेशको अध्यक्ष दिइएको थियो । सोही अनुरुप महासंघको विधानको दफा ३४ को उपदफा ३४.६ का अनुसार हालको कार्यकारीणि समितिको पदावधि सम्मको लागि कार्यकारी समितिले मनोनयन गरेको हो । यसभन्दा अघि मध्यमाञ्चल अध्यक्षको हैसियतले सुमार्गीले महासंघ प्रति निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै यसभन्दा अघिको महासंघप्रतिको योगदान र सहयोगको कदरसहित थप बढी सहयोग पाउने विश्वासका साथै आगामी बैठकमा कार्यकारी सदस्यको जिम्मेबारी दिँदै आजैका मितिबाट बैठकमा उपस्थित हुन स्वागत समेत गरेको मनोनयनमा उल्लेख छ । नेपाली उद्योग, कलकारखाना लगायत नेपाली अर्थतन्त्रका विषयमा खोज तथा उत्खनन् सजिलैसँग गर्न सक्ने क्षमता रहेका सुमार्गीले उद्योग वाणिज्य महासंघको अर्को अधिवेसनमा जिल्ला नगर उपाध्यक्षको दाबेदारमा आफ्नो स्थान तय गर्ने अनुमान गरिएको छ ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12900071 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top