The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

एभरेष्ट बैंक लि. को ३३% हकप्रद खुल्यो, सेयर भर्ने होइन त?



अर्थ/बाणिज्य   375 पटक पढिएको   हेटौडा अनलाइन    २०७४ आषाढ १८ आइतबार   

आषाढ १८ आइतबार, हेटौंडा । एभरेष्ट बैंक लिमिटेड ले २०७४ साल असार १८ गते आइतबारदेखि ३३ प्रतिशत अर्थात ३३% हकप्रद right सेयर निष्कासन तथा आवेदन खुल्ला भएको छ ।

एभरेष्ट बैंक लि. को ३३% हकप्रद खुल्यो, सेयर भर्ने होइन त?

बैंकको तीन कित्ता साधारण सेयर बराबर नयाँ एक कित्ता साधारण सेयर ३:१  को अनुपातमा हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक सय रुपैयाँ अंकित दरका मूल्यमा एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रि वितरण गर्दै छ । बैंकको गत साल २०७३ पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस हकप्रद प्रयोजनका लागि एभरेष्ट बैंकले गत मिति २०७४ साल असार ७ गते बुधबार सेयरधनी दर्ता पुस्तिका समेत बन्द गरिसकेको छ । यसको अर्थ असार ६ गते मंगलबारसम्म एभरेष्ट बैंकको सेयर किनेर कारोबार भई नेपाल स्टक एक्सचेन्ज लि।मा बैंकको सेयरमा आफ्नो नाममा नामसारी गरी स्वामित्व कायम गरेका साविक शेयरधनीहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । यसरी बैंकको यस हकप्रद सेयरमा मिति २०७४ साल असार ६ गते मंगलबारसम्म सेयर किनीसकेका कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको यो हकप्रद सेयर आगामी साउन २२ गते आइतबारसम्म भरी सक्नु पर्ने छ ।

हाल तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६४ लाख २७ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३३५ हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३३५ बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप झन्डै करिब दुइ अर्ब रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । यसरी राष्टबैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी समयमै पुर्याउन यो बैंकलाई निकै ठूलो सकस हुने देखिन्छ । यही कारण एभरेष्टले मर्जर वा एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । लक्ष्मी बैंकसँग मर्जको प्रयास भइरहे पनि त्यसको सार्थकता पाउन सकिरहेको छैन । बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ । बैंकको सेयर असार १४ गते यो साता बुधबार नेप्सेमा प्रतिकित्ता १३९२ रुपैयाँसम्मको हाराहारीमा बढेर पछि १३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

एभरेष्ट बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ चार पैसा छ ।

बैंकको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्दै छ । बैंकको हकप्रद सेयर एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौंका साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आबेदन फारम प्राप्त गरि भर्न सक्नेछन् ।






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224788   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top