The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

राष्ट्रपतिले गरिन् विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल



राष्ट्रिय समाचार   51 पटक पढिएको   हेटौडा अनलाईन खबर   २०७३ चैत्र २८ सोमबार  

चैत २७,काठमाडौँ- राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग तराई-मधेसलगायत समसामयिक विषयमा छलफल गरेकी हुन्।

राष्ट्रपतिले गरिन् विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल

सोही अवसरमा राष्ट्रपति भण्डारीले अहिलेसम्म देशमा प्राप्त उपलब्धि संस्थागत गर्दै थप उपलब्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने तथा निर्वाचनमार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिने बताइन्। 

राष्ट्रपति भण्डारीले क्षेत्रीयता र जातीयताभन्दा पनि समग्र राष्ट्रियताको भावनालाई अगाडि बढाउन बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने र त्यसका लागि बुद्धिजीवीले प्रयास गर्नुपर्नेमा जोड दिए। 

सोही अवसरमा बुद्धिजीवीहरुले अझै पनि राजनीतिक अवस्था बिग्रिनसकेको हुँदा वार्ता र संवादमार्फत सहमति गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रपतिबाट पहल गरिदिन आग्रह गरे। रासस 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13218558   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top