Hetauda Online - म कानुनी सर्वाेच्चताका लागि पुन: लड्छु : डीअाईजी सिलवाल
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

म कानुनी सर्वाेच्चताका लागि पुन: लड्छु : डीअाईजी सिलवाल


राष्ट्रिय समाचार 3 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २८ बिहीवार


म कानुनी सर्वाेच्चताका लागि पुन: लड्छु : डीअाईजी सिलवाल


हेटौंडा अनलाईन गृहसचिव लोकदर्शन रेग्मीले राति नै मन्त्रालयका अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका उच्च अधिकारीहरूलाई बोलाएर अर्याललाई महानिरीक्षकको दज्र्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अर्याल राति नै प्रहरी प्रधान कार्यालय गएर पदबहाली गरेका थिए । उक्त अवसरमा प्रहरीका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

यसअघि सरकारले गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुन: नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।

अर्याललाई नियुक्त गर्नुअघि गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोली चार डीआईजीको कार्यसम्पादन मूल्यांकनसम्बन्धी फाइल हेर्न सर्वोच्च अदालत र लोक सेवा आयोग पुगेको थियो । कार्यसम्पादनको नम्बर हिसाब गरी वरिष्ठताको टुंगो लगाउन मन्त्रिपरिषद्ले महान्यायाधिवक्ताको संयोजकत्वमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त महानिरीक्षक रहेको पाँच सदस्यीय समिति बनाएको थियो ।

उक्त समितिले महानिरीक्षकको दौडमा रहेका चार डीआईजीको कार्यसम्पादन मूल्यांकनको नम्बरमाथि छलफल गरेर मन्त्रिपरिषद्मा निर्णयार्थ फाइल पेस गरेको थियो । त्यसैका आधारमा मन्त्रिपरिषद्ले डीआईजी अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको मन्त्री हृदयराम थानीले कान्तिपुरलाई बताए । मन्त्रिपरिषदको उक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने उपस्थित थिएनन् ।

नवनियुक्त महानिरीक्षक अर्याल २०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका ११ मा जन्मेका हुन् । २०६९ पुस ४ मा डीआईजीमा बढुवा भएका अर्यालले पछिल्लो केही समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागको प्रमुखमा सरुवा भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।  

यसअघि महानिरीक्षक नियुक्तिको विवादमा फसेको सरकारले प्रहरी नियमावली नै संशोधन गरेर प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई निमित्तको जिम्मेवारी सुम्पेको थियो । नेपाल प्रहरी दुई महिनायता निमित्तको भरमा चलेको थियो । 

विवाद शृंखला 

यसअघिको गृह मन्त्रालयले डीआईजी जयबहादुर चन्दको मात्रै कार्यसम्पादन मूल्यांकनको फाइल मन्त्रिपरिषद्मा पेस गर्दै उनैलाई नियुक्तिको प्रस्ताव गरेको थियो । सर्वोच्च अदालतले भने प्रतिस्पर्धामा रहेको चारै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल पेस गर्नुपर्ने आदेश गरेको थियो । प्रतिस्पर्धामा रहेका चारै डीआईजीको कार्यसम्पादन मूल्यांकन असोजमा नै तयार पारिएको थियो । 

जसमा सुपरिवेक्षकको हैसियतमा एआईजीले २० नम्बर, पुनरावलोकनकर्ताको हैसियतमा आईजीपीले १० नम्बर, आईजीपी र गृहसचिव भएको पुनरावलोकन समितिले गरेको १० नम्बर दिई चार वर्षको कार्यसम्पादन मूल्यांकन गरिसकिएको थियो । मूल्यांकनको उक्त फाइल गृह मन्त्रालय, लोक सेवा आयोग र प्रहरी प्रधान कार्यालयमा एक/एक प्रति रहन्छ । 

प्रहरी नियमावली २०७१ को नियम ४६ को उपनियम ७ मा एआईजीहरू अवकाशमा गएपछि ज्येष्ठतालगायत अन्य पाँच आधारमा डीआईजीमध्येबाट महानिरीक्षक चयन गर्नुपर्ने भएको थियो । सेवाहदका कारणले महानिरीक्षकसँगै ९ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सँगै सेवा निवृत्त हुने भएकै कारण चार डीआईजीमध्येबाट एकलाई छान्नुपर्ने भएको थियो । प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने’ उल्लेख छ । 

महानिरीक्षकको दौडमा रहेको डीआईजी नवराज सिलवालले भने कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरे । 'म कानुनी सर्वाेच्चताका लागि पुन: लड्छु," उनले भने । 






कमेन्टसहरु



ताजा समाचार



12629513 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top