Hetauda Online - भीम गुरुङ दाेस्रो उपाधि
The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

भीम गुरुङ दाेस्रो उपाधि


खेलकुद 8 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता


भीम गुरुङ दाेस्रो उपाधि


हेटौंडा अनलाईन विश्वकै चिसाे स्थानमा भएकाे 'नर्थ पोल म्याराथन'मा नेपालका भीम गुरूङ दास्रो भएका छन् । उनले ४२ किमीको दुरी ४ घन्टा १८ मिनेटमा पुरा गर्दै दोस्रा भएका हुन् ।

प्रथम हुने पोल्याण्डका धावकले सो दुरी ४ घन्टा ७ मिनेटमा तय गरेका थिए ।

यस्तै म्याराथनको तेस्रो स्थान पनि नेपाली धावक समीर तामाङले कब्जा गरेका थिए । उनले तय दुरी पुरा गर्न ४ घन्टा ३१ लगाएका थिए ।

उत्तरी धुर्वबाट फेसबुकमा कुराकानी गर्दै भीम गुरुङले भने, 'अत्यन्त कठिन र चिसो ठाउँमा दौडिएर नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै हर्षित छु । दौडमा दोस्रो हुन सकेकोमा झनै खुशी छु ।'

पृथ्वीकै सबैभन्दा चिसो ठाउँ उत्तरी धुर्वमा हुने यो दौडलाई विश्वकै अत्यन्त जटील मानिन्छ । त्यहाँको भौगोलिक अवस्था निकै कष्ठकर छ । यहाँ वर्षको ६ महिना मात्रै घाम लाग्छ ।





कमेन्टसहरु



ताजा समाचार



12423263 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top