The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

अबैधानिक कामदार पनि पुनः कोरिया जान पाउने



प्रवास    78 पटक पढिएको   किसन गौतम      

आषाढ २०,सौल

कोरियामा अबैधानिक तबरले बसिरहेका बिदेशी कामदारहरु सरकारले तोकेको अबधि भित्र  स्वदेश फर्किए पुनः कोरिया प्रवेश गर्न पाउने भएका छन् 

कोरियाको न्याय मन्त्रालयले एक सूचना जारि गरि  अध्यागमनले तोकेको समय भित्र स्वदेश फर्किएमा कोरिया पुन प्रवेशको ढोका खुल्ला रहने बताएको छ  अध्यागमनले स्वदेश फर्किनको लागि यहि जुलाई १० तारिख देखि अक्टोबर १० तारिख सम्म ३ महिनाको समयाबधि तोकेको छ  यसभन्दा पहिला ३ बर्ष भन्दा धेरै अबैधानिक बस्नेलाइ २ बर्ष पुन प्रवेशमा  निषेध गरेको थियो भने १ बर्ष देखि ३ बर्ष सम्म अबैधानिक बस्नेलाई १ बर्ष सम्म प्रवेशमा निषेध गर्दै आएको छ 

तोकेको समय भित्र स्व-इच्छाले स्वदेश फर्किएमा कोरियाको मानब संसाधन केन्द्रले तोकेको क्राइटेरिया पुरा गरि पुन प्रवेश गर्ने अबसर मिल्ने पनि जारि सुचनामा उल्लेख छ 

 सन् २०१८ मा कोरियामा आयोजना हुने प्यांगचाङ्ग ओलम्पिकको सुरक्षालाइ  मध्यनजर गर्दै सरकारले अबैधानिक कामदारको संख्यामा कमि ल्याउने बताएको छ  िकेहि महिना पहिला मात्र जेजु टापुमा रहेका अबैधानिक कामदार हरुलाई ब्यपाक  धरपकड गर्ने बताएपछि ठुलो संख्यामा कामदार हरु टापु छाडेर बाहिरिएका थिए पछिल्लो समय कोरियामा अबैधानिक कामदारको संख्यामा बृद्दी भएको छ  सन् २०१६ सम्म कुल बिदेशी कामदारको ११.३ प्रतिशत अबैधानिक रहेको बताइएको छ  हाल कोरियामा २५ लाख बिदेशी कामदार कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224243   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top