The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

कृषि तथा पशुपन्छी बिमा: बक्यौता २५ करोड पुग्ने


राष्ट्रिय समाचार 2 पटक पढिएको हेटौंडा अनलाइन २०७४ आषाढ २९ बिहीवार


कृषि तथा पशुपन्छी बिमा: बक्यौता २५ करोड पुग्ने


आषाढ २९ बिहीवार, काठमाडौं । चालू आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा कृषि तथा पशुपन्छी बिमाबापत सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम २५ करोड पुग्ने भएको छ ।

कम्पनीहरुले जारी गरेको कृषि बिमासम्बन्धी विस्तृत विवरण बिमा समितिले उपलब्ध नगराएको भन्दै अर्थ मन्त्रालयले अनुदान रकम रोकिदिएपछि चालू आवमा रकम निकासा नै हुन सकेको छैन । फलस्वरूप बक्यौता रकम बढ्दै गएको हो । 

बिमा समितिको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम १६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आवको ९२ लाख ८६ हजारसहित कुल भुक्तानी रकम १७ करोड ६१ लाख पुगेको छ ।

वैशाखसम्ममा यो रकम बढेर करिब २२ करोड पुगिसकेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए । “असारको अन्त्यसम्म २५ करोडसम्म पुग्न सक्छ,” उनले भने । जसमध्ये पशुपन्छी बिमाबापतको मात्रै करिब २२ करोडभन्दा बढी बक्यौता रहेको समितिले बताएको छ ।

समितिका अनुसार चालू आवमा कृषि विकास मन्त्रालयबाट ३ करोड १० लाख रुपैयाँ अनुदान रकम निकासा भएकोे थियो । त्यस्तै, पशुपन्छी विकास मन्त्रालयबाट निकासा भएको ४ करोड रुपैयाँसहित चालू आवमा समितिले ७ करोड १० लाख रुपैयाँ मात्रै प्राप्त अनुदान रकम पाएको थियो ।

तर, आव ०७२/७३ कै ६ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समितिले बताएको छ । त्यसैले चालू आवमा प्राप्त भएको रकममध्ये गत आवको ५ करोड १० लाख अनुदान रकम भुक्तानी गरिएको समितिले बताएको छ । तसर्थ कम्पनीहरुलाई चालू आवको अनुदान रकम वितरण गर्न नसकिएको समितिले बताएको छ । 

आगामी आवका लागि सरकारले कृषि तथा पशुपन्छी बिमा अनुदानबापत ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये कृषि बिमाका लागि १० करोड ५० लाख र पशुपन्छी बिमाका लागि २५ करोड रकम विनियोजन गरेको छ ।

तर, चालू आवकै बक्यौता रकम २५ करोड पुग्ने भएकाले आगामी आवका लागि उक्त रकम अपुग हुने समितिले जनाएको छ । थप रकम निकासाका लागि कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने समितिले जनाएको छ ।

नेपालको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न कृषि विकास मन्त्रालयले २०६९ माघ  १ गतेदेखि कृषि बिमा कार्यक्रमको सुरुवात गरेको हो । मन्त्रालयले सुरुवात गरेको कार्यक्रमलाई अगाडि बढाउँदै बिमा समितिले आव ०७०७१ देखि कृषि तथा पशु बिमालाई अनिवार्य गरेको हो ।

यद्यपी बिमकहरु कृषि बिमाप्रति उदासिन देखिएपछि समितिले २०७१ पmागुनमा नै कम्पनीहरुलाई जिल्ला नै तोकेर कृषि बिमा गर्न निर्देशन दिएको थियो । त्यस्तै, कृषि बिमाप्रति कृषकलाई प्रेरित गर्न सरकारले अनुदान रकमको समेत व्यवस्था गरेको छ । सुरुवातमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले २०७१÷७२ देखि भने ७५ प्रतिशत अनुदान वितरण गरेको छ । साभारः कारोबार दैनिक  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959683 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top