The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

कविता: वीरेन्द्र सुब्बाको झोंक


कला साहित्य 1 पटक पढिएको राजा पुनियानी २०७४ आषाढ ३१ शनिवार


कविता: वीरेन्द्र सुब्बाको झोंक


आषाढ ३१ शनिवार, हेटौंडा । नेपाली कविता साहित्यमा राजा पुनियानीको आगमनलाई फरकशैलीका कवि अनि, अस्तित्वका कविकारुपमा स्वीकार्नुपर्छ ।

सरल स्वाभाब, मिलनसार एवं उदार पात्रकारुपमा उहाले नेपाली साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ, युवा कवि राजा पुनियानी लामा तर, फरक क्राप्ठका कविता रचनागर्ने पुनियानीको मुख्य लेखानिय विशेषशता हो ।  बिचारलाई माझेर अनि, वास्तविकताका शिल्पी भरेर जिबन्त बनाउछन् कविता कविहरु अघिल्लो दिन कसैले भन्यो नेपाली साहित्यको लेखनिय शैलीमा धेरै परिवर्तन आएको छ । अनेकौं सम्भावनाहरुलाई बोकेर मान्छे वैचारिकरुपमा नै एउटा आन्दोलन लिएर दन्किरहेछन । मैले सन्धर्भ जोडिहालें भारतको पश्चिम बंगालस्थित दार्जीलिङ जिल्लामा कृयाशील नेपालीभाषी युवा कविहरुछन् नि ! निमा शेर्पा, भूपेन्द्र सुब्बा, मनोज बोगटी, राजा पुनियानी र लेखनाथ क्षेत्री मैले दैनिक सुन्नेनाममै पर्नुहुन्थ्यो केही समययता नेपाली साहित्य क्षेत्रमा “हस्तक्षेप” अभियान सुरु गर्नुभएका । कविहरुसंग जोडिन मैले आफ्नो फेसबुक खाताबाट अनुरोध गरें राजा पुनियानी लाई भोलिपल्ट, अनुरोध स्वीकार भएछ, 

• शुभ,बिहानी साहित्य सर्जक,

• हजुर

• वालमा भावना हेरें,

• हुन्छ नि ! हेर्नैलाई राखिदिएको हो, हजुरहरूले हेरेर प्रतिक्रिया गरेकैले आँट जाँगर मिल्छ ।

• “निर्बाध ! तपाईलाई जाँगर हामीलाई उर्जा, प्रेमिल कबिभन्दा यथार्थ कबि रुचाउछु ! तपाई ठ्याकै मेरो मन जित्ने मान्छे” 

यसरी सुरुवात भयो युवा कवि: राजा पुनियानी संगको मेरो प्रथम सहयात्रा 09/03/2016 8:28AM बिहानी बाट, यो छोटो समयमा पनि आत्मियता भन्नेकुरा कति निकट १२ जुलाई सन् १९७७मा भारतको सिलगढ़ीमा पिता: श्री दीपक पुनियानी र ममतामहिमाता: श्रीमती गीता सुब्बाको ....पुत्रको रुपमा भयो शिक्षातर्फ एम.बी.ए. (एच.आर.), पोस्ट ग्र्याजुएट डिप्लोमा इन ह्युमन रिसोर्स डेभलप्मेण्ट एण्ड लेबर वेल्फेयर, बीएस्सी (विशुद्ध), मनोविज्ञानमा स्नाकोत्तर अध्ययनरत कवि पेशागत हिसावले सिलगढ़ीको एक इञ्जिनियरिङ कलेजमा मानविकी विभागअन्तर्गत एसिस्टेण्ट प्रोफेसरको रुपमा अध्यापन गराउनुहुन्छ । साहित्य लेखनको मूल विधा: कवितालाई छान्नुभएका कवि निबन्ध, समालोचना, कथामापनि कलम चलाउनुहुन्छ २ दशकलामो कविता लेखनमा समय व्यथित गर्नुभएका कवि सन् १९८८ मा प्रथमपटक आमा (कविता) हिमालचुली प्रकाशनबाट प्रकाशित आरम्भ गर्नुभएका कविको मानवी प्रकाशन, कालेबुङ, भारत, नोभेम्बर २०१३को (शृङ्खला कविता सङ्ग्रह), दोश्रो साहित्य कृति हो । आत्मनिर्णय (साप्ताहिक), सिलगढ़ी (१९९९-२०००) हाम्रो पहाड़ (दैनिक) (२००५-२००६),सिलगढ़ी (सह-सम्पादन) सुनचरी समाचार (दैनिक)(२००३-२००५), सिलगढ़ी (सह-सम्पादन) अब दैनिक (दैनिक) (१९९६) (सह-सम्पादन), सिलगढ़ी झझल्को (सूर्यकुमार क्षेत्री स्मृति ग्रन्थ) (सह-सम्पादन) द्रष्टा (कविता गोजिका), सिलगढ़ी (सह-सम्पादन) गरिरहनु भएको छ । सुकना, हुलाक सुकना, दार्जीलिङ जिल्ला, प. बंगाल, भारत– ७३४ ००९ मा रहनुभएका कविलाई मोबाइलमा ० ९००२३ २०६३१, तथा समाजिक सन्जाल फेसबुक मार्फत  HTTP://FACEBOOK.COM/RAJAPUNIANI मा भेट्न सकिन्छ साथै जिमेलमा यो ह्यान्डलमा हुनुहुन्छ RAJA.PUNIANI@GMAIL.COM तपाईहरु जोडिन सक्नुहुन्छ । साभारः नव साहित्य 


युवा कवि: राजा पुनियानी कविता बाचनगर्दै / फोटो: राजा पुनियानी फेसबुक

कविता: वीरेन्द्र सुब्बाको झोंक


रेकर्ड नभएको एउटा इतिहास थियो 

उनको अनुहारको अप्ठेरो चाउरीखोलातिर

उनी त फिस्स बितिगएका

वीरेन्द्र सुब्बा गायक थिए गायकभन्दा बढ़ी बक्सर 

वीरेन्द्र सुब्बा पेन्टर थिए पेन्टरभन्दा बढ़ी कवि 

वीरेन्द्र सुब्बा जे जे थिए थिए 

तर वीरेन्द्र सुब्बा वीरेन्द्र सुब्बा थिए

नबाचिएको एउटा कथा थियो 

उनको अभद्रताको बदनाम गल्लीतिर

उनी त सुइत्त अल्पिगएका


वीरेन्द्र सुब्बाले तेस्रो आयामलाई अन्ठसन्ठ भन्ने रे

वीरेन्द्र सुब्बाले पाहुनालाई गाली दिने रे

वीरेन्द्र सुब्बाले साथीहरूलाई घुस्सी हान्ने रे

विरेन्द्र सुब्बा गाएपछि गाएको गाएकै हुने रे

विरेन्द्र सुब्बा विचारले कम्युनिस्ट रे

विरेन्द्र सुब्बा कतै कतै फिट नहुने रे

बीरेन्द्र सुब्बा एक्लै एक्लै रुने रे


घरदेखि डेरा डेरादेखि पार्टी अफिसमा शरण लिएका सुब्बाको जीवन

आफैमा त्यो कथा थियो जो अछुत थियो

आफैमा त्यो इतिहास थियो जो वर्जित थियो

जसलाई न पुरस्कारले छोयो न समारोहले

जसलाई न सत्ताले देख्यो न पब्लिकले


र मुख्य कुरा - वीरेन्द्र सुब्बालाई झोंक चल्थ्यो

त्यो झोंक बैरागी काइँलाको झोंकको कति झोंक हो - के थाहा

त्यो झोंक माओत्सेतुङको झोंकको कति झोंक हो - के थाहा 

त्यो झोंक बुद्धको झोंकको कति झोंक हो - के थाहा 

त्यो झोंकमा आगो हुन्थ्यो त्यो आगोको छल थिएन

यति चैं हो वीरेन्द्र सुब्बाको झोंक खासमा प्रेम थियो


नपढ़िएको कविताको एउटा रूख थियो

उनको झरझर बल्ने आदिम आँखाओढ़ारतिर 

उनी त गर्लम्मै ढलिगएका

कसले बोक्ने हो अब वीरेन्द्र सुब्बाको शब्द, ग्लोभ्स, रङ, धुन ?

कसले बोक्ने हो अब वीरेन्द्र सुब्बाको झोंक ?



सम्बन्धित तस्विरहरु

युवा कवि: राजा पुनियानी कविता बाचनगर्दै / फोटो: राजा पुनियानी फेसबुक

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865238 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top