The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

धानखेती गर्ने किसानलाई प्रोत्साहन भत्ता: बीउ तथा कृषि औजारमा सुविधा


राष्ट्रिय समाचार 5 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०१ आइतवार


धानखेती गर्ने किसानलाई प्रोत्साहन भत्ता: बीउ तथा कृषि औजारमा सुविधा


श्रावन ०१ आइतवार, बारा । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् ।

तीमध्ये ३३ हजार ३५४ हेक्टर सिञ्चित र २९ हजार असञ्चित क्षेत्रफल रहेका छन् । जिल्लामा अहिलेसम्म ५० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकाका कारण बारामा ८० प्रतिशत धान रोपाईँ सम्पन्न भएको हो ।

गतवर्ष ६० हजार ४४० हेक्टर क्षेत्रफलमा भएको धानखेतीबाट दुई लाख २८ हजार ६८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष हालसम्मको समग्र स्थिति राम्रो रहेकोले प्रति हेक्टर चार दशमलव चार प्रतिशत मेट्रिक टन धान उत्पादन हुनसक्ने पूर्वानुमान गरिएको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो ।

जिल्लामा ८० प्रतिशत किसान धानखेतीमा आश्रित छन् । तीमध्ये ६५ प्रतिशत किसानले मन्सुली, सावित्री, स्वर्णासव-१, राधा, बास्मतीजस्ता जातका धान लगाउँदै आएको बताइएको छ । धानखेती गर्ने किसानलाई यो वर्ष सरकारले मसिना तथा बास्नादार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा २५ मेट्रिक टन धानको बीउ वितरण गरेको छ, भने प्रोत्साहन भत्ताअन्तर्गत धानखेती गर्ने किसानलाई प्रति हेक्टर रु पाँच हजार र कृषि औजारमा समेत सुविधा दिन थालेपछि किसान धानखेतीतर्फ आकर्षित भएका छन् ।

यसैगरी पर्सा जिल्लामा हालसम्म ४५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ । साभारः मधेश प्रदेश 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959693 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top