The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

कथा: प्रेम


कला साहित्य 77 पटक पढिएको मनोज रुपाखेती २०७४ श्रावन ०१ आइतवार


कथा: प्रेम


श्रावन ०१ आइतवार, हेटौंडा । मनले भन्यो अाज अाँट गरेर मनको कुरा भन्ने छु उनलाई । कस्तो किस्मत भाग्य बलियो नै छ मेरो किनकि बाटोमा राधासंग भेट भयो ।

"कलेज जान अाज अलि ढिलो भयो अनि तिमी पनि लेट भएछौ त अन्जान " राधले भनिन्

म केही छिन मौन रहेँ अनि भने " अँ अलि ढिलो भयो अाज " 

बिहानीको समय बाटो चकमन्न जस्तै थियो । केही कलेजका साथीहरु छुटेकोले गर्दा राधा र म बीच धेरै कुराकानी भयो  मौषम पनि गजबको थियो,,

चिसो हावाले सिधै दिमाखलाई स्पर्श गर्थ्यो  पुरानो कलेजको दिन भन्दा पृथक थियो । कलेज नजिकै पुगे पछि अाँट गरेर राधालाई भने 

"राधा एउटा कुरा भन्न मन थियो भनुँ ? " 

मधहोस मुस्कानमा अाखाँमा अाएको कपाल पन्छाउँदै 

राधाले भनिन् "ल भनन के कुरा हो ? "

मैले अलि असहज महशुस गरेँ 

एक मनले नभनुझैँ लागेको थियो  तर पनि साहास बटुल्दै 

"I love you" भनेँ

राधा केही बेर ठक्क अड्डीइन्

अनि हाँस्दै भन्न थालिन् "लौ मनको कुरा गर्यौ राम्रो हो । तर, अन्जान म मेरो जीवन साथी धनी होस्  ह्याण्डसम होस् भन्ने चाहान्छु । तिमीले मनको कुरा खुलस्त भन्यौ तर सरि तिमी ह्याण्डसम त छौ तर मेरो ईच्छा र चहाना ठूलो छ तिमीले पूरा गर्न सक्दिनौ । " उनले मेरो प्रस्ताव सहजै अस्वीकार गरिन् र सजिलै भनिन् धनी केटा चाहिन्छ भनेर । मन भारी भयो अाँफैलाई असहज लाग्यो  दिन भर अाफूलाई धिक्कारी रहेँ 

"म किन गरिब भए ?" ,,

"भगवानले धन किन बनायो?"

"राधा जस्तो राम्री मान्छेको कठोर मन किन बनायो? "

यस्तै यस्तै प्रश्न मनमा अल्झी रह्यो 

किन,किन दिन दिन जस्तै लागेन..

हावा ठप्प भए झैँ लाग्यो..

अाफैँ देखि धिक्कार लाग्यो...

तर पनि खै कसरी मनलाई सम्हालेछु थाहै भएन

फेरि अाँफैलाई लाग्यो सबै कृष्ण जस्तो भाग्यमानी कहाँ हुन्छन् र?

राधा पाउन...

सम्हाले मेरो सागर जस्तो कठोर मन दिन परिवर्तनरत छ समयले कोल्टे फेर्दै गयो सुख्खा मौषममा बसन्त छाउन थाल्यो कलेज पनि सकियो । राधा र मेरो भेट पातलै हुन थाल्यो । खै मैले प्रेम प्रस्ताव राखेदेखि उनी मसंग टाढा हुँदै थिईन । म पनि उसको नजरबाट टाढा भएँ । सोचेँ धनी केटाको खोजिमा होलिन् उनको जीवन सफल रहोस्...

घरमा मेरो बिबाहको कुरो चल्यो । जिन्दगीमा एक पटक बिबाह गर्नै पर्छ र मैले पनि अाराधनासंग बिबाह गरेँ । एरेन्ज म्यारिज भएकाले अाराधनासंग घुलमिल हुन केही बेर लाग्यो । मेरो जीवनमा खुसि भरिदै गयो । मेरो जीवन सङ्गिनी अाराधना पनि खुसी थिईन । हाम्रो माया गाढा भयो  संसार रङ्गिन भयो जीवन प्रगाड भयो ।

अारधनाले भनिन् "हजुर घुम्न जाउन कतै धेरै भयो नघुमेको हुन्न र ? " 

मैले भने "हुन्छ मेरो छुट्टी मिलाएर पोखरा जाउँला"

अाराधना खुसी भईन.. उनको खुसीमा म पनि मख्ख भएँ;;;

हाम्रो पोखराको यात्रा तय गरेर हामी पोखरा तिर लाग्यौ बाटो भरि हामीले धेरै कुरा गर्यौ धरान देखि पोखरा धेरै टाढा भएकाले हाम्रो यात्रा कुराकानी मै अघि बढ्यो ,,, 

अाराधनाले सोधिन् "हजुरको जीवनमा अरु कोही केटी प्रेमिका बनेर अाईनन् ? " 

मैले मुस्कुराएर कुरा टार्न खोजेँ तर अाराधनाले कहर गरिन्अ नि मैले त्यही यात्रामा राधासंग भएका र बिताएका सबै कुरा गरेँ ।  अाराधनाले खुसि हुँदै भनिन् "यदि मैले राधालाई भेटे भनेँ उसलाई धन्यबाद दिनेछु " 

मैले सोधेँ " किन नि ? "

उनले भनिन् "मेरा लागि यति मनकारी माया गर्ने मान्छे छोडेकोले"

लामो यात्रा टुङ्गिएको पनि थाहै भएन ,,

पोखरामा हामी उत्रिएपछि  बस्नका लागि लज खोज्ने तयारीमा लाग्यौ । बल्लबल्ल एउटा लजमा कोठा मिल्यो । थाकेकाले म एक छिन पल्टीएँ । अनि खाना अडर गर्न काउन्टरमा मा गए । बेलुकी खाना खान हामी तल झर्यौँ । अाराधना र म कुरा गर्दै खानखान थाल्यौ । भित्र कोठाबाट ठुलो अावजमा एक पुरुषले गालि गर्दै थियो । अाराधनाले वईटरलाई सोधिन्" भाइ भित्र के भएको ? " 

वईटर " ए यस्तै हो साहुको छोरा रजिन दाईले रक्सी खाएर सधै भाउजुलाई गालि गर्छ कहिलेकाही पिट्छ ,, "

अाराधनाले भनिन् "कस्तो भाग्य रेछ यो केटीको कस्तो घरमा परिन्"

म मौन रहेँ भित्रको अावाज कम भयो । हामी खाना भएर माथी गयौँ ।।

भिलि पल्ट बिहान फेवाताल हेर्न हामी तयार भएर तल झर्यौ मैले काउन्टरमा राधा बसेको देखेँ ।

त्यही राधा जसले मलाई बुझिनन्

त्यी पुराना दिनलाई अाफ्नो मनमा लिएँ 

उनको अनुहार मलिन थियो ।

एकपटक बोल्न मन लाग्यो ,, 

अाफ्नो प्यारी अाराधनालाई देखाउन मन लाग्यो,,

उसको प्रतिक्रिया बुझ्न् मन लाग्यो ,,,

अनि नजिकै गएर भनेँ "के छ राधा खबर ? " 

राधा ट्वाल्ल परेर हेरिरहिन र चिनेपछि बोलिन" अन्जान तिमी कताबाट यहाँ " 

मैले भनेँ "घुम्न अाएको अँ यिनी मेरी श्रीमती अाराधना"

अाराधनाले पनि हात मिलाईन 

राधाले हात मिउँदै भनिन् "खुसी लाग्यो"

अनि मौन रहिन र भनिन् "म भित्र गएँ "

सायद उनलाई अप्ठ्यारो लागेको हुँदो हो,,,,,

वईटरले भन्यो "हिजो गालि खाने भाउजू यिनै त हुन् नि चिन्नु भयो"

अाराधनाले मलाई हेर्दै भनिन् "चोखो माया लत्याएर धनी केटा रोजेको होलिन्, क्या गज्जब घर र केटा पाईछिन्"

म हेरिरहेँ ,,,

"जाउँ हजुर घुम्न" अारधनाले भनिन्

हामी फेवातल तर्फ लाग्यौँ





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901112 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top