Hetauda Online - पदमार्गमा जोडियो अन्नपूर्ण आधार शिविर
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

पदमार्गमा जोडियो अन्नपूर्ण आधार शिविर


अर्थ/बाणिज्य 12 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ०३ आइतवार


पदमार्गमा जोडियो अन्नपूर्ण आधार शिविर


हेटौंडा अनलाईन म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ।

पर्यटन विभागको रु ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको थियो। 

पदमार्ग क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष रु २० लाख बजेट प्राप्त भएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए। ‘पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ,’ गुरुङले भने, ‘यस वर्ष पदमार्गको स्तरवृद्धि र विस्तार गरेर सहजरुपमा आवतजावत गर्न सक्ने बनाउँछौँ।’

यसअघि सहज पदमार्ग नहुँदा हेलिकप्टर तथा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिविर जानुपर्ने बाध्यता थियो । अब नारच्याङबाट नेपाली एकै दिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सक्ने अध्यक्ष गुरुङले बताए।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को रु १० लाख अनुदानमा निलगिरि खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अप्ठ्यारो ठाउँमा बाटो विस्तार गर्न पर्यटन बोर्डले जिल्ला समन्वय समितिमार्फत रु छ लाख उपलब्ध गराएको छ।

एक्यापले नारच्याङ्को लेक गाउँमा सामुदायिक विश्राम गृहको भवन निर्माण गर्न रु दुई लाख २१ हजार र लेकगाउँ–खोप्रा पदमार्ग बनाउन रु दुई लाख सहयोग गरेको छ । यो पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविर सबैभन्दा छिटो पुग्न सकिन्छ।

एक्याप इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुईकेलले पुराना पदमार्ग सडकका कारण विस्थापित भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प पदमार्ग वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए।

पदमार्गको स्तरवृद्धिसँगै त्यहाँ पुग्ने पर्यटकको आवास सुविधाका लागि सामुदायिक विश्रामगृह सञ्चालन गर्न एक्यापले दिग्दर्शन तयार पारेर वन मन्त्रालयमा पेस गरेको छ । ‘हिमाली क्षेत्रका नयाँ गन्तव्यमा आवासको समस्या रहेको छ,’ कुर्इंकेलले भने, ‘विद्यामान ऐन नियमसँग नबाँझिने गरी त्यस क्षेत्रमा सामुदायिक होटल सञ्चालनका लागि जग्गा भाडामा दिने व्यवस्था मिलाउन पहल गरिएको छ।’

समथर फाँट निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो। 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT


12747770 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top