The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

चट्याङको सम्भावना बारे जानकारी सङ्कलनलाई सिमरामा स्टेसन



विज्ञान प्रबिधि   22 पटक पढिएको   सुप्रिया ढकाल    २०७४ श्रावन ०२ सोमबार  

श्रावन ०२ सोमबार, बारा । बाराको सिमरामा जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने उपकरण जडान गरेको छ ।

चट्याङको सम्भावना बारे जानकारी सङ्कलनलाई सिमरामा स्टेसन

आषाढ मध्यतिर जडान गरिएको यस उपकरणको नियन्त्रण हाल केन्द्रबाट नै भैरहेको सिमरा बिमानस्थलका नायव मौसम बिज्ञान सहायक पलबहादुर बिकले जानकारी दिनुभयो । हाल यस उपकरण परिक्षण प्रयोगका रहेकाले चट्याङको रेकर्ड गर्ने जिम्मा महाबिर पुनको कम्पनिले लिईरहेको बिकले जानकारी दिनुभयो । 

मौसमका कारण अधिकांश दुर्घटना भैरहेकाले जापानबाट नेपाल सरकारको पिपिआर कार्यक्रम आन्तर्गत ल्याईएको यस उपकरणको अहिले ईन्स्टलेसन अवधि रहेकाले तिन महिनामा सम्बन्धित बिमानस्थललाई नै हस्तान्तरण गर्ने सरकारको योजना रहेको सहायक बिकले जानकारी दिनुभयो । यस उपकरणले बिमास्थलदेखी २ सय किलोमिटर क्षेत्रफलमा रेकर्ड राख्ने उहाले जानकारी दिनुभयो । 

उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने भनिएपनि हालसम्म यसकिसिमको ब्यवस्था नभएको बिकले बताउनुभयो । पूर्वसूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व बैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा यो उपकरण नेपाल भित्राईएको हो । विभागका क्षेत्रीय र स्थानीय मौसम स्टेशनमा चट्याङका स्टेसनहरु राखिएको छ । देशका सम्पूर्ण भाग समेट्ने गरी बाराको सिमरासहित ९ ठाउँमा स्टेसन राखिएको हो । देशभर वार्षिक रूपमा चट्याङबाट मात्र दुई सय ५० देखि तीन सयजनाको ज्यान जान्छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224870   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top