The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

कोरियामा कामदारको पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि



प्रवास    159 पटक पढिएको   निकुन्ज तिवारी    २०७४ श्रावन ०२ सोमबार  

श्रावन ०२ सोमबार, दक्षिण कोरिया । दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८ मा कामदारको न्यूनतम् पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि गर्ने भएको छ ।

कोरियामा कामदारको पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि

दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८ मा कामदारको न्यूनतम् पारिश्रमिक १६.४ प्रतिशतले वृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१८ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्यूनतम पारिश्रमिक वृद्धिभएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो लेबलका मूलवासी गरी करिब ३१ लाखभन्दा बढी कामदार लाभान्वित हुनेछन् । सरकारी निर्णयले ईपीएसमार्फत आउने १७ मुलुकका कामदार उत्साहित भएका छन् ।

गत शनिबार सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधिबीचको बैठकले पारिश्रमिक बढाउने निणर्य गरेको हो । यो निर्णय आगामी अगष्ट ५ मा संसद्बाट पारित हुनेछ । नयाँ निर्णयअनुसार कामदारको पारिश्रमिक प्रतिघण्टा ७ हजार ५३० वन ९६.६४ डलर हुनेछ । यस वर्ष कामदारको पारिश्रमिक प्रतिघण्टा ६ हजार ४ सय ७० वन मात्र छ । हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यस वर्षको न्यूनतम मासिक १३ लाख ५२ हजार ७ सय १२ वनबाट बढेर आगामी वर्ष १५ लाख ७३ हजार ७ सय ७० वन पाउने छन् ।

यो नेपाली रुपैयाँ १ लाख २७ हजार ४ सय ५० हुनेछ । त्यस्तै सातामा ४४ घण्टा काम गर्ने कामदारले यस वर्ष १३ लाख ६४ हजार १ सय ३ मा ९९९ हजार ५ सय ७९ वन बढेर० पाउँदै आएकोमा अब १४ लाख ६३ हजार ६ सय ८२ पाउने छन् ।

यो नेपाली रुपैयाँ १ लाख ६७ हजार ६६ हुनेछ । अघिल्लो वर्ष कोरियामा ७.३ प्रतिशतले पारिश्रमिक वृद्धि भएको थियो । देशको आर्थिक वृद्धि, मूल्यवृद्धि र ज्यालावृद्धिलगायतका विभिन्न सूचकांकका आधारमा न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो ।

यद्यपी त्यहाँका टे«ड युनियनहरूले भने मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताएका छन् । उनीहरूले न्यूनतम् पारिश्रमिक प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राख्दै आएका छन् । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224241   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top