The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोद्धन जटिल



अर्थ/बाणिज्य   15 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख ०३ आइतवार  

हेटौंडा अनलाईन साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोद्धन जटिल

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९५० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।

साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ । तर बिहान उद्योग धन्दा, कलकारखाना तथा अन्य व्यावसायिक क्षेत्रमा समेत विद्युत् आपूर्ति गर्नुपर्ने हुँदा साँझ भन्दा बिहान बढी व्यवस्थापन गर्नुपरेको जनाएको छ ।

साँझ उद्योग धन्दालाई विद्युत् उपलब्ध गराइदँैन । साँझ ६ बजेदेखि १० बजेसम्म औद्योगिक कोरिडोरमा विद्युत् कटौती गरेर ग्रार्हस्थ प्रयोजनका लागि पठाइन्छ । तर बिहान ग्रार्हस्थ तथा औंद्योगिक फिडरमासमेत समान रुपमा विद्युत् जाँदा लोड व्यवस्थापनमा नयाँ अनुभव प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल छ । ‘‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’’ कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

कुल विद्युत् मागमध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकामा नै रहेको छ । यस्तै सहरी तथा औद्योगिक क्षेत्रको माग पनि कूलग्रार्हस्थ माग भन्दा बढी रहेको छ । भारप्रेषण केन्द्रकाअनुसार दिउँसो भने ८०० मेगावाटको हाराहारीमा माग रहेको छ । सामान्य अवस्थामा सात सय मेगावाट विद्युत् माग हुने गरेको छ ।

यस्तै प्राधिकरणको केन्द्रीयप्रसारण लाइनमा प्राधिकरणको आफ्नै उत्पादन ३३६ मेगावाट, आन्तरिक रुपमा प्रवद्र्धकबाट १९० मेगावाट, भारतबाट ३१४ मेगावाट उपलब्ध छ । प्राधिकरणको प्रणालीमा ३६० मेगावाट विद्युत् कम रहेको छ ।

प्राधिकरणको कूल ग्राहस्थग्राहक २७ लाख ९६ हजार ६२१ छन् । गैर व्यापारिक ग्राहक १७ हजार ७२३, व्यापारिक १७ हजार १९१, उद्योग ४३ हजार ६३९ र अन्य ग्राहक ९४ हजार ३९३ रहेका छन् । प्राधिकरणले तीन हजार ७४६ मेगावाट विद्युत् बिक्री गरेको छ । त्यसबाट रु ३२ अर्ब २१ करोड बराबरको आम्दानी गरेको जनाएको छ । स्रोत: रासस






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217327   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top