The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

कलर आईडी सेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने



विज्ञान प्रबिधि   141 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन ०३ मंगलवार  

श्रावन ०३ मंगलवार, काठमाडौँ । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ ।

कलर आईडी सेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ । जसअनुसार अब ल्याण्डलाइन टेलिफोनमा कलर आईडी सेवाका लागि लाग्ने पैसा हटाइएको छ । यस्तै आइएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी त्यही दुई अंक थिचेर नम्बर डायल गर्न सकिनेछ । साथै एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने र कल ट्रान्सफर सुविधा पनि निःशुल्क भएको छ । 

त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने बिजी कल ट्रान्सफर, ६ पटकसम्म घण्टी बजेपनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने ‘नो एन्सर ट्रान्सफर’, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने ‘वेक अप कल’ र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने ‘कल वेटिङ’ सुविधा पनि निःशुल्क लिन सकिने नेपाल टेलिकमले जनाएको छ । 

टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सक्नेछन् । यसका लागि विभिन्न कोडको व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224863   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top