Hetauda Online - नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ
The first website dedicated to the people of clean and green city Hetauda.
अन्तरवार्ता

नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ


अन्तरवार्ता 99 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ०९ शनिवार


नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ


अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।

प्रजातान्त्रिक आन्दोलनबाट प्रभावित भएर कांग्रेस हुँदै बाम राजनीतिमा प्रवेश गरेका कार्की जनयुद्धको कालखण्ड पार गरी राजनीतिको माथिल्लो स्थानमा पुगेका नेता मध्ये पर्दछन् ।

पढ्न तथा बहस गर्न सिपालु मानिने कार्कीले माओवादीमा रहँदा डा.बाबुराम भट्टराईसँग नजिक रहेर काम गरे । जब बाबुरामले माओवादी छाडेर नयाँ शक्तिको निर्माणमा लागे त्यहीँबाट कार्की र बाबुरामबीचको राजनीतिक लाईन फरक पर्न गयो । आजै मात्र बाबुरामले नयाँ शक्तिलाई पार्टीको रुपमा घोषणा गर्दैछन् । बाबुरामको नयाँ पार्टीको राजनीतिक कार्यदिशा र राजनीतिक भविष्यमाथि केन्द्रीत रहेर डिस्कभरी न्युज नेटवर्क (डीएनएन) अन्तरगतको रातोपाटी अनलाईनका लागि पत्रकार नरेश ज्ञवालीले अन्तरवार्ता गरेका छन् । अबदेखि ज्ञवाली हरेक साता रातोपाटीका पाठकका लागि एउटा अन्तरवार्ता लिएर प्रस्तुत हुनेछन् ।


अन्तरवार्ता लिने दिन बालुवाटारस्थित कार्कीको घर पुग्दा उनी कोहीसँग गफिदै थिए । दाई तयार हुनुहुन्छ होइन ? भनि प्रश्न गर्दा उनले के तयार हुने हो र ? भनि प्रतिप्रश्न गरे र अन्तरवार्ता दिन तयार भए । रेकर्डर अन गरेर प्रश्न गर्नु अघि म विश्वस्त हुन नयाँ शक्तिको राजनीतिक दस्तावेज पढ्नु भयो होइन त ? भन्दा उनले सहजै पढेको छैन यार भने । राजनीतिक दस्तावेज नपढेको भए अन्तरवार्ता नगर्ने भनेपछि उनले त्यसो भए पढेर मात्र अन्तरवार्ता दिने बताए ।

त्यस दिन खाली हात फर्किएको म दुई दिनपछि उनको घर पुग्दा उनी खाना खाइरहेका थिए । सरल जीवन र सहज अभिव्यक्तिमा प्रस्तुत हुने उनले खाना खाएपछि आराम गर्ने किताब पढ्ने गरी सहजतापूर्वक केही समय बिताए । यसबीच हामी अन्य कुनै विषयमा गफिँदै थियौ । अचानक किताबबाट निस्केर उनले भने नरेश अन्तरवार्ता गरौँ न त । अनि शुरु भयो हामी बीचको वार्ता–


नयाँ शक्तिको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?

बाबुरामजी प्रधानमन्त्री भैसकेको मान्छे उहाँलाई के–को समस्या ? हाम्रो समाज भनेको आदर्शवादीहरुको विजय हुने समाज हो । माक्र्सवादी, क्रान्तिकारीहरुको विजय कहाँ छ र ? उहाँहरु जसरी आँट गरेर बोल्ने, लेख्ने गरिराख्नुभएको छ त्यो एउटा पाटो हो । तर उहाँले बिर्सन हुँदैन उहाँको आह्वानमा लाखौँ मान्छेले दुःख पाएका छन् ।


म सबै दायित्वबाट अलग भएँ, त्यसको भूमिका सकियो भनेर जसरी उहाँले भनि राख्नुभएको छ, उहाँलाई अब नयाँ ढंगले शक्तिको आर्जन गर्नुपरेको छ । जनतालाई किन शक्तिशाली बनाउन सकिएन भन्ने तर्फ होइन कि आफूहरु किन बलियो भएनौँ भन्ने चिन्तन उहाँहरुमा छ ।


तपाईले जनयुद्धको कुरा कोट्याउन खोज्नुभएको हो ?

म सबै दायित्वबाट अलग भएँ, त्यसको भूमिका सकियो भनेर जसरी उहाँले भनि राख्नुभएको छ, उहाँलाई अब नयाँ ढंगले शक्तिको आर्जन गर्नुपरेको छ । जनतालाई किन शक्तिशाली बनाउन सकिएन भन्ने तर्फ होइन कि आफूहरु किन बलियो भएनौँ भन्ने चिन्तन उहाँहरुमा छ । यी सबै कुराको समाधानको विकल्प माक्र्सवादी ढंगले दिनुपर्छ भन्ने मेरो भनाई हो । पार्टी बलियो हुँदै जाँदा र नेताको कद अग्लिदै जाँदा जनता किन झन्–झन् होचा र पुड्का हुँदै जानुपरेको ?


यसका कारण के–के हुन् ? यसबारे किन नसोचेको ?

एक ढंगले शक्तिशाली भईयो अब अर्को तरिका अपनाएर फेरी शक्तिशाली हुने कुरा उहाँहरुको छ । त्यसैको लागि नयाँ शक्ति रे । एकपटक शक्तिशाली भैसकियो फेरी अर्को पटक नयाँ शक्ति मार्फत शक्तिशाली हुने होडवाजी हो यो । नेता शक्तिशाली हुने प्रति मेरो घोर आपत्ति छ । माक्र्सवाद भनेको निर्धाहरुलाई सशक्त पार्ने एउटा अभियान र साझा संकल्प हो ।

बाबुरामजीको नयाँ शक्तिले समाजमा देखिएको आक्रोश क्रान्तितर्फ नजाओस भनेर रोकथाम गर्ने अभियान सञ्चालन गर्ने हो ।


नयाँ शक्तिले समाजमा पार्ने अर्थ राजनीतिक प्रभाव कस्ता होला ?

राज्यकै कुरा गर्ने हो भने यो नाङ्गिएको छ । देशका हुनेखाने वर्गलाई मुलुकमा एक चरणको लडाई सकियो र हामीले जित्यौ भन्ने लागेको छ । ‘स्नो पाउडर’को राजनीति गरेर अर्थात् वर्तमान व्यस्थालाई टालटुल पारेर, जलप लगाएर यो ठीक छ अब समाजवादतर्फ जानुपर्छ भन्नेमा पुगेको देखिन्छ । तर मध्यम वर्ग भने आक्रोशमा छ । त्यो छुब्ध छ । खास गरी प्रवासमा र विदेशमा उनीहरुलाई जसरी काम गर्नुपरेको छ यसले मान्छेमा आक्रोश थपेको छ । उनीहरुको आक्रोश यति स्पष्ट छ कि तपाईंले सहज मापन गर्न सक्नुहुन्छ । यसले फेरी अर्को एउटा सामाजिक क्रान्तितर्फ संकेत गर्छ । बाबुरामजीको नयाँ शक्तिले समाजमा देखिएको आक्रोश क्रान्तितर्फ नजाओस भनेर रोकथाम गर्ने अभियान सञ्चालन गर्ने हो ।


विकासवादी नाराअगाडि सार्नुको कारण ?

समाज विज्ञानको जटिलता नबुझेको मान्छेलाई यसले आकर्षित गर्छ । किनभने राजनीतिप्रति जानाजान यति धेरै वितृष्णा फैलिएको छ । जस्तो मानौं राजनीति भनेकै काम नलाग्ने चीज हो । यहाँ राम्रो राजनीति र नराम्रो राजनीति भन्ने छैन । असल र खराब राजनीतिज्ञ भन्ने छैन । आज पनि राजनीतिमा जति पाईनियर मान्छे अन्य क्षेत्रमा कहीँ–कोही छ भने देखाउनुस् । तर अहिले यस्तै भैरहेको छ किनभने देशमा अहिले एन्टी नलेज मुभमेन्ट शुरु गराइएको छ । भन्नुको अर्थ ज्ञानको गहिराईसम्म कसैलाई पनि जान नदिने । छिपछिपे ज्ञानमा बस्ने र जथाभावी गर्न लगाउने परिपाटीको विकास गराइएको छ । ज्ञानको खासै अर्थ छैन भन्न विप्लव र बाबुरामजी लाग्नु भएको छ । बाबुराम ज्ञानविरोधी काममा लागेका छन् ।


उहाँको (बाबुराम) आफ्नै थिसिस हेर्नुस् त उहाँले लेख्नुभएको अर्थशास्त्रको आँखीझ्यालबाट त्यसले राजनीति डोजर नचालएसम्म र ती बाधाहरुलाई नहटाएसम्म विकास गर्न सकिँदैन भन्छ अनि उहाँ कसरी विकास गर्नुहुन्छ ? उहाँले त्यो बाधा हट्यो भन्नुहुन्छ कहाँ हटेको छ बाधा ? आज पनि अरबपतिलाई चिन्ने मान्छेले बजेट बनाउँछ । उहाँले अरबपति र गरिबलाईसँगै लिएर जानुपर्छ भन्नुहुन्छ । अब रामशरण महत खोजी राख्नु नपर्ने भो बाबुराम भए पुग्छ । अहिलेको नेपाली समाज पानी उम्लनु अघिको काँडा उम्रेको जस्तो अवस्थामा छ बाबुरामजीको नयाँ शक्तिले त्यस काँडा उम्राईलाई रोक्न खोज्नुभएको छ ।


नयाँ शक्तिले जसरी मध्यम वर्गलाई केन्द्रमा राखेर अगाडि बढेको छ भावि दिनहरुमा यसको प्रभाव कस्ता देख्नु हुन्छ ?

राजनीति व्यवस्थापनको कुरा हुँदै होइन यो त वर्ग समस्याको कुरा हो । तर नयाँ शक्तिले अहिलेको राजनीतिक समिक्षा कसरी गरेको छ भने काँग्रेसले पनि राम्रै ग¥यो कम्युनिष्टले पनि राम्रै गरे तर उनीहरुको युग सकियो । किन आलोचना गर्ने भनेर खासमा उसले आफनो समिक्षा गर्न डराएको छ । एउटा माक्र्सवादीले आफ्नो समिक्षा गर्छ भने गैरमाक्र्सवादी आफ्नै समिक्षादेखि डराउँछ ।


माओवादी आन्दोलनको यो हविगतका लागि को जिम्मेवार छ भनेर उहाँले भन्न सक्नु पर्दथ्यो । राजनीतिको मूल समिक्षा छोडेर द्ववापर युगका कृष्णले जस्तै नयाँ युगको व्याख्या गर्दै कृष्ण बन्न खोजेर अब हुँदैन ।


पार्टी जीवनमा भूमिगत हुँदा समेत उहाँलाई अरुले बुर्जुवा यो टिक्दैन भनेर भन्ने गर्थे मैले विश्वास गरेको थिएन । तर आज मैले नै उहाँ माक्र्सवादी रहनुभएन भनेर भन्ने दिन आए ।

नयाँ शक्तिले अंगालेको राजनीतिक लाईनमा र भारतमा आम आदमी पार्टीले अंगालेको राजनीतिक लाईनमा तपाईंले केही समानता अथवा भिन्नता देख्नुहुन्छ ?


म त्यसरी जोड घटाउ गर्न चाहन्न । मलाई मात्र कत्तिमा तकलिफ छ भने बाबुराम जी जो माक्र्सवादी आन्दोलनका मेधावी मान्छे हुनुहुन्थ्यो उहाँ अब माक्र्सवादी रहनुभएन । पार्टी जीवनमा भूमिगत हुँदा समेत उहाँलाई अरुले बुर्जुवा यो टिक्दैन भनेर भन्ने गर्थे मैले विश्वास गरेको थिएन । तर आज मैले नै उहाँ माक्र्सवादी रहनुभएन भनेर भन्ने दिन आए । मलाई त उहाँले बजारमा पाईने सबै रंगको रंगीचंगी चस्मा किन लगाउनु भएको होला भन्ने लाग्छ ।


नवउदारवादी चस्मा भन्न खोज्नुभएको ?


मैले त्यस्तो भन्दिन । मलाई त चस्माको समेत पहिचान नभएकाले आँखामा टाँसेको कागजको झल्को आइरहेको छ ।


नयाँ शक्तिको प्रचारको आक्रमताले तपाईलाई केही कुराको झल्को आएन ?


नयाँ शक्तिका नायकलाई जहाँसम्म मैले चिनेको छु उहाँले स्टन्ट पनि जान्नुभएको छ । यो राजनीतिमा गरिएको फिल्मी स्टन्ट नै हो । पढे लेखेको मान्छे हुनुहुन्छ कति बुझनु भएको छ त्यो त भविष्यले देखाउँला । तर पढेको त हो । बाबुरामको राजनीतिक भविष्य त उज्जलै छ । उहाँको अतित पनि उज्वल नै भयो । उहाँको व्यक्तिगत चिन्ता कसैले नगर्दा भयो । तिनै गरिब निमुखा जसले क्वान्टम स्वान्टम पनि बुझेका छैनन उनैले प्रधानमन्त्री बनाइदिए । उहाँलाई मात्र होइन कि हाम्रा अर्का नेतालाई पनि बनाइदिए । त्यसभन्दा पनि ठूलो बन्न बल गर्नुभएको हो कि ? दुःख के मात्रै हो भने यो देशमा वास्तविक क्रान्तिकारी जन्मन सकेनन् । नयाँ पिडीले नयाँ विचार ल्याउन सकेन भने बाबुरामजीहरु नै अगाडि बढ्ने त होला ।


मैले तपाईलाई माथी नै सोधेको थिए उहाँको पार्टीले लिएको राजनीतिक लाईनले नेपालीको सामाजिक आर्थिक अवस्थामा कत्तिको प्रभाव पार्ला ?


उहाँको पार्टी ठूलो होला, सरकार बनाउनु होला मलाई त्यसबारे केही भन्नु छैन । तर उहाँले नेपाली समाजलाई अग्रगामी दिशामा परिवर्तन गराउन सक्नुहुन्न । यो देशको उत्पीडित समुदायको राजनीति उहाँहरुबाट सम्भव छैन । भनेपछि स्वभावतः उत्पीडित हिस्साको अर्थ राजनीतिलाई पनि यसले प्रभाव पार्न सक्दैन । उहाँको पार्टीले लिएको राजनीतिक लाईनबाट देश बदतर दिशामा जान सक्ला तर सकारात्मक दिशामा अगाडि बढ्न सक्दैन ।


माक्र्सवादको चुनौती भनेको यसमा रहेका कमी कमजोरीहरुलाई सच्याउँदै यसको विकास गर्ने हो तर, माक्र्सवाद छोडेर होइन ।


बाम लोकतान्त्रिक भन्ने शब्दको खास अर्थ के हो ?


उहाँले सारमा बाम र रुपमा लोकतान्त्रिक भन्न खोज्नु भएको हो । प्रजातन्त्रका दुईवटा आयामहरु छन् एउटा प्रजातान्त्रिक आयाम अर्को सामाजिक आयाम । कम्युनिष्टहरुले सामाजिक आयाममा निकै ध्यान दिए तर प्रजातान्त्रिक आयामलाई ध्यान दिन सकेनन् । अर्को शब्दमा रोटी, कपडा, मकान, शिक्षा, स्वास्थ्यमा जस्ता कुरामा निकै ध्यान दिए तर भोट दिन पाउने, विचार राख्न पाउने, आलोचना गर्न पाउने कुरामा ध्यान दिन सकेनन् । भने अर्को तर्फ वुर्जुवाहरु हाबी भएको समाजमा भोट दिन, विचार राख्न, आलोचना गर्न पाउने तर रोटी, कपडा, मकान, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक आयाममा पटक्कै ध्यान दिएनन् । बाबुराम जीले यसैलाई जोडन खोजेको हो कि जस्तो भान हुन्छ । माक्र्सवादको चुनौती भनेको यसमा रहेका कमी कमजोरीहरुलाई सच्याउँदै यसको विकास गर्ने हो तर, माक्र्सवाद छोडेर होइन ।


जनयुद्धको समयदेखि शान्तिपुर्ण अवस्थासम्मै कार्कीलाई जसरी बाबुरामको नजिकको भनेर मान्छेहरुले बुझ्ने गर्दथे त्यसले के देखाउथ्यो भने उनी नयाँ शक्तितर्फ सहजै जाने छन् तर त्यसो भएन । कार्कीकै शब्दमा उनले बाबुरामलाई छोडे तर माक्र्सवाद छोडेनन् । कुनै पनि घटना र परिस्थितिको आफनै पृष्ठभूमि हुन्छ भने जस्तै नयाँ शक्तिको निर्माणका लागि बाबुराम पार्टीदेखि अलग्गिने र उनले बाबुरामलाई उनले छोडनुको पछाडीको पनि केही पृष्ठभुमी होला भन्ने लागि रहेको थियो ।


यी त्यस्ता कुराहरु थिए जुन आम राजनीतिक कार्यकर्ता र पाठकहरुले निकै चासोका साथ हेरिरहेका थिए । कार्की घरी सिरानीलाई काखमा राख्थे त घरी ढल्केर मलाई आफनो विचार पोखिरहन्थे । म भने चिसो दही खाँदै तातो प्रश्न गरी रहेको थिए ।


_बाबुराम र मेरो राजनीतिक सम्बन्ध

लामो समयसम्म पार्टी भित्र भट्टराईलाई उचालेर उनको निकै लविङ गर्नु भयो । आज उनै भट्टराईले नयाँ शक्ति गठन गर्दा तपाई हुनुहुन्न किन ?


मैले मुद्दालाई आधार बनाएर समर्थन र विरोध गर्ने गरेको छु । खरिपाटीको राष्ट्रिय भेलामा म किरणजीको पक्षमा उभिएको थिए । मलाई त्यस बेला के लाग्यो भने पार्टीको संस्थागत जीवनलाई प्रचण्डले त्यसबेलाको कमरेड बाबुरामसँग मिलेर ध्वस्त पार्दै हुनुहुन्छ त्यसैले पार्टीको जीवन जोगाउन म किरणसँग उभिएँ । तर पछि भारतविरुद्ध राष्ट्रिय युद्ध गर्ने पोलिटिकल लाईन किरण जीले लिन खोेजेपछि त्यो परिस्थिति भन्दा बिल्कुलै फरक उट्पट्याङ नीति लागेर मैले उहाँलाई छोडेँ ।

बाबुरामको सन्दर्भमा कम्युनिष्ट आन्दोलनलाई मानवीय र जनवादी बनाउन पार्टीभित्रै प्रतिपक्ष जस्तो रहनुभयो । त्यसो हुनाले स्वभाविक रुपले बाबुरामजीको नजिक रहेर काम गरियो । तर, पार्टी छोड्ने, अझ पार्टी मात्र छोड्ने भएपनि एक ढंगले छलफल गरिन्थ्यो होला तर उहाँले त माक्र्सवाद नै छोडेर गएपछि उहाँसँग जान सकिएन ।


भनेपछि आज प्रचण्डले माक्र्सवादको निकै रामो प्रयोग र अभ्यास गरि राख्नुभएको छ होइन त ?


कमसेकम घोषित रुपमा यहाँ म माक्र्सवादी हुँ, माक्र्सवादले यसो भन्छ, माक्र्सवादले यसरी सोच्छ भन्न पाइराखिएको छ ।


त्यो त एमालेमा पनि खुला छ त्यहाँ जाँदा हुँदैन ? त्यहाँ पनि माक्र्सवादको प्रयोग गर्ने भनेर घनश्याम भुषालजीहरु प्रयत्नरत हुनुहुन्छ र तपाईको पनि निकै सहकार्य छ, होइन त ?



सम्बन्ध र सहकार्य सबभन्दा पनि बढी माक्र्सवादमा, मेरो विचारमा, गम्भिर प्रकारको सैद्धान्तिक बहसमा, छलफलमा र मैले सोच्ने गरेको कुरा जसलाई म माक्र्सवाद भन्छु त्यसमाथि बैचारिक ढंगले सशक्त प्रश्न उठाउने घनश्याम जीहरु हुनुहुन्छ त्यसैले उहाँसँग बढी नजिक रहेर छलफल गरिनुपर्छ भन्ने लाग्छ ।


आज माक्र्सवाद भनेर जुन व्याख्या भैरहेको छ त्यसमा थुप्रै कमीहरु छन् । अन्य धर्म दर्शनहरुमा केही थप्यो भने अशुद्ध र अपवित्र हुन्छ अथवा त्यसको शुद्धतामा आँच आउँछ । तर मैले बुझेको माक्र्सवाद के हो भने यसमा थप्न सकिएन भने सिद्धिन्छ ।


माथि तपाईंले बाबुरामले माक्र्सवाद छोडे भन्नुभयो तर उनले लगातार त्यसको डिफेन्ड गर्दै आएका छन् किनभने मसँगकै अन्तरवार्तामा उनले माक्र्सवादको उन्नत प्रयोगका लागि नयाँ संगठनको खाँचो महसुस गरी नयाँ शक्ति खडा गरेको हुँ भनेका छन । तपाईं पनि माक्र्सवादको समय अनुकुल उन्नत प्रयोगको पक्षमा उभिराख्ने नेता अनि बाटो किन फरक ?


आज माक्र्सवाद भनेर जुन व्याख्या भैरहेको छ त्यसमा थुप्रै कमीहरु छन् । अन्य धर्म दर्शनहरुमा केही थप्यो भने अशुद्ध र अपवित्र हुन्छ अथवा त्यसको शुद्धतामा आँच आउँछ । तर मैले बुझेको माक्र्सवाद के हो भने यसमा थप्न सकिएन भने सिद्धिन्छ । तर त्यो थप्ने कुरा माक्र्सवादमै आधारित भएर गर्नुपर्छ । बाबुराम जीले एउटा दस्तावेज बाहिर ल्याउनु भएको छ त्यो दस्तावेजमा उहाँले माक्र्सवादी ढाँचालाई समाउनु भएको छ, किनभने उहाँले अर्को कुनै आधारका बारे पढ्नुनै भएको छ्रैन । माक्र्सवादविरोधी विचारसम्म पुग्न उहाँले माक्र्सवादी ढाँचाकै प्रयोग गर्नु भएको छ । जब तपाई दस्तावेज भित्र पस्नु हुन्छ, व्याख्या गर्नु हुन्छ र निष्कर्ष निकाल्नु हुन्छ अनि थाहा हुन्छ यसमा माक्र्सवादको कुनै साईनो छैन ।


वर्ग संघर्ष व्यवस्थापन गर्न सकिने कुरा होइन तर उहाँले त्यही कुरालाई अगाडि ल्याउनु भएको छ । उहाँले विपी कोइराला र मदन भण्डारी भन्नुहुन्छ । पूँजीवाद र माक्र्सवाद भन्नु हुन्छ । भनेको यी दुबै विरोधी कुराहरुका राम्रा कुरा लिनुपर्छ भन्नु हुन्छ । समाजवाद र पूँजीवादबाट शिक्षा लिने भन्नुहुन्छ । समगमा उहाँ वाद र प्रतिवादभन्दा अगाडि जान चाहनुहुन्न । यो विचार त प्रुधोको विचार हो । उनले न्यायद्वारा समाजको अन्तरविरोधको समाधान गर्न व्यवस्थापन गर्न सकिन्छ भनेका थिए । बाबुरामजी समाजका समस्या समाधानमा कुनै वर्गलाई समाउनु हुन्न भन्नु हुन्छ दस्तावेज मार्फत ।


तर माक्र्सवादले हामीलाई के सिकाएको छ भने गोरु र बाघलाई सँगै लिएर जोत्न सकिँदैन । दस्तावेजमा वर्ग समन्वयको कुरा छ । र नेपालको वर्ग संघर्षलाई समस्याको रुपमा ठम्याईएको छ । समाजका समस्याहरुको समाधान गर्न उहाँ कसिनु भएको छ तर विधि के भन्दा विकासद्वारा भन्नुहुन्छ । राजनीतिको लगाम नलागेको अर्थतन्त्रको घोड हिनहिन त गर्छ तर तपाईलाई त्यसले कुनै गन्तब्यसम्म पु¥याउँदैन । त्यसले अन्ततः पछार्ने नै हो ।


हेनरी डेविड थोरो र मार्टिन लुथर किंगको अहिंसाको विचारलाई लिएर गान्धीले मेरो विचार भने जस्तै प्रुधोको विचारलाई लिएर बाबुरामले मेरो विचार भन्नु भएको छ भन्ने तपाईको भनाई । प्रुधोको विचारबारे केही उल्लेख गरि दिनुस् न ?


प्रुधो बहुलवादी थिए भने माक्र्स एकतत्ववादी । यो संविधानसभा विघटन हुनुभन्दा केही अघिसम्म बाबुराम जी भौतिकवादको एकतत्ववादको पक्षमा हुुनुहुन्थ्यो तर अहिले नयाँ शक्तिको दस्तावेजसम्म आउँदा उहाँको विचार बहुलवादी विचार भएको छ । समाजवादी चिन्तनका इतिहास भन्ने पुस्तकको पृष्ठ २७६ मा कृष्णकान्त मिश्र प्रुधोबारे लेख्छन् ‘व्यवस्था र प्रगतिको बीचमा, व्यक्तिवाद र सामाजिकरणको बीचमा, नीजी सम्पत्ती र सामाजिकरणको बीचमा जुन अन्तरविरोध छ त्यो अन्तरविरोध मानवीय जिवनको अंग हो यसलाई विस्तारै व्यवस्थापन गर्न सकिन्छ ।


बाबुरामजी पनि नेपालको समस्या समाधान गर्न ठ्याक्कै यही विचार राख्नुहुन्छ । व्यक्ति र समूह, निजी सम्पत्ति र सामुहिक सम्पत्ति, व्यवस्था र राज्यबारे उहाँका विचारमा एकतत्ववाद छैन । त्यसो हुनाले दार्शनिक ढंगले उहाँले माक्र्सवादलाई छोडिसक्नु भएको छ । तर अनौठो के छ भने आलोचना र व्याख्या भने उहाँले माक्र्सवादी ढंगले नै गर्नुभएको छ ।


राजनीतिलाई छाडेर अन्य कुराबाट देश बनाउँ अथवा अर्थतन्त्र विकास गरौँ भन्ने प्रचारको खासै अर्थ छैन । किनभने राजनीति भनेको समाजको त्यो धार हो जसलाई तपाईंले खुकुरीसँग तुलना गर्न सक्नुहुन्छ ।


बाबुरामको विकासवादी अवधारणामाथि मेरी डेसेनको लामो आलोचनात्मक टिप्पणी प्रकाशित छ जसबारे उनले केही बोलेनन् । नयाँ शक्तिको विकासवादी अवधारणाको मुल धरातल के होला ?


राजनीतिलाई छाडेर अन्य कुराबाट देश बनाउँ अथवा अर्थतन्त्र विकास गरौँ भन्ने प्रचारको खासै अर्थ छैन । किनभने राजनीति भनेको समाजको त्यो धार हो जसलाई तपाईंले खुकुरीसँग तुलना गर्न सक्नुहुन्छ । खुकुरीमा धार मात्र हुँदैन त्यो धेरै कुरा मिलेर बनेको हुन्छ तर धार नै भुत्ते छ भने खुकुरी जति रामो भएपनि काम लाग्दैन । त्यस्तै समाजमा राजनीतिले व्यवस्था निर्माणको कुरालाई प्रमुखताका साथ उठाउने गर्छ जसले सबै कुराको निर्धारण गर्छ । अर्थतन्त्र, संस्कृति सामाजिक उन्नयन, शिक्षा, स्वास्थ्य आदि पछि आउने कुरा हुन् । अब रह्यो मेरी डेसेलको कुरा उनले बाबुरामजीको माक्र्सवादी पोइन्ट अफ भ्युबाट व्याख्य र आलोचना गरेकी छन् । यी खोक्रो विकासको कुराको खास अर्थ छैन ।


अन्त्यमा तपाईको नजरमा बाबुराम कस्ता नेता हुन् ?

(एकै छिनको मौनता तोड्दै) कुनै सन्दर्भमा भनुला यो अहिले नै भन्ने बेला भएको छैन ।

साभारः रातोपाटी





कमेन्टसहरु





12747671 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top