The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

दाईजो एक कुप्रथा: कुप्रथाको अन्त्यतिर मधेशका नागरिक


राष्ट्रिय समाचार 33 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०४ बुधवार


दाईजो एक कुप्रथा: कुप्रथाको अन्त्यतिर मधेशका नागरिक


श्रावन ०४ बुधवार, वीरगन्ज । कक्षा ९ मा अध्ययनरत अञ्जनी कुमारी कुशवाहाले भन्नुभयो, ‘दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो, त्यसैले म दाइजो माग्ने केटासंग बिहे नै गर्दिन ।

मङगलबार आयोजित दाइजो प्रथाविरुद्धको जागरण अभियान कार्यक्रममा अन्जनी जस्तै उनका अन्य चार सहपाठीले पनि दाइजो माग्ने केटासंग बिहे नै नगर्ने प्रतिबद्धता जनाए । पर्साको बहुदरमाई गाउँपालिकाको डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा दाइजो एंव सामाजिक कुरुतीविरुद्ध जागरण मन्चले गरेको दाइजोविरुद्धको जागरण अभियान कार्यक्रममा अन्जनीसंगै कक्षा ९ मै पढ्ने दीपावली कुशवाहा, अन्जनी कुमारी पटेल र सरीता कुमारी रौनीयार तथा कक्षा ८ मा अध्ययनरत कुशुम कुमारीले दाइजो समाजका लागि कलंक भएको भन्दै आफूहरुले दाइजो माग्ने केटासंग बिहे नगर्ने प्रतिबद्धता जनाएका हु्न् ।

‘दाइजो दिएर छोरीको बिहे गर्ने रहर हाम्रा बुबा आमालाई पनि छैन, तर सामाजिक कुसंस्कारले उहाँहरुलाई बाध्य पारेको छ’, दाइजो माग्ने केटासंग बिहे नगर्ने प्रतिबद्धता जनाएकी सरीताले भन्नु भयो, ‘हुन त बुबा आमालाई यो कुरा बुझाउन त्यति सजिलो छैन, तर मलाई विश्वास छ मैले मेरा अभिभावकलाइ राजी (सहमत) गराइ छाड्छु । ’यसअघि पर्साको बहुअर्वाभाठामा रहेको राधा कृष्ण चौरसीया माध्यमिक विद्यालयमा पनि गत बुधबार आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्यनरत चार छात्र छात्राले दाइजो बिना नै बिहे गर्ने प्रतिबद्धता जनाएका थिए।दाइजो एवं सामाजिक कुरुतीविरुद्ध जागरण मन्चले नै आयोजना गरेको कार्यक्रममा कक्षा ९ मा अध्यनरत विनिताकुमारी गुप्ता तथा कक्षा १० मा अध्यनरत निशाकुमारी पासवान, श्यामबाबु कुमार राम र दिपककुमार कुशवाहाले आफूहरुले विना दाइजो बिहे गर्ने प्रतिबद्धता जनाएका थिए ।

दाइजो एवं सामाजिक कुरुतीविरुद्ध जागरण मन्चले दाइजो प्रथाका विरुद्ध पर्सामा सन्चालन गर्दै आएको सामाजिक जागरण अभियानमा सहभागी हुने स्कुले बालबालिका र किशोर किशोरीले दाइजो प्रथा सामाजिक कलंक भएकाले आफुले दाइजो बिना नै बिहे गर्ने प्रतिबद्धता जनाउने क्रम बढेको छ।अहिलेसम्म आधा दर्जन सामुदायिक विद्यालयमा दाइजोविरुद्धको सामाजिक जागरण अभियान सन्चालन गरिएको भन्दै मन्चका अध्यक्ष बृजेश चौधरीले भन्नुभयो, ‘हरेक कार्यक्रममा स्कुले बालबालिकाको उत्साहजनक सहभागीता रहदै आएको छ, कार्यक्रममा हरेक स्कुलका चार पाँच जना बालबालिकाले स्वस्फूर्त रुपमा दाइजो बिना विहे गर्ने प्रतिबद्धता जनाउदै आएका छन्, उनीको प्रतिबद्धताले हामी झन उत्साहित बनेका छौँ । पहिलो चरणमा पर्सामा रहेका मावि तहका सबै निजी तथा सामुदायिक विद्यालयमा अभियान सन्चालन गर्ने योजना संस्थाको रहेको अध्यक्ष चौधरीले बताउनु भयो । 

विद्यालयमा पढ्ने बालबालिका काँचो माटो जस्तै हुन्, उनीलाई अहिले जे कुरा सिकायो त्यो उनीहरुको मानसपटलमा सजिलै बस्छ, मन्चका संरक्षक एवं अधिवक्ता सुरेन्द्र कुर्मीले भन्नुभयो, ‘त्यसैले हामीले दाइजोविरुद्धको अभियान विद्यालयका बलबालिकाका माझमा मात्रै सन्चालन गरिरहेका छौँ । ’अहिले मन्चले सन्चालन गरिरहेको दाइजो एवं दारु विरुद्ध जागरण अभियानको प्रतिफल तत्कालै नआउने भएपनि कालान्तरमा अभियानको सकरात्मक प्रभाव समाजमा अवश्य देखिनकुर्मीको विश्वास छ । दाइजो प्रथाका कारण मधेसको समाज निक्कै पछाडि परेको भन्दै उहाँले दाइजोकै कारण मधेका थुप्रै चेलीबेटी हिंसामा परिरहेको बताउनु भयो।बिहेमा दाइजो दिने रकम पढाइमा खर्च गरेर छोरीलाई शिक्षित र सक्षम बनाउनु पर्नेमा जोड दिँदै उहाँले हरेक बुबा आमाले आफ्ना छोरीलाई उच्च शिक्षा दिएर सक्षम बनाएको खण्डमा दाइजो जस्तो कुप्रथा आफैँ समाप्त भएर जाने दाबी गर्नुभयो ।

अर्का अभियन्ता एवं रजपा नेपालका बिरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले राजनीति अगुवा अब समाजिक कार्यकर्ता को भुमिका निर्वाह गरे निश्चिति रुपले समाजीक कुरिती न्यूनीकरण गर्न सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो,स्कुले छात्र छात्राहरुको मन मस्तिष्क मै सुरु देखि यस्ता बिकृती प्रति सचेत गराउन सके चाडै प्रतिफल मिल्ने बताए। कार्यक्रममा नेत्री रम्भा मिश्रा,सामाजिक अभियन्ता प्रकाश थारु लगायत ले सम्बोधन गरेका थिए । साभारः मधेश प्रदेश 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता

धमिलो पानीमा माछामार्ने दाउ-सभामुख श्रेष्ठ

सार्वननिक विदा काट्दै सरकार ( ल्होसार, घटस्थापाना देखि छठ र क्रिशमस समेत कटौती हुने, सूचि सहित)

हेटौडालाई राम्रो बनाउन सरोकार केन्द्रको यस्तो छ ११ सुझाव

सरकारबिरुद्ध संघर्ष गर्नुपर्ने हुनसक्छः अध्यक्ष रेग्मी

प्रदेश सरकारको आर्थिक कार्यविधिबारे छलफल हुने

एमाले–माओवादी पार्टी एकताः २२ अप्रिलमा गर्न कार्यदलको सुझाव

“श्यामप्रसाद प्रतिष्ठान” स्थापना गर्ने निर्णय

३ न. प्रदेशलाई समृद्ध बनाइने सांसदको भनाई
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157894 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top