The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

पावसमा स्वास्थ्य शिवीर तथा भुकम्प पिडीत पशुपालकलाई राहत वितरण


स्थानीय समाचार 3 पटक पढिएको यादव चौलागाइ २०७४ श्रावन ०४ बुधवार


पावसमा स्वास्थ्य शिवीर तथा भुकम्प पिडीत पशुपालकलाई राहत वितरण


श्रावन ०४ बुधवार, बकैया । जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नं ५ पावसमा कृषकहरुलाई पशु शिवीर सहित औषधि वितरण गरेको हो ।
जिल्ला पशु सेवा कार्यलयका प्रमुख रामप्रकाश प्रधान, पशु चिकीत्सक सजिवकुमार ठाकुर तथा पशु कार्यलय हेटौँडाका योजना अधिकृत डाक्टर सुरेन्द्र यादव सम्मीलीत टोलीले आज बुधवार पावसमा पशु स्वास्थ्य शिवीर सञ्चालन गरी राय परामर्श सहितको औषधि वितरण गरीएको डा संजिवकुमार ठाकुरले जानकारी दिनुभयो । मकवानपुर जिल्लाको थाहा नगर मा २ वटा शिवीर, नामटार र बकैया यो सहित शिविर सञ्चालन भइसकेको डाक्टर ठाकुरले बताउनुभयो । भने मनहरीमा शिवीर सञ्चालन हुन बाकिँ छ । उहाँका अनुसार शिवीरमा ८० हजार भन्दा वढीको औषधि छन । लिभरटोनिक, मल्टी भिटामिन, जुका, नाम्ले, ज्वरो लगायतका ११ थरीको औषधि वितरण गरीएको छ । नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण को सहयोगमा भएको कार्यक्रममा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे , ५ नं वडा अध्यक्ष शेरमान घलान,पावस दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिती थियो ।


सहकारी द्धारा नगद वितरण
पवस दुग्ध उतपादक सहकारी सस्थाँले आज सस्थाका पशुपालक कृषक सदस्यलाई आज नगद वितरण गरेको छ । नेपाल सरकार ब्यवसायिक पशुपालक कृषक सदस्यहरुलाई प्रोत्साहन कार्यक्रम अर्थात पाइलट कार्यक्रम अन्र्तगत जिल्ला पशु सेवा कार्यलयका प्रमुख लगायत स्थानियको उपस्थीतीमा वितरण गरेको हो । सहकारीमा हाल दैनिक ७ सय लिटर दुध संकलन हुन्छ भने सहकारीमा १ सय २२ सदस्य रहेका छन । उनिहरुलाई प्रतिलीटर रु १ अनुदान अन्र्तगत १ लाख ८६ हजार ३ सय ४९ रुपैया वितरण गरीएको सहकारीका व्यवस्थापक युवराज लामिछाने बताउनुभयो । सहकारीको प्राङ्गणस्थलमा भएको कार्यक्रमा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे, ५ नं वडा अध्यक्ष शेरमान घलान समेतको उपस्थिती थियो । कार्यक्रम दुग्ध सहकारी सस्थाँका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो । स्मरण रहोस दुवै कार्यक्रम छुट्टाछुट्टै तर सगँसगैँ गरिएको थियो ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959685 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top