The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने



प्रवास    307 पटक पढिएको   किशन गौतम    २०७४ श्रावन ०५ बिहीवार  

श्रावन ०५ बिहीवार, द. कोरिया , कोरिया सरकारले साना तथा मझौला कम्पनिहरुमा दक्ष तथा अनुभबी कामदारको अभावलाई पूर्ति गर्न छुट्टै खालको भिषा प्रणाली लागु गर्ने भएको छ ।

कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

इपिएस मार्फत कोरिया गएका कामदारको समयावधि ४ बर्ष १० महिना मात्र हुने हुनाले अनुभबी कामदारको कोरिया बसाइलाई थप लम्ब्याउन E7-4 भिषा लागु गर्न लागेको त्यहाको न्याय मन्त्रालयले बुधबार बताएको छ l उक्त भिषाको लागि कोरियामा   E 9,  E10  तथा  H2 भिषामा कार्यरत  कुनैपनि बिदेशी कामदारले निबेदन दिन  सक्ने बताइएको छ l

यसभन्दा पहिला इपिएस मार्फत कोरिया गएका कामदारले आफ्नो कोरिया बसाइलाई लम्ब्याउन E7 भिषाको लागि निबेदन दिन पाउने नियम भएकोमा अब देखि E7-4  भिषाको लागि पनि निबेदन दिने पाउने छन् l यद्धपी E7-4  भिषाको लागि पनि केहि क्राइटेरिया जस्तै उमेरको हदबन्दी ,आम्दानि ,कामको अनुभब तथा भाषाको दक्षता  पुरा गर्नु पर्ने भएपनि E7 भिषाको क्राइटेरिया भन्दा धेरै निकै खुकुलो हुने जनाइएको छ l उत्पादनमुलक ,कृषि तथा मत्स्य पालन आदि क्षेत्रमा काम गर्ने कामदारले उक्त भिषाको लागि निबेदन दिन सक्ने छन् l

यसरि थप भिषाको लागि निबेदन दिने कामदारको कामको अनुभब ,आम्दानि ,उमेर , भाषाको दक्षता , शैक्षिक योग्यता  आदिलाई आधार मानेर ५० अंक भन्दा माथि ल्याउनेले उक्त भिषा प्राप्त गर्न सक्ने बताइए पनि  टपिक लेबल(कोरिया भाषा) कति पास गर्नु पर्ने  भने खुलाइएको छैन l नयाँ भिषा प्रणालीले साना तथा  मझौला कम्पनीहरुमा दक्ष तथा अनुभबी कामदारको अभाब नहुने न्याय मन्त्रालयको बुझाई छ l 

यसरि मापदण्ड पुरागरी   E7-4 भिषा प्राप्त गर्ने बिदेशी कामदारले प्रत्येक २ बर्षमा आफ्नो भिषा नबिकरण गरि आफ्नो परिवार पनि संगै राख्न पाउने छन् l कोरिया सरकारले ल्याएको पाइलट प्रोजेक्ट अन्तर्गत यो आर्थिक बर्ष भित्रै अन्य थप भिषा प्रणाली लागु गर्ने बताइएको छ l आगामी बर्षको लागि  E7-4 भिषाको कोटा भने यो बर्षको अन्त्य सम्ममा  निर्धारण गर्ने बताएको छ l हाल कोरियाले बिभिन्न क्षेत्रमा इपिएस मार्फत E9 भिषामा  अदक्ष बिदेशी  कामदार लिदै आएको छ यसरि आएका कामदारको समयाबधि ४ बर्ष १० महिना हुने गर्दछ l यसरि आएका कामदारले आफ्नो परिबार कोरिया झिकाउन पाउदैनन भने पुनः कोरिया प्रवेश गर्न चाहेमा बिभिन्न क्राइटेरिया हरु पुरा गर्नु पर्ने नियम छ l







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224239   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top