The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

१७ हजारको लेनदेनमा विवाद भएपछि घाँटी थिचेर हत्या



राष्ट्रिय समाचार   23 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन ०५ बिहीवार  

श्रावन ०५ बिहीवार, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ । बरवा गाँउका रामसुरत साहका २५ वर्षिय छोरा सत्रुधन साह कानुको गएराति हत्या भएको हो ।

१७ हजारको लेनदेनमा विवाद भएपछि घाँटी थिचेर हत्या

तिलावे पुलबाट अमरपटटी जाने बाटोको छेउमा रहेको बाँसघारीमा गएराति बरवाकै पाच जनाले सत्रुधनको हत्या गरेको मृतकका परिवारजनले बताएका छन् । सन्जय चौरसीया, काजी चौरसीया, रामेश्वर चौरसीया, मन्टु चौरसीया र भन्टु रायभरले सत्रुधनलाइ हिजो बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लागी कुटपिट गरि घाटी थिचेर हत्या गरेको मृतक सत्रुधनका भाइ परमेश्वर साह कानुले बताउनु भयो । 


सापटीमा लिएको १७ हजार रुपैयाको लेनदेनको विषयमा विवाद भएपछि सत्रुधनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भिर घाइते भएका सत्रुधनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहीले जनाएको छ । बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुधन मरेको ठानेर पाँचै जना युवकहरु त्यहाबाट हिडेपछि सत्रुधनले माबोइलबाट फोन गरेर घरममा रहेकी आफनी श्रीमतिलाइ घटना बारे जानकारी गराएपछि उनका परिवारका सदस्यले प्रहरीलाइ खबर गरेका थिए । 

खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुरयाएपछि उपचारकै क्रममा सत्रुधनको मृत्यु भएको प्रहरीले जनाएकोछ । हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । हत्यामा संलग्न रहेको भनेर आरोप लागेका मध्ये अरु तीन जना युवकहरु भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको  छ । फरार रहेकाहरुको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224275   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top