The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

स्वर्गीय पत्रकारको सम्झनामा: फुटसल कप आयोजना हुने


खेलकुद 97 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०६ शुक्रवार


स्वर्गीय पत्रकारको सम्झनामा: फुटसल कप आयोजना हुने


श्रावन ०६ शुक्रवार, काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ । प्रतियोगिता, आयोजक संस्था गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन साउन २६ गते विहान ८ बजेबाट भैसेपाटीस्थित फुटसल मैदानमा हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५०,०००। नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ भने द्धितिय हुने टिमलाई रु २५ हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ ।  त्यस्तै फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सञ्चार माध्यमहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ । 

प्रतियोगिता पत्रकार सम्मेलनमा गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक केशव थापाले पत्रकारको परिवारलाई सहयोग गर्नका लागी प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै आगामी दिनमा पनि बिबिध कार्यक्रम गर्ने लक्ष्य राखिएको जानकारी दिए । त्यस्तै पत्रकार सम्मेलनमा खेल संयोजक पत्रकार दिलिप थापा मगरले यस वर्षपनि बिभिन्न टेलिभिजन, पत्रपत्रिका, रेडियो तथा अनलाईन मिडियाको टिमको सहभागीता हुने बताए । उहाँले पत्रकारबिचको एकतालाई प्रगाढ गर्दे सहयोगी भावनाको बिकास गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

त्यस्तै रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले संचारमाध्यमविच हुने प्रतियोगीताले पत्रकारबिचको एकता अझ बढ्ने बिश्वास व्यक्त गरे । उनले उक्त प्रतियोगितालाई सफल बनाउनको लागि आफू र क्लबले कुनै कसर बाँकी नराख्ने समेत जनाए । प्रतियोगितालाई पिनाकल कलेज लगनखेलले प्रायोजन गरेको आयोजकले जनाएको छ । त्यस्तै रेडवुलले सहप्रायोजन गरेको छ । यसअघि एक वर्षअघि भएको पहिलो राष्ट्रिय अन्तर मिडिया फुटसल कप २०७३ को उपाधी ईमेज टेलिभिजनले जितेको थियो भने नेपाल टेलिभिजन दोश्रो भएको थियो । 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865215 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top