Hetauda Online - एकै परिवारका चार जना मृत फेला: सामूहिक अात्महत्याको अाशंका
The first website dedicated to the people of clean and green city Hetauda.
दुर्घटना समाचार

एकै परिवारका चार जना मृत फेला: सामूहिक अात्महत्याको अाशंका


दुर्घटना समाचार 28 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०७ शनिवार


एकै  परिवारका चार जना मृत फेला: सामूहिक अात्महत्याको अाशंका


श्रावन ०७ शनिवार, काभ्रे । काभ्रेको बनेपा बसपार्कको एक होटलमा एकै परिवारका चार जना मृत भेटिएका छन् । बस पार्कमा हाेटल (गौतम भोजनालय) संचालन आएका ३२ वर्षिय राजाराम दाहालसहित उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल शुक्रबार मृत अवस्था फेला परेका हुन ।

प्रहरीको नियमित गस्तिका क्रममा हाेटलकाे सटर बन्द रहेको तर सटरका लतको  भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरकाे लक खोलि हेर्दा  चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरिका अनुसार घटनास्थलमा सेलफस विषकाे भाडाे भेट्टिएकाे छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापा लगायतको टाेलिले अनुसन्धान गरिरहेकाे छ । विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गाैतम भाेजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् ।  वहिनिकाे विवाहकाे विषयले उग्र रुपलिदा  घटना घटेकाे हुन सक्ने  बताईन्छ ।






कमेन्टसहरु



लोकप्रिय



12809209 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top