Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय तह निर्वाचन

जुट्यो राप्रपा: चुनाव जित्न समुन्नतीको नारा


स्थानीय तह निर्वाचन पटक पढिएको हेटौंडा अनलाइन


जुट्यो राप्रपा: चुनाव जित्न समुन्नतीको नारा


श्रावन ०७ शनिवार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेश क्षेत्रको विकास र समुन्नतीको निमित्त राप्रपाले कुनै कसर बाँकी नराख्ने वताएको छन् ।

२ नं. प्रदेश निर्वाचन परिचालन समितिको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष थापाले मधेशमा बस्ने जनता राष्ट्रवादी र देशप्रेमी भएको जिकिर गरे । उनले कर्णालीको भन्दा तराई र मधेशमा बस्नेत जनता आर्थिक समृद्धिको सुचकाँकको आधारमा पछाडी रहनु दुःखद भएको वताउँदै यसको अन्त्य जरुरी भएको विचार व्यक्त गरे ।

तराई-मधेशको जनता के चाहन्छन उनिहरुको भावना समेटेर अगाडी बढ्न पनि थापाले नेता कार्यकतालाई सुझाव दिए । निर्वाचनमा उच्च मनोवलका साथ जान र त्यस क्षेत्रको विकासमा जोडिनको निमित्त ढिला नगर्न पनि उनले निर्देशन दिए ।

उपाध्यक्ष बुद्धिमान तामाङ्गको संयोजकत्वमा गठित समितिले आयोजना गरेको बैठकमा पार्टीका उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री ध्रुब बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवल शम्शेर राणा, जयन्त चन्द, प्रवक्ता सुशील कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

बैठकले निर्वाचन परिचाल समितिको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने, आगामी साउन १५ गते समितिको पूर्ण बैठक बर्दिवासमा आयोजना गर्ने र साउन १६, १७ र १८ गते क्रमश सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्ष सहित शिर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


जुट्यो राप्रपा: चुनाव जित्न समुन्नतीको नारा - 2017-07-22

श्रावन ०७ शनिवार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेश क्षेत्रको विकास र समुन्नतीको निमित्त राप्रपाले कुनै कसर बाँकी नराख्ने वताएको छन् ।

मतदाता नामावली दर्तामा कर्मचारीको समस्या - 2017-07-21

श्रावन ०६ शुक्रवार हेटौंडा। मतदाता नामावली अद्यावधिक गर्न सर्वसाधारण आउने क्रम बढ्दै गए पनि निर्वाचन कार्यालयले अद्यावधिक गराउने जनशक्ति भने समस्या भइरहेको छ ।

भदौ २१ मा मनोनयन दर्ता: तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

मतदाता नामावली दर्ता भोलिबाट: दर्ताका लागि आफ्नै जिल्ला जानुपर्ने - 2017-07-15

आषाढ ३१ शनिवार, काठमाडौं। आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

भरतपुरमा पुनः मतदान - 2017-06-03

जेष्ठ २० शनिवार, भरतपुर । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गराउने निर्णय गरेको छ ।

के हो मौन अबधि, मौन अवधिको आचारसंहितामा के छ ? - 2017-05-12

हेटौंडा अनलाईन संवाददाता स्थानीय निर्वाचन २०७४ मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको सुरुवात भैसकेको छ ।

कहाँ कहाँ छन मकवानपुर जिल्लाको मतदान केन्द्रहरु - 2017-05-12

स्थानीय तह निर्वाचनमा मकवानपुरमा १६४ मतदान स्थलमा २९५ मतदान केन्द्र रहने भएको छ । यहाँको १० स्थानीय तहमा हुने निर्वाचनमा २९५ केन्द्र रहने निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

स्थानीय निर्वाचन विशेष: मतदाता संग हेटौडा अनलाइन - 2017-05-11

हेटौंडा अनलाईन हामी यो हप्ता केही दिनसम्म मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाका मतदाताकहाँ गएका थियौ र उहाँहरुलाई सोधेका थियौ ।

आज देखि मतदाता परिचय पत्र वितरण - 2017-05-10

हेटौंडा अनलाईन बैशाख ३१ गते हुने निर्वाचनको लागि जिल्ला निर्वाचन आयोगले आज देखि मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

1 2 3 NEXT


12609948 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top