Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

अनुभूति: नयाँ जीवन नयाँ कुरा


कला साहित्य पटक पढिएको गुरुदत्त ज्ञवाली


अनुभूति: नयाँ जीवन नयाँ कुरा


श्रावन १३ शुक्रवार, हेटौंडा जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो ।

शारिरिक रुपमा पनि कम्जोर छु भन्ने लाग्दैन । यस घटनाले मलाई अझै बलियो त बनाएन ? वा अझै सबल त बनाएन ? अझै दृढ त बनाएन ? यहाँहरुसंग अझै आत्मीयता त बढाएन ? यही कुराको आत्मपरीक्षण गर्दै थिएँ आजसम्म । लाग्छ, परिणाम सकारात्मक निस्क्यो र विचारको अथवा लेखनको बजारमा निस्केको छु । यसो पनि हो, आज जीवनको अत्यन्त सुखद क्षणको अनुभुति गर्दैछु । यो क्षण, बिगतकोभन्दा मज्जाको क्षण हो, अतुलनीय मज्जा….! यो मेरो दोस्रो जीवनयात्राको औपचारिक लेखनको श्रीगणेश हो यद्यपि अनलाइनतर्फ खुद्रा कुरा भए होलान् ।

म बिरामी हुँदा यस्तो दुःस्वप्न देखेँ– एउटो सूर्य अझै पनि निन्याउरो मुख लगाएर पूर्वबाट झुल्कन्छ । उसले प्रकाश दिन सक्दैन । उसमा कुनै परिवर्तन छैन, रुझेको सूर्य । न उसमा अयनको ख्याल छ, न ऋतुको ज्ञान छ । केवल झुल्कनु र अस्ताउनु उसको काम हो । उता आकामा सहस्र ताराहरु छन्, अझ नौलाख छन् भन्छन् । ती ताराहरुले पनि चकमक्क उज्यालो दिनुको सट्टा लुछुप्प भिजेका निन्याउरा देखिन्छन् । मानौं ती ताराहरु समुद्रको किनारमा ज्वार–भाटाको चेपुवामा परेर फालिएका, मरेका सिद्रा हुन् र त्यसैमध्ये मृत्यु पर्खेका सिद्रा यदाकदा छट्पटाएको जस्तो देखिन्छ ।

वन जंगल उजाड छ । बुढा रुखहरु ढलेका छन्, साना हुर्केका छैनन् । ढलेका रुखहरु न दार काम लाग्छन् न त दाउरा नै । डढेलो लागेको छ । चराहरु बासको निमित्त छट्पटाएका छन् । मैदानका गँगटाहरु सधै मछुवारको जालमा फसेका जस्ता, खुट्टा भाँचेर मछुवारले झोलामा हाल्दासम्म पनि के के नपुगेका जस्ता, असन्तोषी देखिन्छन् । अरु वस्तु, जीव आदि पनि अल्लारे, बेरोजगार, पलायन, भगौडा– यस्तै यस्तै लाग्यो । यसको मतलव मेरो मानसिकता स्वस्थ रहेन । मेरो परिकल्पना फाटेको दूधजस्तो वा तम्केको मोहीजस्तो रह्यो ।

त्यस अवधिको मेरो स्वप्नमा रुने मान्छेहरु रोएको रोयै, नाङ्गाहरु उस्तै, रोगीहरु झन् रोगी, भोकाहरु सधै भोकै, यस्तो लाग्यो मानौं; म अर्कै लोकमा छु जहाँ मान्छे मरेर मात्र जान्छन् भन्छन् । यस्तै माझमा देश चलाउने सरकार छ त्यहाँ पनि । सरकारमा जाने हकवालाहरु सरकारमा जाने र फर्कनेको होडमा कतै चाकाचुली खेल्दैछन्, राइँचुइँ खेल्दैछन् । घाम झुल्कँदाको समय दिन हुन्छ र अस्ताएपछि रात हुन्छ । यो प्रकृयालाई कसैले मैले क्रान्ति गरेर भएको हो भन्न मिल्दैन । यहाँ त्यस्तै होड चलेको पाइयो । ‘बहर गोरु कांशी गए बुढा गोरु हुक्काँ’ भन्ने कुरा चरितार्थ भएको पाइयो । दलहरुले चुनाव चिन्हलाई आदर्श र धर्म मान्ने, सिद्धान्त पोखिएका, परिकल्पनाको नर्क, पापी, अनैतिक यस्तो लाग्यो त्यो संसार अर्थात त्यो लोक । जब मेरा आँखा खुले, स्वप्न भङ्ग भयो, पुरानो मानसिकतामा परिमार्जन भएको अनुभुति भयो ।

यथार्थ जीवनमा आउँदा, वास्तवमै हामीहरुमध्ये धेरै हामीहरुले दुःस्वप्न देख्ने रहेछौं । देश बनेकोभन्दा बिग्रेको परिकल्पना बढी गर्नु, देश बर्बाद भएको कुरा बढी देख्नु, देश डुबेको मात्र बढी देख्नु, अथवा नकारात्मक कुरा बढी देख्नु मस्तिष्कघातको समस्याजस्तै हो भन्ने लाग्यो । आज शिक्षाको टुकीबाट बिजुली बलेको छ तर मनमा उज्यालो छैन । कहिले अन्धकार हुँदा पनि रछायँ रछायँ उज्यालोलाई प्रगति मान्ने र कहिले दोप्पहरको उज्यालोमा सन्तुष्ट हुन नसक्ने परिस्थिति झेलेका हामीहरु आजको उज्यालो रमाउन सकेका छैनौं । प्रगति– रोएर, चिच्याएर मात्र हुँदैन बरु पुगेनभने अझ बढी श्रम गर्ने हो । हामीमा त एक प्रकारको अरण्य रोदन, इष्र्या, जलन, बेमेल, आलस्यता आदि रोग छ ।

म प्रविधिक रुपले त बिरामी मान्छे, मैले चिन्ता गरेर के हुन्छ ? म आत्तिएर के हुन्छ ? मैले लेखेर के हुन्छ ? यस्तो पनि लाग्ला । म एक्लो छैन । मेरो साथमा तपाइँहरु हुनुहुन्छ । यसो पनि भनुँ– म यहाँहरुको साथमा छु । यस्तो चिन्तन उत्पन्न भएको छ । यस्तो हुनु पर्छ हामी । १ सयवटा काममा ९९ वटा काम नकारात्मक भए पनि एउटै सकारात्मक कामले बाजी मार्न सक्छ । त्यो उद्येश्यमा हामी लागौं, त्यस चिन्तनमा हामी लागौं ।

आजसम्म सबै समय ब्यर्थै त नभनुँ तर धेरै समय ब्यर्थमा खेर गएछ । अनिकालमा पनि बिउ जोगाउनु पर्छ भन्छन्, हामीले न त बिउ जोगाउन सकेका छौं न त जिउ जोगाएका छौं । जीउको महत्व मरेपछि के थाहा हुन्छ र ? अनि सामान्य अवस्थामा पनि जिउको महत्व हामीले बुझेका हुन्नौ । जिउ त रमाएर खाने वा मोजमस्ती गरेर बस्ने अर्थमा कतिले बुझेका हुन्छन् । मैले नै त्यस्तै बुझेँ । बिगतमा संघर्ष त गरियो तर के गरियो ? त्यसोभए अब के गर्ने त ?

हामीले जे सुकै काम गरौं, सुल्टो चिन्तनका साथ गरौं । हो, अम्मलीले अम्मल छोड्न तबसम्म सक्दैन जबसम्म उसले त्सयबाट हुने पीडा भोग्दैन । पीडा भोग्दासम्म उ मान्छे फतक्क गल्छ । शरीर गल्छ, मानसिकता गल्छ । कति मान्छेको उमेर छिप्पिएपछि बैँसमा चाहिने विवेक आउँछ जबकि उसको विवेकले उसैलाई कहिल्यै सहयोग गर्दैन । यी सबै महसुस हुन हामी यथा समयमै संवेदनशील हुनु आवश्यक छ । यही सन्देशयुक्त झापड म बिरामी भएपछि महसुस गरेँ ।

हामी धेरैले निजी तथा सार्बजनिक जीवनमा अलि बढी इष्र्या पालेका छौं । राजनीति त इष्र्याले जलेको छ, डढेको छ । हामीले इतिहास पढेर त्यसको समीक्षा गर्ने हो । इतिहासलाई अध्ययन गरेर वर्तमान तथा भविष्यमा लागु गर्ने हो । अचम्मै छ, हामीले इतिहासलाई नै वर्तमानमा घिसारेर तुलना गर्छौं । उहिलेका पृथ्वीनारायण शाहलाई आजको आँखाले हेर्नु, भानुभक्तलाई आजका आँखाले टिप्पणी गर्नु, यस्तो लाग्छ उनीहरु ज्युँदै छन् र हामीले गुनासा सुनाएका छौं तथा उनीहरुको छाला काढेर नुन चुक दल्दैछौं । हामीले इतिहाको बहादुरीको ब्याज खाँदैछौं र त्यही इतिहासको छाला काढ्दैछौं । यस्तो पनि हुने गरेको छ, हामीले इतिहासलाई, पौराणिक कथाका पात्रलाई अनावश्यक रुपमा देवत्वकरण गरेका छौं । हामीले सत्य, त्रेता तथा द्वापर युग भनिने कथाहरुका पात्रलाई आज अस्तित्वमा ल्याउन आराधना गरिरहेका छौं तर वर्तमानलाई वास्ता गरेका छैनौं । भविष्यको बारेमा त कल्पना समेत गरेका छैनौं । आज राम्रो काम गरेको खण्डमा यही काम भविष्यमा राम्रो इतिहास बन्दछ, पुराण बन्न सक्दछ । हामी त कस्ता छौंभने पुराणको जप गर्ने, ती पात्रको भजन गाउने र मरेपछि त्यही पौराणिक कालको युग छ भनेर त्यता जाने कामना गर्ने ।

यस्तै गन्थन मनन गर्दैछु अहिले । अब त मरेपछिको लोक छ भनेर मान्नेहरुले पनि नयाँ लोकको परिकल्पना गरौं । हामीले नयाँ युगको, नयाँ समयको, नयाँ चेतनाको परिकल्ना गरौं । इतिहास तथा पुराणले नयाँ बाटो खन्न सहयोग गर्छ मात्र । हामी पुरानो बाटोमा धकेलिन सक्दैनौं, चाहेर वा नचाहेर पनि हामी हिजोतिर फर्कन सक्दैनौं । यस्तै मैले पनि हिजोका दुःखद वा सुखद कुरातिर पौडी खेलेर समय बर्बाद गर्नुभन्दा ‘ए… हो तनि’ भन्दै अघि बढ्न उपयुक्त ठान्दछु ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अनुभूति: नयाँ जीवन नयाँ कुरा - 2017-07-28

श्रावन १३ शुक्रवार, हेटौंडा जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो ।

यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र - 2017-07-28

श्रावन १३ शुक्रवार, हेटौंडा । युवा गजलकार कविन्द्र घिमिरे बिशेषत सामाजिक र यथार्थवादी गजल लेख्ने सशक्त गजलकार हुन । उनको गजलमा जीवन र जगतका भोगाईलाई वास्तविक चित्रण गरिएको पाईन्छ ।

कविता: स्पर्श - 2017-07-23

श्रावन ०८ आइतवार, हेटौंडा । जीवनलाई मैले सृष्टिको सबैभन्दा सुन्दर फूलको रूपमा बुझेकी छु यसलाई सार्थक र उपलब्धिमुलक बनाउन मान्छेले मान्छेको मुल्य बुझेर आम मान्छेको हितमा काम गर्न आबस्यक छ । डा.झमक घिमिरे

युवा गजलकार: पुरुशोत्तमका गजल - 2017-07-23

श्रावन ०८ आइतवार, रसुवा । युवा गजलकार पुरूषोत्तम पौडेल रसुवा मुलत: लय र बहरमा गजल लेख्ने एक सचेत श्रष्टा हुनुहुन्छ । स्व.माता श्रीमती टिका कुमारी घिमिरे तथा पिता श्री चेतनाथ पौडेल को एक मात्र सन्तानको रूपमा २०४८ बैशाख २६ मा उहाँ जन्मनु भएको थियो ।

कविता: पलभर - 2017-07-21

श्रावन ०७ शनिवार, हेटौंडा । यात्रा कहाँ रोकिन्छ र एक दुई पटक ठोकिदैमा, आँसु सबै रित्तेला र दुई चार पल पोखिदैमा, कवि डा. उत्तम खनाल जिवनलाई नजिकबाट नियाल्ने हो, भने साहित्यलाई मायाँ गर्नुपर्छ । नेपाली कविता साहित्यमा प्रेमिल साहित्य सृजना प्रकटीकरण पछिल्लोपटक अत्यन्तै फराकिलो बन्दै गएको छ । कविको यो सृजना प्रस्तुतिमा बलियो साहित्य सृष्टि देखिन्छ ।आगामि भविष्य साहित्यमय बनोस अनेकौं कामना ।

कथा: प्रेम - 2017-07-16

श्रावन ०१ आइतवार, हेटौंडा । मनले भन्यो अाज अाँट गरेर मनको कुरा भन्ने छु उनलाई । कस्तो किस्मत भाग्य बलियो नै छ मेरो किनकि बाटोमा राधासंग भेट भयो ।

कविता: वीरेन्द्र सुब्बाको झोंक - 2017-07-15

आषाढ ३१ शनिवार, हेटौंडा । नेपाली कविता साहित्यमा राजा पुनियानीको आगमनलाई फरकशैलीका कवि अनि, अस्तित्वका कविकारुपमा स्वीकार्नुपर्छ ।

आज भानु जयन्ती: नेपाली साहित्य र संस्कृतिमा आदिकविको महत्वो - 2017-07-12

आषाढ २९ बिहीवार, हेटौंडा । नेपाली साहित्य र संस्कृति मार्फत एउटा नवीन एकीकरण भित्र्याएका व्यक्ति हुनुहुन्छ भानुभक्त आचार्य एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रुपान्तरण गर्न प्रेरित भएका थिए । आषाढ २९ अर्थात् भानु जयन्ती आज विश्वभर भानु जयन्ती मनाईंदै छ ।

साब्लाबुङ र पुस्तकालय अभियानको घोषणा - 2017-07-10

आषाढ २६ सोमबार, हङकङ । साब्लाबुङ शब्द पुष्प प्रकाशनको साहित्यिक पत्रिका साब्लाबुङको ७औं अंक लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हिजो सम्पन्न भएको छ ।

1 2 3 4 NEXT

ताजा समाचार



12629488 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top