Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

कृषि सहकारी संस्थाहरु यान्त्रीकरण तर्फ उन्मुख


अर्थ/बाणिज्य पटक पढिएको बिदुर खडका


कृषि सहकारी संस्थाहरु यान्त्रीकरण तर्फ उन्मुख


श्रावन १३ शुक्रवार, बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाबाराले बार्षिक १६ करोड ८६ लाख २ हजारको आयब्यय कारोबारबाट ७२ लाख ३१ हजार खुद मुनाफा गरेको छ ।

२०६०मा स्थापना भएको सहकारी संस्थाले ४४ पुरुष सहित १८७२ सदस्यलाई सेवा प्रदान गरिरहेको छ । सदस्यहरुलाई कृषिमा पशुपालन, अन्न, नगदेबाली जस्ता शिर्षकहरुमा कर्जा प्रवाह गर्दै आएको हो  भने सदस्यहरुको आवश्यकता अनुसार ब्यवसायिक, शैक्षिक, सरसफाई र बायोग्यास सोलार जस्ता शिर्षकहरुमा समेत कर्जा लगानी गर्ने गरेकोछ ।

संस्थाले कृषिमा यान्त्रीकरणगर्ने हेतुले धान काट्ने रोप्ने गहुँ काट्ने र विउ उमार्ने लगायतका यन्त्र एवं प्रविधि मा कृषि कार्यालय बाराले संस्थालाई अनुदामा उपलब्ध गराएको छ ।

९८ प्रतिशत महिला सदस्य रहेको सहकारीसंस्थाले दुई सन्तान सम्म सदस्य महिला सुत्केरी हुँदा एकहजार रुपैया समेत दिने गरेको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कृषि सहकारी संस्थाहरु यान्त्रीकरण तर्फ उन्मुख - 2017-07-28

श्रावन १३ शुक्रवार, बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाबाराले बार्षिक १६ करोड ८६ लाख २ हजारको आयब्यय कारोबारबाट ७२ लाख ३१ हजार खुद मुनाफा गरेको छ ।

नेपाका मोबाइल प्रयोगकर्ताको डरलाग्दो तथ्यांक: दैनिक १८ करोड खर्च - 2017-07-27

श्रावन १२ बिहीवार, हेटौंडा । बिहान बेलुकाको दुई छाक टार्न धौ–धौ पर्ने मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकभर कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ।

नेप्से परिसुचकमा सुधार यो साता सामान्य अंकले बढेर १६४६ पुग्यो - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसूचक १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । आज १४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन ।

लक्ष्यभन्दा सात करोड ७४ लाख बढी राजश्व संकलन - 2017-07-27

श्रावन १२ बिहीवार, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

बैंकिङ्ग कारोवारमा कडाइ: पैसा झिक्दा वा राख्दा प्रमाणित परिचय पत्र अनिवार्य - 2017-07-27

२०७४ श्रावन १२ बिहीवार, हेटौंडा । गत असार २५ गते राष्ट्र बैकंले मौद्रिक नीति जारी गरी । श्रावण १ गतेबाट बैकमा नयाँ नियम आएको छ । अहिले आफ्नै खातामा पैसा जम्मा गर्न पनि हस्ताक्षर प्रमाणित गर्नु पर्ने भएको छ भने अरुको खातामा रकम जम्मा गरिदिन नागरिकता, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र वा राहदानी जस्ता राज्यबाट प्रमाणित परिचय पत्र अनिवार्य चाहिने भएको छ ।

मोतिहारी अमलेखगन्ज पाइपलाइमा: अवको २ बर्षमा तेल - 2017-07-27

२०७४ श्रावन १२ बिहीवार, हेटौंडा । झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माणको काम दुई महिनापछि सुरु हुने भएको छ । पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको हो। पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन बिछ्याउने काम दुई महिनापछि हुने भएको हो ।

२०७५ असोजभित्र: सातवटै प्रदेशबाट प्रवेशाज्ञा - 2017-07-26

श्रावन ११ बुधवार, काठमाडौँ । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको हो ।

ग्लोबल आईएमई क्यापिटलको नयाँ अफर: एक लाखको निशुल्क बीमा - 2017-07-25

श्रावन १० मंगलवार, हेटौंडा । डिम्याट खाता नबिकरण गर्नेलाई ग्लोबल आईएमई क्यापिटलले एक लाखको बीमा गरिदिने भएको छ । यो सुबिधा नयाँ खाता खोल्ने ग्राहकले पनि पाउने ग्लोबलले जनाएको छ।

नाफामा मुक्तिनाथ बिकास बैंक: नाफा ३८ प्रतिशतले वृद्धि - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । मुक्तिनाथ बिकास बैंकले गत आर्थिक बर्षमा ४९ करोड ६३ लाख मुनाफा आर्जन गरेको छ । भर्खरै प्रकाशित बैंकको वित्तीय विवरण अनुसार बैंकको नाफा ३८ प्रतिशतले बढेको हो ।

1 2 3 4 NEXT

ताजा समाचार



12629565 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top