The first website dedicated to the people of clean and green city Hetauda.
logo
सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान



सूचना/जानकारी    38 पटक पढिएको   हेटौडा अनलाइन      

चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले खादा ओढाएर तामाङ पत्रकार संघ मकवानपुर शाखाका अध्यक्ष चन्द्र घलान, उपाध्यक्ष जनक तामाङ, सचिव दिलबहादुर रुम्बा, कोषाध्यक्ष सुनु थिङ, सहसचिव राममाया वाईबा तथा सदस्यहरु जयराम मोक्तान, दिपक सिं रुम्बा, भुवन घलान, सन्देश थिङ, कौशिला वाईबा, कुमारी गोले र केन्द्रीय सदस्यहरु शुभराज भोम्जन र दुदुमाया सिन्तानलाई सम्मान गरिएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बानियाँले नयाँ वर्षको पूर्व सन्ध्यामा हुन लागेको कार्यक्रमको सफलताको शुभकामना दिँदै मनोरञ्जन सबैलाई आवश्यक पर्ने बताए । उनले देश विकासको गतिमा अगाडि बढ्ने चरणमा भएको बताउँदै चुनावका बेला जनताहरु आ–आफ्नो आस्थाका कारण विभिन्न पार्टीमा लागेता पनि अहिले चुनाव सकिसकिएको अवस्थामा समाजको समृद्धि र विकासका लागि एक ढिक्का भएर अघि लाग्नुपर्ने बताए ।


पदमपोखरी युवा समूह तथा कार्यक्रमका संयोजक धिरेन लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष मनोज वाईबा, वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलान सहित विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा समूहका सुरज थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


पदमपोखरी पार्टी प्यालेसमा आज राति ८ बजेसम्म चल्ने कार्यक्रममा युवाहरुमाझ चर्चित डान्स ग्रुप कार्टुन्ज क्रियुले धमाकेदार प्रस्तुति दिने छन् । त्यस्तै चर्चित गायक सबिन राईले समेत चर्चित गीतहरु गाउने छन् । कार्यक्रममा चर्चित गायक अबिनाश घिसीङ, डिजे जे.के.ले सहित गायक अनराज तामाङ, धिरेन लामा, द रेड डेभिल्स्, द अन्डर साईड पदमपोखरी ब्यान्डको प्रस्तुती रहने छ । साँस्कृतिक कार्यक्रमलागि टिकटमा पचास प्रतिशत छुट सहित रु. १५० मा विक्री भइरहेको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि कडा सुरक्षाको समेत प्रबन्ध गरिएको छ ।


करिब ६ देखि ७ लाखसम्मको खर्च हुने अनुमान गरिएको कार्यक्रममा उठेका सम्पूर्ण रकम खर्च कटाएर करिब ९० प्रतिशत सामाजिक कार्यमा लगाईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा उठेको रकम महेन्द्र मावि पदमपोखरी र अन्य विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति दिन प्रयोग गरिने भएको छ । साथै अन्य विभिन्न सामजिक कार्यमा समेत रकम खर्च गरिने बताइएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु


तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान - 2018-04-11

चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।

बन महासंघको शुभकामना तथा चियापान - 2017-09-25

असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

मगर संघले गर्रयो शुभकामना आदनप्रदान - 2017-09-23

असोज ०७ शनिवार, मकवानपुर । नेपाल मगर संघ हेटौंडा नगर कार्य समितिले शुभ विजया दशमी, दिपावली तथा छट पर्वको अवसरमा शुभकामना अदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

१५ केन्द्रीय समिति चयन संगै : कृषि सहकारी संघको साधारणसभा सम्पन्न - 2017-09-03

भाद्र १९ सोमबार, बारा । नेपाल कृषि सहकारी केन्द्रीय संघको दसौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनले खेम बाहादुर पाठको अध्यक्षतामा १५ सदस्य केन्दृय कमिठि चयन भएको छ ।

रामग्राम साप्ताहिक द्धारा पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीलाई स्वागत - 2017-09-02

भाद्र १७ शनिवार, नवलपरासी । नवलपरासीबाट प्रकाशन भईरहेको रामग्राम साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई स्वागत, बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

अक्षयकोष स्थापना गर्न रु. एक सय अभियान - 2017-08-10

श्रावन २६ बिहीवार, हेटौंडा । पाख्रीबास कला साहित्य समाजले अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ “एक सय अभियान” सुरु गरेको छ । धनकुटाको पाख्रीबास नगरपालिकास्थित कला साहित्य क्षेत्रमा सक्रिय उक्त संस्थाले सुरु गरेको राष्ट्रिय पुरस्कारलाई निरन्तरता दिने उद्देश्यले अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरेको जनाएको छ ।

सावधान: तपाईपनि यस्तो एप्स प्रयोग गर्दै हुनुहुन्छ ? - 2017-08-06

श्रावन २२ आइतवार, हेटौंडा । केही दिन यता फेसबुकमा टेस्टोनी एप प्रयोग गरेर त्यसले नतिजा हेर्दै रमाइलो गर्नेहरुको संख्या उल्लेख्य बढेको छ। केहि भने यसलाई आतंकको रुपमा लिदै यो सुरक्षित नभएकोले यसको प्रयोग नै नगर्न सुझाव दिईरहेका भेटिन्छन ।

नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन - 2017-08-05

श्रावन २१ शनिवार, बारा । अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता - 2017-07-18

श्रावन ०३ मंगलवार, कास्की । हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।

सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना । - 2017-07-17

श्रावन ०२ सोमबार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।

नयाँ ट्राफिक नियममा कुन गल्तीको कति जरीवाना - 2017-07-14

आषाढ ३० शुक्रवार, हेटौंडा । ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना दस्तुर यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224843   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top