The first website dedicated to the people of clean and green city Hetauda.
logo
पत्रपत्रिकाबाट

फेरियो मुलुकी ऐन: नोट केरमेट गर्नेलाई कैद, शरीर जोडेर विकृत बनाउनेलाई पनि कारबाही



पत्रपत्रिकाबाट   314 पटक पढिएको   हेटौंडा अनलाइन     

श्रावन २६ बिहीवार, काठमाडौं । जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ ।

फेरियो मुलुकी ऐन: नोट केरमेट गर्नेलाई कैद, शरीर जोडेर विकृत बनाउनेलाई पनि कारबाही

संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जंगबहादुर राणा बेलायत भ्रमण गएपछि उनले बेलायती कानुनी प्रणालीअनुसार १९१० मा मुलुकी ऐन बनाउन लगाएका थिए । त्यसलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान जस्ताको तस्तै राखिएका थिए । देवानी र फौजदारीसम्बन्धी व्यवस्था, सजाय र कार्यविधि एकै ठाउँमा थिए।

म्याच फिक्सिङमा संलग्नलाई

संसद्को विधायन समितिले विभिन्न मुलुकका कानुन अध्ययन र विश्लेषणपश्चात् मुलुकी ऐन प्रतिस्थापन विधेयक पारित गरी संसद्मा पठाएको थियो । बुधबार पारित फौजदारी संहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

‘नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ', विधेयकको दफा ५१ को उपदफा (३) मा उल्लेख छ ।

म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने विधेयकमा उल्लेख छ ।

जन्मभर नै कैद हुने व्यवस्था

हाल जन्मकैद भनिए पनि सरदर २० वर्षमा जेलमुक्त हुने व्यवस्था छ । तर, अबदेखि ६ वटा गम्भीर प्रकृतिका अपराधमा जन्मभर नै कैद हुने व्यवस्था गरिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको वा जबर्जस्ती करणी गरी ज्यान मारेको घटनामा जन्मकैद ( जीवित हुँदासम्म) जेल सजाय हुने व्यवस्था गरिएको छ ।

बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई जरिवाना

बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । ‘यो भन्दा पहिले बहुविवाह दण्डनीय हुन्थ्यो तर मान्यता पाउँथ्यो, अब बहुविवाहले कानुनी मान्यता पाउँदैन ।

शरीर जोडेर विकृत बनाउनेलाई पनि कारबाही

सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडेर विकृत बनाउनेलाई पनि कारबाही हुने भएको छ । ‘कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखेर वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने व्यवस्था हुनेछ', विधेयकको दफा २५१ मा उल्लेख छ ।

नोट केरमेट गर्ने व्यक्तिलाई कैद

बैंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । पशुकरणीसम्बन्धी व्यवस्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी गरे दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना र अन्य चौपाया करणी गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु


फेरियो मुलुकी ऐन: नोट केरमेट गर्नेलाई कैद, शरीर जोडेर विकृत बनाउनेलाई पनि कारबाही - 2017-08-10

श्रावन २६ बिहीवार, काठमाडौं । जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ ।

सरकारको नीति: आकार र क्षमताअनुसार गाडी चलाउने - 2017-08-06

श्रावन २२ आइतवार, काठमाडौं । सरकारले उपत्यकाको यातायात व्यवस्थापन तथा सुधारका लागि सडकको आकार र क्षमताअनुसार गाडी चलाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ।

मधेसीदलको घुर्की, देउवालाई सास्ती: संविधान संशोधन नभए बहिष्कार - 2017-08-06

श्रावन २२ आइतवार, काठमाडौं । सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई-मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ।

आयल निगमले किनेको: करोडौंको जग्गा डुबानमा - 2017-08-05

श्रावन २१ शनिवार, रुपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।

प्रहरीमा ३० वर्षे नहटाउन चर्को लबिङ - 2017-08-02

श्रावन १८ बुधवार, काठमाण्डौ । संघीय प्रहरीको अवधारणामा नेपाल प्रहरीका अधिकृतहरुको मत बाझिएको छ । गृहमन्त्री जनार्दन शर्माले डीआईजी र एसएसपी तथा एसपीहरुबीच सुझाव लिने क्रममा उनीहरुको मत बाझिएको हो ।

साइबर अपराधको नयाँ रुप: नेपालमा बसेर अस्ट्रेलियामा आतंक - 2017-08-02

श्रावन १८ बुधवार, काठमाण्डौ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने मिति तय भएको हो ।

एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ पनि दिएन - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौं । भारतले दिने भनेको अनुदानमध्येको रकमलाई प्राधिकरणले विद्यालय निर्माणमा पाँच अर्ब, स्वास्थ्य चौकी निर्माणमा पाँच अर्ब, पुरातान्विक सम्पदा निर्माणमा पाँच अर्ब र निजी आवास निर्माणमा तयारी गरेको थियो ।

९ नाका खोल्न चिनको प्रस्ताव: नेपाल सरकारले आधिकारिक रुपमा पत्राचार गर्नुपर्ने - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौं । साता लामो तिब्बत यात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा नाका जोड्ने सडक चीनले बनाउन गर्न तयार रहेको बारे जानकारी गराएका हुन्।

वर्ष पाँच अनशन एघार उपलब्धि: सुन्य - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौं । पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन बसेका छन् ।

शिशुको मृत्युपछि: अस्पतालमा कुटपिट - 2017-07-31

श्रावन १६ सोमबार, हेटौंडा । अस्पतालले फर्काएको गर्भवती घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर र नर्समाथि आईतबार बिहान कुटपिट गरेका छन् ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224844   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top