The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते



दुर्घटना समाचार    96 पटक पढिएको   शुभलक्ष्मी बिश्वोकर्मा      

भाद्र २६ सोमबार, मकवानपुर । हिजो साँझ परेको चट्याङका कारण बकैया गाउँपालिका–८, की २२ वर्षकी मीना विश्वकर्माको मृत्यु भएको छ । उनकी आमा ४६ वर्षकी मखमली विश्वकर्मा घाईते भएकी छन् ।

चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते

साँझ करिब सवा पाँच बजेतिर परेको चट्याङका कारण घरमै रहेकी मीनाको घटनास्थलमै मृत्यु भएको हो । खाना पकाउँदै गर्दा भान्छामै रहेकी उनको मृत्यु भएको र नजिकै रहेकी उनकी आमा मखमलीलाई शरीरका विभिन्न भागमा चोट लागी शख्त घाइते भएकी स्थानीय दिप कुमारी विश्वकर्माले बताउनुभयो । 

चट्याङका कारण उनीहरुको घरको छाना देखि मझेरी सम्म भत्किँदा घर पूर्ण रुपमा ध्वस्त भएको स्थानीयको भनाई छ । मीनाका बुबा चन्द्रबहादुर विश्वकर्मा सडक विभागमा काम गर्ने गर्थे । साँझ घर पुग्दा छोरीको मृत्यु भइसकेको र उनकी आमा बेहोस अवस्थामा भेटेको चन्द्रबहादुरले बताएका छन् ।







सम्बन्धित शिर्षक समाचारहरु


चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते - 2017-09-11

भाद्र २६ सोमबार, मकवानपुर । हिजो साँझ परेको चट्याङका कारण बकैया गाउँपालिका–८, की २२ वर्षकी मीना विश्वकर्माको मृत्यु भएको छ । उनकी आमा ४६ वर्षकी मखमली विश्वकर्मा घाईते भएकी छन् ।

नवलपरासीमा सर्पले डसेर एकको ज्यान गयो - 2017-08-28

भाद्र १२ सोमबार, नवलपरासी । सर्पले डसेर नवलपरासीको सुस्तामा एकजनाको ज्यान गएको छ । नारायणी नदीमा माछा मार्न गएका बेला सोमबार बिहान सर्पदंशले सुस्ता गाउँपालिका -५ चन्द्रगञ्जका २५ वर्षका सोनु मुसहरको उपचारको क्रममा ज्यान गएको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भीमबहादुर चौधरीले जानकारी दिनुभयो ।

ट्रयाकटरको ठक्करबाट : ८ बर्षीय बालकको मृत्यु - 2017-08-26

भाद्र १० शनिवार, पर्सा । बिरगंज महानगरपालिका ३० प्रसौतिपुरमा बिरगंज तर्फ आउँदै गरेको ना ४ त ८५७ नंम्बरको ट्याक्टरले त्यसै स्थान बस्ने सखू आलमको छोरा ८ बर्षीय बालकलाई ठक्कर दिएको हो ।

बढीले बगाएको गैडा र हरिण मृत अवस्थामा फेला - 2017-08-15

श्रावन ३१ मंगलवार, नवलपरासी । नारायणी नदीले बगाएका दुुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी व्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ ।

निर्माणाधीन वडा कार्यालयको भवनमा बाढी - 2017-08-14

श्रावन ३० सोमबार, मकवानपुर । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा निर्माणणाधीन अवस्थामा रहेको भवनमा क्षति पुगेको छ । फापरबारी बजारमा निर्माणको क्रममा रहेको वडा कार्यालयको भवनमा बाढी पस्दा निर्माण सामग्री बगाएर लगेको स्थानीय निशान तामाङले बताउनुभयो ।

बाढीले बगाउँदा दुइको मृत्यु, दुई घाईते - 2017-08-13

श्रावन २९ आइतवार, हेटौंडा । बकैया गाउँपालिका १ स्वस्ती भन्ने ठाउँकी ४२ वर्षीय सुना मुक्तान र बकैया १ कै चन्डौबजारका मानबहादुर ब्लोनको खोलाले बगाएर मृत्यु भएको छ । शुक्रबार रातिदेखि लगातार भएको वर्षाका कारण आएको बाढीले बगाउँदा आईतबार उनीहरुको मृत्यु भएको स्थानीय प्रतीक ब्लोनले जानकारी दिनुभयो ।

बकैयामा बाढीको कारण जनधनको क्षति, कयौं बस्ती जोखिममा - 2017-08-13

श्रावन २९ आइतवार शुक्रबार रातिदेखि निरन्तर भएको वर्षाका कारण बकैया गाउँपालिकामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । साथै, कयौं बस्ती बाढीको जोखिममा छन् ।

अविरल बर्षाले देशनै डुवानमा: इटहरीमा मात्रै ७ शव पानीमा भेटियो - 2017-08-12

श्रावन २८ शनिवार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।

फेरी एक: दक्षिण कोरियामा आत्महत्याको शृंखला बढ्यो - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । दक्षिण कोरियामा फेरी एक नेपालीले आत्महत्या गरेका छन् । पर्वत स्थाई ठेगाना भएका उनि छन्जुको एक कम्पनीमा कार्यरत थिए।

रसुवामा पहिरोमा बेपत्ता २ को शब फेला - 2017-08-07

श्रावन २३ सोमबार, हेटौंडा । रसुवाका प्रहरी नायब उपरिक्षक फणिन्द्र प्रसाईका अनुसार ४ बर्षिय बालक रबिन थापा मगर र ७८ वर्षका भक्तबहादुर नगरकोटीको शब भेटिएको हो । अन्य २ जनाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

रसुवामा भिषण पहिरो: ४ बेपत्ता उद्दार जारी - 2017-08-07

श्रावन २३ सोमबार, हेटौंडा । आइतबारदेखि परेको अविरल वर्षातपछि सोमबार राति झरेको पहिरोमा परेर रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसीमा पाँचजना गाउँले पुरिएका छन् ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224847   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top