The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

अदालतबाट छुटेपछि हत्या आरोपीको घरमा आगजनी



अपराध समाचार    64 पटक पढिएको   सागर घोरसाईने     

भाद्र १२ सोमबार, निजगढ । १६ बर्षिय किशोर निसान सापकोटाको हत्यामा संलग्न आरोपमा पक्राउ परी जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका निजगढ नपा ५ का बिचारी थापाको घरमा अज्ञात समुहले आगजनी गरेको छ ।

अदालतबाट छुटेपछि हत्या आरोपीको घरमा आगजनी

घटना बारे बुझन इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरी भ्यानमा पनि आक्रोशित समुहले आइतबार दिउसो ढुङ्गामुडा गरेको छ । आगजनीका कारण थापाको घरमा रहेको सबै धनमाल जलेर नष्ट भएको छ भने भ्यानमा सामान्य क्षति छ । 

हत्यामा संलग्न आरोपमा प्रहरीले पक्राउ गरेका बिचारी जिल्ला अदालत बाराबाट शुक्रबार २० हजार रुपैया धरौटीमा छुटे लगत्तै घर पुग्न नपाउदै काठे घरमा आगजनी भएको हो । ‘घर भत्काएर काठपात र सामान चौरमा लगेर आगो सल्काएछन, इप्रका निजगढमा प्रहरी निरीक्षक दिपक रायले भने, के कति क्षेति भयो यकिन विवरण जानकारीमा छैन ।’ घरमा कोही नभएको र प्रतक्ष्यदर्शी स्थानीयले समेत घटना बारे सुचना दिन इन्कार गरेकाले क्षेतिको विवरण प्राप्त हुन नसकेको निरीक्षक रायले जानकारी दिए । 

हत्या आरोपमा प्रहरीले बिचारी सहित श्रीमति बिमला, नाबालिक छोरी बिबिका, छोरा बिबेक र छिमेकी विजय फुयाल र कमल भट्टराईलाई पक्राउ परी एक महिनाअघि अदालतमा कतव्र्य ज्यान मुद्दा दायर गरेको थियो । घटनाको दिन थापाको खेतमा ज्यालामा काम गर्न बोलाइएका भनिएका फुयाल र कमललाई पनि आदालतले धरौटीमा छोडने र बिमलालाई पुर्पक्ष अन्तरगत थुनामा राख्न विरगंज कारागार चलान गरेको छ भने नाबालक छोराछोरी अभिभावकको जिम्मा लगाउने आदेश गरेको छ । अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि थापा, फुयाल र भट्टराई पनि हाल विरगंज कारागारामा छन । अभियुक्तमाथि कारवाहीमा ढिलासुस्ति गरेको भन्दै आक्रोशित स्थानीयले यसअघि पनि इलाका प्रहरी कार्यालय र पुर्वपश्चिम राजमार्गमा दुई दिन पटकपटक घेराउ र चक्का जाम गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले विज्ञप्ति निकालेर पक्राउ परेकामाथि कतव्र्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको थियो । मिलेमतोमा निसानको हत्या भएको भन्दै आफन्तले थापा सहित ६ जनाको नाममा किटानी जाहेरी गरेका थिए । सार्वजनिक मावि कक्षा ९ मा अध्ययनरत निसानको शव छिमेकी थापाको घरमा चुलेसीले घाँटी रेटेको अवस्थमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार बैदवारले अदालतको अन्तिम फैसला आउन बाँकी रहेकाले अदालतको निर्णयमा विस्वास गर्न र संयमता अपनाउन स्थानीयसंग अनुरोध गरेका छन । ‘यो अन्तिम फैसला पनि होइन, उपरीक्षक बैदवारले भने, कसैले पनि उत्तेजित बनेर कानुन हातमा लिने प्रयास गर्नु हुदैन ।’ उनले चित्त नबुझे पुनरावेदन गर्न सकिने ठाउँ पनि बाँकी रहेको र अदालतबाट हुने आदेशको सबैले सम्मान गर्नु पर्ने पनि बताए ।






सम्बन्धित शिर्षक समाचारहरु


अदालतबाट छुटेपछि हत्या आरोपीको घरमा आगजनी - 2017-08-27

भाद्र १२ सोमबार, निजगढ । १६ बर्षिय किशोर निसान सापकोटाको हत्यामा संलग्न आरोपमा पक्राउ परी जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका निजगढ नपा ५ का बिचारी थापाको घरमा अज्ञात समुहले आगजनी गरेको छ ।

अबैध लागू औषध अफिम,गाँजा सहित २ पक्राउ - 2017-08-14

श्रावन ३० सोमबार, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी भैसे, को सयुक्त चेकिङ टोलीले मकवानपुर भिमफेदी गाँउपालिका ९ काँसघारी स्थित सडकमा ठुलो परिणाममा लागू औषध सहित दुई युवक पक्राउ गरेको छ ।

नक्कली प्रहरी पक्राउ - 2017-08-11

श्रावन २७ शुक्रवार, हेटौंडा । आफुहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै मानिसहरुलाई फोन गरी विभिन्न किसिमको धम्की दिने गरेको उजुरीको आधारमा पक्राउ गरेको छ ।

अबैध कपडा ब्यापारी: हेटौंडा बसपार्कमा पक्राउ - 2017-08-11

श्रावन २७ शुक्रवार, मकवानपुर । अवैध कपडासहित १० जना भारतीय नागरिकहरुलाई पक्राउ गरि अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाएको छ ।

फरार अभियुक्त पक्राउ - 2017-08-08

श्रावन २४ मंगलवार, मकवानपुर । मकवानपुर जिल्ला अदालतको २०७१ बैशाख ८ गते डाँका मुद्दामा ६ वर्ष कैद र दश लाख चवालीस हजार जरिवाना तोकेको फरार अभियुक्त जि.प्र.का.मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

मोबाईल चोरी गर्ने २ जना पक्राउ - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । हेटौडा ५ कान्तिराजपथ स्थित सडकमा शंकास्पद अवस्थामा प्रहरीले चेक जाँचगर्दा चोरी गरेको Samsung Company को मोबाईल ४ थान सहित मंगलबार बिहान करिब ६ बजे दुई युवक पक्राउ परेका हुन् ।

नक्कली प्रहरी पक्राउ - 2017-08-08

श्रावन २४ मंगलवार, मकवानपुर । मनहरी गाउँपालिका वडा नं.७ स्थित सार्वजनिक सडकमा सवारी साधन चेकजाँचको क्रममा टाटा सुमो चालक लाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध नदीजन्य पर्दाथ उत्खनन गर्ने ४ चालक पक्राउ - 2017-08-08

श्रावन २४ मंगलवार, मकवानपुर । ईलाका प्रहरी कार्यालय मनहरीले अवैध रुपमा नदीजन्य पर्दाथ उत्खनन गर्ने ट्याक्टरसहित ४ चालक पक्राउगरेको छ । नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको ना ६ त २०७६, ना ३ त ४८३, ना.३ त २७९५ र ना ६ त २०७६ नं.को ट्याक्टर चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध ओसार्ने मुख्य बाटो राजमार्ग: दुई घटना चार पक्राउ - 2017-08-02

श्रावन १८ बुधवार, मकवानपुर । राजमार्ग सुरक्षाटोलीले गरेको छुट्टाछुट्टै दुई सर्च अपरेशनमा मकवानपुरबाट हिजो लागुऔषध ओसार पसार गर्दैगर्दा चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानी र रातोमाटे चेकपोस्ट ले दुई छुट्टाछुट्टै चेकिङ गरेको थियो ।

लागुऔषध खैरो हिरोइन सहित दुई पक्राउ - 2017-08-01

श्रावन १७ मंगलवार, मकवानपुर । इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको राजमार्ग चेकिङ टोलिले बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना.१ज.६९२७ नं को माइक्रो बसबाट चेक जाँचगर्ने क्रममा खैरो हिरोइन १०।१५ ग्राम सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

अपहरित बालकको सकुशल उद्धार - 2017-07-31

श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224846   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top