The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान


कला साहित्य पटक पढिएको हेटौडा अनलाइन


झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान


हेटाैँडा, २४ चैत । झरना साहित्यिक परिवार मकवानपुरकाे अायाेजनामा अाज हेटाैँडामा शिव - सावित्री मुक्तक साहित्य सम्मान एवम् मुक्तक साँझ -२०७४ सम्पन्न भएकाे छ । झरनाका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता एवम् वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कैलालीका मुक्तककार निर्दाेष डेविटलाई नगद रु. ५५५५/- राशिसहितकाे शिव- सावित्री मुक्तक साहित्य सम्मान -२०७४ बाट सम्मानित गरिएकाे छ ।

उक्त सम्मान रमेशमाेहन अधिकारीले अाफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको हाे । त्यस्तै मुक्तक साँझकै अवसरमा अायाेजित खुला मुक्तक प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई  पछि पार्दै मुक्तककार विधान अाचार्य उत्कृष्ट मुक्तककार -२०७४ का रूपमा नगद रू. ११११/- सहित पुरष्कृत भए । प्रतियोगितामा पुरुषाेत्तम अाचार्य,भावना सापकोटा र मनाेज पाेखरेलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियो । 

कार्यक्रममा साहित्यकारहरू निमेष निखिल, रमेशमाेहन अधिकारी, देवराज खरेल, देवराज तिवारी,  सुवास खनाल, उमेश तिमल्सिना, केशव समर्पण, शान्तिप्रिय वन्दना, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने लगायतले मन्तव्य तथा  रचना वाचन गर्नुभएको थियाे । साथै समीक्षक घनश्याम घिमिरेले मुक्तक लेखन परम्परा तथा वाचित रचनाबारे समीक्षात्मक टिप्पणी गर्नुभयाे ।

 राजनीतिकर्मी अणराज जर्घामगर र शिक्षासेवी पुरनबहादुर जाेशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार अार. सी. रिजाल, पूर्णकला घिमिरे, साहित्यसेवी मुक्तिगाेविन्द वैद्य, अर्पण पराजुली, हरिवंश भेटवाल लगायतकाे उपस्थिति थियाे । झरनाले हरेक महिना विधाविशेष साहित्य गाेष्ठी गर्नुका साथै चैतकाे चाैथाे शनिबार "टिकटमा मुक्तक" का रूपमा मुक्तक साँझ अायाेजना गर्दै अाएकाे छ ।





सम्बन्धित तस्विरहरु

गुरुदत्त ज्ञवाली

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


केहि मुक्तकहरु - 2017-06-03

जेष्ठ २० शनिवार, हेटौंडा । नेपाली साहित्यको संरक्षण, श्रष्ठा परिचय सङ्कलन र प्रकाशन गर्दै आउनुभएका एक अशल साहित्यिक पाठक, सर्जक तथा अभियानी युवा हुन् । बलराम पौडेल

कविता: हे युवा - 2017-05-27

जेष्ठ १३ शनिवार, हेटौडा । बिद्यार्थी जीवनवाट साहित्य लेखनमा औधी रुचि राख्नुहुने विवश एस.वि ले नियम भित्र रहेर भने २०६८ साल देखि लेख्न थाल्नुभएको थियो । ग्रामिण जिवन शैलीमा हुर्किनु भएकोहुनाले उहाका सृजनाहरुमा मेलापात,खेतिपाती र गाईवस्तु गोठालाका भाव प्रकटीकरण रहनु स्वभाभिकनै थियो । आफ्ना अननिय मित्र सन्तोष समर्पणबाट प्रेरित भएर साहित्य लेखनमा लाग्नु भएक पछि पुजनिय गुरु मनोज पोख्रेलबाट उचित परामर्षसहित लेखनकार्यमा लाग्नुभएका कवि विवश एस.वि नेपाली साहित्यका सम्भावित अनुहार हुनुहुन्छ ।

कविता: वाद र विकास - 2017-05-24

जेष्ठ १० बुधवार, पोखरा । नेपाली साहित्यका सम्भावना बोकेका एउटा युवा कवि सन्तोष समर्पण समकालिन नेपाली साहित्य लेखनका परिचय खोज्दै गरेका अनुहार हुन । कम बोल्ने ज्यादा शब्दमा उतार्ने अर्को भाषामा भन्नेहो भने अन्तर्मुखी स्वभाव बोकेका एउटा कवि हृदय हुनुहुन्छ। आफ्ना शब्दलाई समाजको हितको निम्ति सदैव एउटा ज्वलन्त उर्जा बनाउनुहुन्छ उहाँका हरेक शब्द हरुले समाजकाई सम्बोधन गरीरहेको भानहुन्छ ।

संस्मरण: धेरै अधुरा चाहनाहरू । - 2017-05-22

जेष्ठ ०८ सोमबार, स्याड़्जा । सबैकुरा मान्छेले सोचेजस्तै हुनेभए, आज धेरै अभाबका खाडलहरू देख्न कहाॅ पाईन्थ्यो होला र ? तिनै अभाबको पछिपछि दुनियाँ कहाँ दौडिरहेको हुन्थ्यो होला र ? यस्तै यस्तै अधुरो चाहनाको एउटा आत्मकथाको शुरूवात म यसरी गर्न खोजिरहेको छु ।

कबिता : जन्मभूमिको मायाँ - 2017-05-21

जेष्ठ ०७ आइतवार, नवलपरासी । साहित्यमा गन्थन मात्रै गर्नु हुदैन समाज परिबर्तनको लागि हुनुपर्छ । बिचारले सांकेतिक रुपमा आफ्नो नामको पछाडि काचुली झुन्ड्याएका साहित्यकार,मित्रलाल पाठक नेपाली साहित्यको निम्ति काँचुलि नै बनूँन हामि कामना गरौ ।

लघुकथा:चुनावको ॠण - 2017-05-21

जेष्ठ ०७ आइतवार, हेटौडा । दुई घण्टा लामो निन्द्रा निदाएर ब्युँझिए पछि गाडीमा साँहिलीले आफ्नो बिगत केलाउन थालि - " आफु बुझ्ने भए देखी नै आफ्नो कर्म थलो;नदिको बगरबाट प्रत्येक पटक यसरी नै ॠण धन गरेर चुनावमा भोट हाल्न गाउँ गएकै छु तर खै त मेरो जीवनमा परिवर्तन ?

कविता: नेपाल एक्सप्रेस - 2017-05-20

जेष्ठ ०६ शनिवार, काठमाडौँ । समकालिन नेपाली साहित्य लेखनका परिचित हस्ताक्षर हुन् कृष्ण प्रसाई । समाजका जातीय,बर्गीय, लैंगिक असमानता, बर्जितहरुमथिको एउटा अंकुश उहाँका हरेक साहित्य सृजनाहरुका खुराक हुन्छन साथै उहाँका कृतिहरुमा पाठकले मान्छे,समाज,संस्कार र संस्कृति पढ्न पाउँछन् ।

शृंखला कविता: संङ्कल्प - 2017-05-10

बैशाख २७ बुधवार, इटहरी । नेपाली साहित्यलेखनको थुप्रै धार र शैली छ । यिनै फरक शैलीबिचको एउटा पृथक शैली हो, शृंखला कविता लेखन युवाकवि निर बहादुर भण्डारी यस्तै फरक शैलीको अभ्यासकर्ता हुनुहुन्छ ।

लघुकथा: कर्मको खेल - 2017-05-09

गोमा सिटौला डाँफे, कोकिल, स्याल र हुच्चिलको ,भाकाको तालमा, उकाली–ओरालि र मेलापातमा भ्याइनभ्याई पसिना चुहाउन बिबश गाँउलेहरुलाई, यसपालि चुनावको माहोलले गर्दा,बाटोघाटो, चौतारा र कान्छिको चिया पसलमा निकै फुर्सदिलो र प्रसन्नताका साथ, झुन्ड–झुन्ड बसेर, ठूल्ठूला राजनीति गफ हाँकेको देख्दा, नेताहरुले “हाम्रो उद्देश्य नै तपाईंहरुको मुहारमा खुशी झल्काउनु हो भन्थे” सायद ‘खुशी’ भनेको यहि होला, मेरो सुस्त मनस्थितिले बुझ्थ्यो।

PREV 1 2 3 4 5 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159303 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top