The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


शिक्षा/स्वास्थ्य पटक पढिएको रबिन्द्र यादव


मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।


भाद्र १७ शनिवार, नवलपरासी । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद उल बकरिदको अवसरमा अाज नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ६ झुलनिपुर साबिक गुठी परसौनी- ५ स्थित रहेको हरपुर भन्सार चोकमा सरसफाइ गरिएको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट (बिअोपी) गुठी परसौनी र झुलनिपुर बजार व्यवस्थापन समितिको संयुक्त अायोजनामा सरसफाइ कार्यक्रममा स्थानिय हिन्दु र मुस्लिम सामुदायका बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको थियो । सरसफाइ बजारको भन्सार चोक देखि दशजगा सम्म गरिएको थियो । अाफ्नो गाउँ अाफै सफा बनाउ भन्ने मुल नारा सहित सरसफाइ अभियान गरिएको स्थानीय कन्हैया हरिजनले बताउनु भएको छ । यसअघि पनि स्थानीय र प्रहरीले संयुक्त रुपमा मुख्य पश्चिमी गण्डक नहरको अविरल बर्षात बाट भत्किएको कालोपत्रे सडकको मर्मत गरि सकेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


फिनल्याण्डको २ अर्ब ३६ करोड अनुदान सहयोग - 2017-07-14

३० असार, काठमाडौं । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ ।

फलको राजा आँपका १४ फाइदा - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौंडा । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।

वर्षातमा झाडापखालावाट कसरी जोगिने: लक्षण र उपचार - 2017-07-12

आषाढ २८ बुधवार, हेटौंडा । अहिले वर्षातको समय छ । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ ।

नेपालमै काखीमुनि प्वाल पारेर मुटुको शल्यक्रिया - 2017-07-11

आषाढ २७ मंगलवार, हेटौंडा । मुटुको शल्यचिकित्सामा छोटो समयमै ख्याति कमाएको नाम हो, डा. अनिल भट्टराई । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका थोरै डाक्टरहरुको सूचीमा उनलाई राख्न कञ्जुस्याई गर्नु पर्दैन ।

तपाइको खुट्टाको नशा फुल्ने समस्या छ: उपचार विधि - 2017-07-08

आषाढ २४ शनिवार, हेटौंडा । खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो।

मिर्गौला फेल हुने कारण, लक्षण र उपचार - 2017-07-03

आषाढ २१ बुधवार, हेटौंडा । मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ।

पाईल्स के कारणले हुन्छ ? - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । पईल्स हामीले सुनेको अनि कतिले वर्षौदेखि भोग्दै आएको समस्या हो, पाइल्स । यसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । यो प्राइमरी र सेकेन्डरी गरी २ प्रकारको हुन्छ । यसको मुख्य कारण नै कब्जियत हो ।

कक्षा ११ मा भर्ना खुल्यो ! छात्रवृत्ति कसरि पाउने ? एक जानकारी - 2017-07-03

आषाढ १९ सोमबार, हेटौंडा । सरकारले कक्षा ११ का विद्यार्थीका लागि विभिन्न छात्रवृत्तिको व्यवस्था गरेको छ । तर, यसबारे विद्यार्थी अनभिज्ञ छन् ।

के हो युरिक एसिड यसबाट कसरी बच्ने - 2017-07-02

आषाढ १८ आइतवार, हेटौंडा कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर 'हाइपरयुरेसिमिया' भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865268 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top