The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

थाहा नगरमा गाउँघर क्लिनिक


शिक्षा/स्वास्थ्य पटक पढिएको राजकुमार के.सी.


थाहा नगरमा गाउँघर क्लिनिक


मंसिर १५ शुक्रवार, हेटौंडा । थाहा नगरपालिका वडा नं. ३ दम्कीमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । आज शुक्रबारबाट शुरु भएको क्लिनिकमा २५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङको मातहतमा रही हरेक महिनाको १५ गते १ दिन गाउँघर क्लिनिक सञ्चालन हुने थाहा नगरपालिका नगर कार्यपालिका सदस्य कविता कार्कीले बताउनुभयो । गाउघर क्लिनिकमा सामान्य बिरामी जाँच, औषधि वितरण, गर्भवति जाँच गर्नुका साथै स्वास्थ्य परामर्श दिईने अनमी शुशिला श्रेष्ठले बताउनुभयो । 

आफ्नै घर आँगनमा स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएकाछन् । गाउँघर क्लिनिक सञ्चालनमा आएपछि असक्त, बृद्धबृद्धा, गर्भवति महिलालाई सहज हुने भएकोले क्लिनिकबाट सेवा लिन अनमी श्रेष्ठले अनुरोध गर्नुभयो ।




सम्बन्धित तस्विरहरु

घातक बन्दै मौसमी इन्फ्लुएन्जा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


के हो युरिक एसिड यसबाट कसरी बच्ने - 2017-07-02

आषाढ १८ आइतवार, हेटौंडा कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर 'हाइपरयुरेसिमिया' भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो। यो वंशाणुगत समस्या पनि हुन्छ। यसलाई दुई तरिकाले हेर्न सकिन्छ।

मकवानपुरका २ बिद्यालय नमूना घोषणा - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । शिक्षामा राम्रो नतिजा हाँसिल गराएका मकवानपुरका दुई बिद्यालय नमुना बिद्यालयको रुपमा छनौट भएसंगै सामुदायिक बिद्यालयमा राम्रो शिक्षा पाईन्छ भन्ने सन्देश दिएको छ ।

डिप्रेसन के हो ? टाढा रहन के गर्नुपर्छ - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यस भन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ । डि

नतिजा त आयो भविष्य कता ? अन्योलमा एस.इ.ई. उत्तीर्ण विद्यार्थीहरु - 2017-06-27

आषाढ १३ मंगलवार, हेटौंडा । वर्षभरीको पढाइ लेखाइ अनि कठोर मिहनेतको मुल्याङ्खनलाई ठोस परिमाण दिने उद्देश्य स्वरुप लिएको परीक्षा र नतिजा प्रक्रिया सामान्य भएता पनि विद्यार्थीहरुले अबको भविष्य कतातिर भन्ने बाटो तय गर्र्ने भएर नै होला माध्यमिक शिक्षा परिक्षा ( एस इ ई ) लाई छुट्टै किसिमले हेर्ने गरिन्छ ।

स्तन क्यान्सर के हो ? आफैंले थाहा पाउन केहि जानकारी - 2017-06-26

आषाढ १२ सोमबार, हेटौंडा । विश्वमा एक प्रतिशत पुरुषमा स्तन क्यान्सर भेटिएको छ । स्तनको मुन्टा दायाँबायाँ ढल्केको वा भित्र घुसेको छ भने क्यान्सरको जोखिम हुन सक्छ । स्तनमा क्यान्सर भए÷नभएको हामी आफैँले पनि परीक्षण गर्न सक्छौँ ।

के हो मन्टेश्वरी ? यसको महत्व र प्रभाव एक चर्चा - 2017-06-25

आषाढ ११ आइतवार, हेटौंडा । सामान्यतया २ देखि ६ उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ ।

मद्यपानले कसरी मस्तिष्ककमा असर गर्छ: अनुसन्धान - 2017-06-24

आषाढ १० शनिवार, हेटौंडा । वैज्ञानिकले अध्ययनमा के पाए भने अत्यधिक/बढी मात्रामा मद्यपान गर्नेलाई ‘हिप्पोक्याम्परल अट्रोफी’ हुने उच्च जोखिम हुन्छ। हिप्पोक्याम्परल अट्रोफीमा मस्तिष्कका कुनै चिज बस्तु, ठाउँ र परिस्थितिको सही आँकलन गर्ने कोष नष्ट हुन्छन् र कालान्तरमा यो ‘अल्जाइमर्स’ र ‘डिमेन्सिया’जस्ता स्मरण शक्ति लोप हुने रोगमा परिणत हुन सक्छ।

पतञ्जलीको ६ औषधि गुणस्तर हिन - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् ।

जानिराखौं के कारणले निदाएको बेलामा मृत्यु हुन्छ - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आरामको मुद्रामा आउँछन् र सास रोकिन्छ । यसरी १० सेकेन्ड वा त्यसभन्दा बढी समय सास रोकिए त्यसलाई स्लिप एप्निया भनिन्छ । अधिकांश मानिस सुतेका बेला केही सेकेन्ड सास रोकिनु सामान्य हो।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899813 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top