The first website dedicated to the people of clean and green city Hetauda.
राशिफल

आजको राशिफल


राशिफल पटक पढिएको हेटौंडा अनलाइन


आजको राशिफल


श्रावन २० शुक्रवार, हेटौंडा । वि.सं. २०७४ साल साउन २० गते। शुक्रबार। इश्वी सन् २०१७ अगस्ट ४ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, १८:३९ बजेउप्रान्त त्रयोदशी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सानो काममा अलमलिनुपर्दा विशेष अवसर गुम्न सक्छ। चिताएको काम रोकिनेछ भने अरूका लागि बुद्धि र समय खर्चनुपर्नेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। बेसुरको निर्णयले समस्यामा पार्न सक्छ। आफ्ना विषयमा अनायासै अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि पनि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ। घर-गृहस्थीले मनमा आनन्द दिलाउनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काममा सामान्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएला। तापनि, लगनशीलताले नयाँ अवसर दिलाउन सक्छ। ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ला। 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोगले जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताइरहनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला। 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। सोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। तापनि चिताएको काम सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। घर-गृहस्थीलाई समय दिन नसकिएला। 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आज पछि फाइदा हुने काम प्रारम्भ होला। ऋण मोचन हुन सक्छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। तर, तत्काल फाइदा उठाउँदा सञ्चित लाभांश घट्न सक्छ। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले भने दु:ख दिन सक्छन्, सजग रहनुहोला। 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आजको राशिफल - 2017-07-22

श्रावन ०७ शनिवार, हेटौंडा । वि.सं. २०७४ साल साउन ७ गते। शनिबार। इश्वी सन् २०१७ जुलाई २२ तारिख। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्दशी, १८:०२ बजेउप्रान्त औंसी।

आजको राशिफल - 2017-07-21

श्रावन ०६ शुक्रवार, हेटौंडा । आज नेपाली समय अनुसार वि.सं. २०७४ साल साउन ६ गते शुक्रबार इश्वी सन् २०१७ जुलाई २१ तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष तिथि– त्रयोदशी, २०:२५ बजेउप्रान्त चतुर्दशी।

आजको राशिफल - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल साउन ५ गते बिहीबार इश्वी सन् २०१७ जुलाई २० तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष तिथि– द्वादशी, २२:५४ बजेउप्रान्त त्रयोदशी।

आजको राशिफल - 2017-07-18

श्रावन ०४ बुधवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल साउन ४ गते बुधबार इश्वी सन् २०१७ जुलाई १९ तारिख नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– एकादशी, २५:२२ बजेउप्रान्त द्वादशी ।

आजको राशिफल - 2017-07-17

श्रावन ०३ मंगलवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल साउन ३ गते मंगलबार इश्वी सन् २०१७ जुलाई १८ तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष तिथि– नवमी, ५:५९ बजेदेखि दशमी २७:४५ बजेउप्रान्त एकादशी सुरु ।

आजको राशिफल - 2017-07-17

श्रावन ०२ सोमबार, हेटौंडा । वि.सं. २०७४ साल साउन २ गते सोमबार इश्वी सन् २०१७ जुलाई १७ तारिख। नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष अष्टमी,तिथि ७:५९ बजेउप्रान्त नवमी सुरु ।

आजको राशिफल - 2017-07-15

श्रावन ०१ आइतवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल साउन १ गते आइतबार इश्वी सन् २०१७ जुलाई १६ तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष सप्तमी तिथि,९:४० बजेउप्रान्त अष्टमी सुरु ।

आजको राशिफल - 2017-07-15

आषाढ ३१ शनिवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल असार ३१ गते शनिबार इश्वी सन् २०१७ जुलाई १५ तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष षष्ठी तिथि, ११:०० बजेउप्रान्त सप्तमी सुरु ।

आजको राशिफल - 2017-07-13

आषाढ ३० शुक्रवार, हेटौंडा । नेपाली समय अनुसार आज वि.सं. २०७४ साल असार ३० गते शुक्रबार इश्वी सन् २०१७ जुलाई १४ तारिख नेपाल संवत् ११३७ दिल्लागा श्रावण कृष्णपक्ष पञ्चमी तिथि ११:५३ बजेउप्रान्त षष्ठी सुरु ।

PREV 1 2 3 4 5 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157037 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top