The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

अतितको स्मरणमा आजको दशैं


विचार/दृष्टिकोण पटक पढिएको जयदेश श्रेष्ठ


अतितको स्मरणमा आजको दशैं


असोज ०९ सोमबार, हेटौंडा । परापुर्व कालदेखि धार्मिक पराम्परा आस्थाका कारण मनाउदै आएको दशैं अहिले आएर निकै परिवर्तन आएको छ । आर्थिक कारणले दशैंमा धान भित्र्याउनु पर्ने चटारो सबै कूषकहरुलाई असारको रोपाईको लागी हुने गर्दथ्यो । दशैंको लागी भनेर महिनौ अगाडी देखी हरेक सर सामानहरुको जोगो र तयारी गर्नु पर्ने त्यो बेलाको समय अहिले आएर आकाश जमिनको फरक भएको छ ।

 सायद त्यो बेलामा बालपन भएर हो की हामीले भोगेको देखेको त्यो बेलाको दशैं सम्झदा पनि खुसी लाग्छ । गाउँ घर शहरमा सबैको घरमा कमेरो माटोले लिपेर रंङ्ग रोगन गर्थे । घरको भुई र बाहिर रातोमाटोले घर पोत्ने चटारो हुन्थो । सबैको घर घरमा दसैलाई भन्दै साँचेर राखेको काक्रो थाङ्ग्रा मै पाकेर पट्पटी फुट्थ्यो । रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो । दशैंलाई भन्दै टेको लगाएर राखेको केरा बोटहरुले दसैलाई कुरेर बसेको आभास हुन्थ्यो । जता जतै आँगन देखी बारीको काङ्लामा सयपत्री, गोदावरी, मखमली फुलहरू फुलेका हुन्थे । चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे । गाउँ घरका कुवा पधेरो बाटोघाटो सरसफाइमा जुटिन्थो । दसैको अवसरमा नाटक मञ्चन, सास्कूतिक कार्यक्रम देखी जिल्ला ब्यापी वडा ब्यापी फुटबल प्रतियोगिता अन्य धेरै कार्यक्रमहरु दसै तिहारमा हुने गर्थो । लगुर बुर्जा थापेर सब सिङ्गल भन्दै सबै पैसा सोर्नु कम्ता मजा आउथ्यो र । दशैंलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्न ढिकीजातोमा मिल घट्टमा भ्याइ नभ्याइ हुन्थो । सबैका घर घरमा एउटा न एउटा दशैको लागी भनेर खसी बोका कुखुरा साँचेका हुन्थे । भोज भतेरमा मस्त हुने नेवार, तामाङ आदिले राँगा ढालेर मासु भागबन्दी लगाउन्थे । घाममा सुकाएको मासुको गन्धले महिनौ भरी सताउन्थ्यो । निधार भरी टिका लगाएर गाला भरी अबिर दलेर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो । पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कति हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो । तर खै त अहिले त्यो दसैँ ? नवरात्री भर बिहान झिसमिसेमा उठेर सबै मठ मन्दिर घुमेका हुन्थ्यौ । पाटी पौवा सतल कुना काप्चामा साथी भाइ छिमेकीहरु तास खेलेर मनोरञ्जन गर्थे । कोही जाँड रक्सीले मातेर नागबेली हुँदै बाटो नाप्दै हिडथे । आँहा त्यो बेलाको दशैं, उफ्स् ! संम्झदा पनी कति खुसी लाग्छ । सधैँ निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात सँगै मासु पाक्दाको त्यो खुसी ! वर्ष दिन कुरेर बल्लबल्ल नयाँ लुगा लगाउन पाउदाको त्यो समय ! अभावमा बाँचेको समयमा वर्षको एक पटक भए पनि सबै नेपाली हिन्दु जनले श्रूण सापटीबाट वा मागेर भए पनि दशैं मनाउने चलन थियो । 

अहिले परिवर्तनको नाममा हामी धेरै फरक भयौ । समय सँग हामी बदलियौ । तर पनि हामी आत्मनिर्भर कुनैमा पनि हुन सकेनौ । अझै पनि हामीले दशैको लागी तिब्बत बाट भेडा च्याङ्ग्रा मगाउने, भारत बाट लुगाफाटा भित्र्याउने चलन बाट नुन देखी सुन सम्म विदेशको भर पर्ने हामीले अब फलफुल , फुलमालामा समेत निर्यात गर्ने अनि खसी बोकाको देखी अनेक थरीका मासुका साथै रक्सी पेय पदार्थ समेत युरोपका देशहरुबाट मगाएर दशैं धुमधामले मनाउने भएका हामी कति सौखिन छौ । 

कूषि प्रधान देश जमिन बाँझो छ । पौरखी युवाहरू बेरोजगार छन् । केही काम गरौँ भन्नेहरु देशमा उधोग धन्दा व्यापार व्यवसाय आदी काम गर्न राम्रो वातावरण नभएर विदेश पलाएन भएका छन् । विदेशबाट पठाएको रेमिटान्सले देश धानेको छ । दैनिक रूपमा बाकसमा बन्द भएर नेपालीको लास सँग सरकारको कुनै सम्बन्ध छैन । नेपाली चेलीबेटी परिवारहरू बिदेशीएका आफ्नो मान्छेले दशैको लागी चाहिने खर्चबर्च पठाई दिएर दशैं मान्ने सोचमा छन् । कर्मचारी बर्गहरु तलबका साथै दशैंखर्च अन्य सुविधामा दशैं मनाउन्छन् । व्यापार ब्यवसायीहरु मौका मा चौका हानेर दशैं मनाउन्छन् । राजनीतिक कर्मी नेता मन्त्री माननियहरु आफ्ना कार्यकर्ता सम्म खर्चबर्च पुर्याएर दशैं धुमधामले मनाउने सोचमा छन् । पैसाको नहुनेहरु जहाँ जसरी भए पनि सापटीमा मज्जाले दसैं मनाई रहेका छन् । आहा कति मज्जाको दशैं ! 

हुने खानेको लागी दशैं हो, नहुने दिन दुखी गरिवहरुको लागी दशैं दशा नै हो । अरूको रमाइलो रमिता हेरेर चित्त बुझाउनु पर्ने भएको हुँदा समाजमा धनी गरिबको खाडल , सामाजिक, आर्थिक, धार्मिक बिकूतीको रूपमा फैलिएको सामाजिक परिवेशमा यस समयमा निकै होसियारी अपनाउनु पर्ने सतर्कता अनाउनु पर्ने हुन्छ । चोरी चकारी हत्या लुट गरेर मनोरन्जन मूलक जुवातासमा ब्यरोजगारी र गरिबीहरु लागेर पछि तिनै मानिस खुखार अपराधी बन्ने गर्दछ ।

नेपालीहरूको महान् चाड दसैँमा पारिवारिक मिलन, धार्मिक आस्थामा सबैको आर्थिक उन्नति, सामाजिक सुधार, सबैमा सु स्वास्थको कामना गर्दै देवी भगवती दुर्गा माताको पूजा पाठ गरेर मनाउने गर्दछौ । यस वर्षको दशैं पनि समस्त नेपाली जन समुदायमा खुसी र भरोसामा एक अर्कामा सुमधुर समन्ध राखेर हामी र हाम्रो लागी सबै नेपालीहरू जहाँ रहे पनि महान् चाड दशैंमा खुसी रहन सकोस् । माता दुर्गा भवानीले समस्त नेपाल र नेपालीहरुमा दूष्ट्री पुर्‍याउन सकोस् । असुर दैत्यलाई बध गरे जसरी नै नेपाल र नेपालीहरूको नराम्रो पक्षलाई अंन्त्य गरी देश विकास र नेपालको समुन्नतीमा ध्यान दिन सकियोस् भनेर दुर्गा माता समक्ष कोटी कोटी नमन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


प्रकृति, वातावरण र हाम्रो सम्बन्ध - 2017-06-02

जेष्ठ १९ शुक्रवार, हेटौडा । विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसंघद्वारा घोषित यो दिवस वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उदेश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो - 2017-05-26

इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।

आरक्षणकोटा अपाङ्गमैत्री बनेन - 2017-05-25

लब्लीप्रसाद शर्मा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ । यो एकदमै राम्रो व्यवस्था हो ।

मैले माओबादी केन्द्रलाइ किन चुन्ने - 2017-05-13

हरि प्रसाद खनाल यो संविधानले स्थानिय निकायलाई सिहदरबारमा सिमित रहेका थुप्रै अधिकारहरु जनतालाईनै सुम्पिदैछ तब मात्र जनताले गणतन्त्र को मिठो आभाष पाउनेछन् ।

सन्दर्भ २५६१ औ बुद्ध जन्म जयन्तिको - 2017-05-10

हेटौंडा अनलाईन असत्यलाई हजार बार सत्य भनिए पनि असत्य,असत्य नै हुन्छ । सत्यलाई हजार बार असत्य भनिए पनि सत्य,सत्य नै हुन्छ ।

भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद - 2017-05-08

हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

शासन र सत्तामा महिलाको अवस्था - 2017-05-05

हेटौंडा अनलाईन महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा परिचित दक्षिण एशियामा राजनीति, सत्ता र शक्तिमा महिलाहरुको पहुँच बढ्दै गएको देखिएको छ ।

बिकाश र निकाशको निम्ति स्थानीय चुनाव - 2017-05-04

हेटौंडा अनलाईन योग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ ।

एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु - 2017-04-26

हेटौंडा अनलाईन संवाददाता बि.स‌ं. २०४३ सालमा क्यान्सरको कारणले आमा बित्दा म सानै थिए, त्यसैले कहिले पनि यो दिनमा आमालाई भनेर केहि उपहार दिन पाइन र त्यस्तो केहि दिनुपर्छ भन्ने न त् समझ थियो न त् हातमा पैसा ।

PREV 1 2 3 4 5 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865247 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top