The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


विचार/दृष्टिकोण पटक पढिएको टंक नारायण श्रेष्ठ


वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


चैत्र १२ सोमबार, हेटौंडा । नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले आफ्नो फेसबुक वालमा नासाको तथ्यांकलाई आधार मानी स्टाटस पोष्ट गर्दै गत चैत्र ५ देखि ९ गतेसम्मको पाँचदिनको अवधिमा नेपालका १२५ स्थानमा विभिन्न स्तरका वन डढेलो देखा परेको बतायो । उसले गएको पुष, माघ महिनादेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । त्यस अनुसार गएको पुष १ गतेदेखि चैत्र ८ गतेसम्मको अवधिमा नेपालमा मात्र ७०१ वटा वन डढेलोको घटनाहरु भए । औसतमा प्रति २४ घण्टा करीव ४७ ठाउँमा अथवा पटक डढेलो लागेको देखियो ।

हरेक वर्ष विशेष गरी चैत्रदेखि जेठसम्म नेपालको वनजंगल वन डढेलोको बढी नै चपेटामा पर्ने गरेको छ । यसै बीच नेपाल सरकारले चैत्र १ देखि ७ गतेको अवधिलाई डढेलो सप्ताह घोषणा ग¥यो । यसबीच डढेलो व्यवस्थापनको विषयमा जनचेतना अभिवृद्धिको लागि सरोकारवालाहरुसँग अन्तरकृया, समूह स्तरमा डढेलो सचेतना गोष्ठी तथा तालीमहरु र कर्मचारी तहमा समेत डढेलो व्यवस्थापन सम्वन्धी कार्यक्रम आयोजना गरिएका छन् । जिल्ला वन कार्यालय मकवानपूरले यस वर्ष पनि जिल्लाका पाँच वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई डढेलो व्यवस्थापन औजारहरु वितरण गर्रयो । यसका साथै डढेलो व्यवस्थापन सम्वन्धी नमूना अभ्यास पनि आयोजना गरेको थियो । सदरमुकामकै चौकीटोलको सुन्दर सामुदायिक वन उपभोक्ता समूहका डढेलो नियन्त्रण दस्ताले उक्त अभ्यासको प्रदर्शन गरेको थियो । यो प्रसंग अहिलेलाई यति नै । 

आगो मानिसलाई नभई नहुने शक्तिको श्रोत हो । मानिसलाई आगो जन्मदेखि मृत्युपर्यन्त आवश्यक छ । आगोको विविध रुपहरु हुन्छन् । भान्साको चुलोमा भए अगेनो, चितामा बाले दागवत्ती, वस्तीमा लागे आगलागी र वनमा लागे वन डढेलो । वनमा वोट विरुवा, माटो, वन्यजन्तु र ढलापडा काष्ठ र गैरकाष्ठ पैदावारलाई खरानी पार्ने गरी सल्केको आगोलाई वन डढेलो भनौं । अझ वन डढेलो भनेको वनमै लाग्ने अनियन्त्रित आगोलाई मानिन्छ । 

वन डढेलो लाग्नको लागि मुख्यतया तीन तत्वहरु आगो, इन्धन र हावा आवश्यकता पर्दछ । आगो भन्नाले आगोको श्रोतहरु हुन् । उदाहरणको लागि सलाइ, लाइटर, दाउराको अगुल्टो, बिजुलीको झिल्का, चट्याङको झिल्का आदि । त्यस्तै इन्धन भनेको मट्टितेल, वनको भूइँमा रहेका सुकेका पत्कर र हाँगाबिंगा लगायतका प्रज्वलनशील बस्तुहरु हुन् । हावामा अक्सिजन २१ प्रतिशत, नाइट्रोजन ७८ र अरु ग्याँसहरु १ प्रतिशत जति हुन्छन् । आगो लाग्नलाई अक्सिजन आवश्यक पर्दछ । यी तीन चीज भएपछि जहाँ पनि जहिले पनि आगो लाग्दछ । वनमा लागे वन डढेलो र वस्तीमा लागे आगलागी । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दाईजो प्रथाको नेलमा मधेशका महिला - 2017-07-18

श्रावन ०३ मंगलवार, बीरगंज । तराई मधेशमा दाइजोका कारण वर्षेनी महिलाहरूको मृत्यु हुने गरेको छ भने अधिकाशं महिलाहरु दिनानुदिन मानसिक तथा शारीरिक यातना खेपेर घर भित्रै बस्न बाध्य छन् ।

पत्रकारितामा अर्थको अर्थ - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । नेपाली पत्रकारिताको आयतन अहिले निकै बढेको छ । बहुआयामिक भएको छ । गुणस्तरमा अपेक्षित स्तर कायम हुन त सकेको छैन तर समय सापेक्षरुपमा पत्रकारिताको स्पिरिटलाई कुनै न कुनै रुपमा पक्रेको छ । प्रशस्त बिकृति छन् । राजनीतिक पार्टीको लाचार छायाँ नै छ । तर, माया बैगुनी नभइ नहुने भनेर्झै यसको उपादेयतालाई इन्कार गर्न सकिन्न ।

सपनाको शहर कोरिया रहर होइन कहर - 2017-07-02

आषाढ १७ शनिवार, द कोरिया । समय सँगै मानिसको सपनाहरू पनि स्तरीय देखीन्छ । जब जिम्मेवारी-कर्तव्यको भार पर्छ, समस्या अनि आर्थिक अभावहरू खट्किदै जान्छ तब एकमात्र सपना हुन्छ पैसा कमाउने बिदेश नगई नेपालमै बसेर भविष्यमा केही गर्ने सपनालाई मनको कुनामा यथावतै राखी मस्तिष्कमा बिदेश अनि पैसाको बिट्टा हरूले डेरा जमाउछ। certificate दराजमा थन्काएर हजारौ नेपाली युवा-युवतीहरू बिदेशीन्छन ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्थिति - 2017-07-01

आषाढ १८ आइतवार, हेटौंडा । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैड्ढका अनुसार विश्वको कुल जनसख्याको १५५ हिस्सा रहेको तथ्यले नेपालको जनगणनामा आएको अपाङ्गता भएका व्यक्तिहरूको तथ्याड्ढलाई ठाडै अस्वीकार गर्दछ ।

किन बन्दैन मेरो देश: किन सुध्रिदैन राजनीति - 2017-06-27

आषाढ १३ मंगलवार, हेटौंडा । राम्रो काम गरेर देशको लागी समर्पित हुनेहरुको यो देशमा जय हुन्दैन रे ! भिमसेन थापाको श्रीमतीले दिएको श्राप अझै सम्म बाँचिरहेको छ ? एक पटक स्वस्ती शान्ति नै गर्नु पर्ने हो की ? व्यवस्था बदलिए , सासक बदलिए , राजा हटे ।

अपाङ्गहरुलाई मानवअधिकारको अनुभूति कहिले मिल्छ ? - 2017-06-23

आषाढ ०९ शुक्रवार, हेटौंडा । नेपालमा अहिलेपनि अपाङ्ग मैत्री भैतिक संरचना नहुँदा कतिपय अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगार आदि अधिकारबाट बञ्चित हुनपरेको अवस्था छ ।

खडेरी र जलवायु परिवर्तन - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । लामो समय पानी नपर्नु नै खडेरी हो । खडेरी को अर्थ सुख्खा हुनु हो । खडेरी एउटा प्राकृतिक घटना हो, जुन मौसम र उच्च चाप प्रणलिसँग सम्बन्धित छ । खडेरी विस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ ।

खडेरीका कारण, असर र अनुकुलनका उपायहरु - 2017-06-18

आषाढ ०४ आइतवार,हेटौंडा । सन्दर्भ: खडेरी रोकथाम दिवस जुन १७ अर्थात खडेरी विरुद्धको दिवस । खडेरी र सुख्खाबाट जोगिन जागरुक बनाउने उद्देश्यले शनिवार अर्थात जुन १७ (अषाढ ३ गते ) विश्वभर खडेरी विरुद्धको दिवस मनाईयो । सन् १९९४ मा संयुक्त राष्ट्रसंघले जुन १७ लाई यो दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

चुरे संरक्षणको महत्व र वर्तमान चुनौति - 2017-06-17

२०७४ आषाढ, ०३ शनिवार । पूर्वी इलाम देखी पश्चिम कन्चनपुर सम्म ३६ जिल्लालाई छुदै नेपालको कुल भूभागको करीब १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको चुरे क्षेत्र भौगोलिक रुपले कमजोर र ५० प्रतिशत भन्दा बढी जनसंख्यासँग प्रत्यक्ष रुपमा सम्बन्धित भएकोले वातावरणीय तथा समाजिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

PREV 1 2 3 4 5 6 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13156378 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top