The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


विचार/दृष्टिकोण पटक पढिएको टंक नारायण श्रेष्ठ


वन डढेलो : कारण, प्रभाव र व्यवस्थापन


चैत्र १२ सोमबार, हेटौंडा । नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले आफ्नो फेसबुक वालमा नासाको तथ्यांकलाई आधार मानी स्टाटस पोष्ट गर्दै गत चैत्र ५ देखि ९ गतेसम्मको पाँचदिनको अवधिमा नेपालका १२५ स्थानमा विभिन्न स्तरका वन डढेलो देखा परेको बतायो । उसले गएको पुष, माघ महिनादेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । त्यस अनुसार गएको पुष १ गतेदेखि चैत्र ८ गतेसम्मको अवधिमा नेपालमा मात्र ७०१ वटा वन डढेलोको घटनाहरु भए । औसतमा प्रति २४ घण्टा करीव ४७ ठाउँमा अथवा पटक डढेलो लागेको देखियो ।

हरेक वर्ष विशेष गरी चैत्रदेखि जेठसम्म नेपालको वनजंगल वन डढेलोको बढी नै चपेटामा पर्ने गरेको छ । यसै बीच नेपाल सरकारले चैत्र १ देखि ७ गतेको अवधिलाई डढेलो सप्ताह घोषणा ग¥यो । यसबीच डढेलो व्यवस्थापनको विषयमा जनचेतना अभिवृद्धिको लागि सरोकारवालाहरुसँग अन्तरकृया, समूह स्तरमा डढेलो सचेतना गोष्ठी तथा तालीमहरु र कर्मचारी तहमा समेत डढेलो व्यवस्थापन सम्वन्धी कार्यक्रम आयोजना गरिएका छन् । जिल्ला वन कार्यालय मकवानपूरले यस वर्ष पनि जिल्लाका पाँच वटा सामुदायिक वन उपभोक्ता समूहहरुलाई डढेलो व्यवस्थापन औजारहरु वितरण गर्रयो । यसका साथै डढेलो व्यवस्थापन सम्वन्धी नमूना अभ्यास पनि आयोजना गरेको थियो । सदरमुकामकै चौकीटोलको सुन्दर सामुदायिक वन उपभोक्ता समूहका डढेलो नियन्त्रण दस्ताले उक्त अभ्यासको प्रदर्शन गरेको थियो । यो प्रसंग अहिलेलाई यति नै । 

आगो मानिसलाई नभई नहुने शक्तिको श्रोत हो । मानिसलाई आगो जन्मदेखि मृत्युपर्यन्त आवश्यक छ । आगोको विविध रुपहरु हुन्छन् । भान्साको चुलोमा भए अगेनो, चितामा बाले दागवत्ती, वस्तीमा लागे आगलागी र वनमा लागे वन डढेलो । वनमा वोट विरुवा, माटो, वन्यजन्तु र ढलापडा काष्ठ र गैरकाष्ठ पैदावारलाई खरानी पार्ने गरी सल्केको आगोलाई वन डढेलो भनौं । अझ वन डढेलो भनेको वनमै लाग्ने अनियन्त्रित आगोलाई मानिन्छ । 

वन डढेलो लाग्नको लागि मुख्यतया तीन तत्वहरु आगो, इन्धन र हावा आवश्यकता पर्दछ । आगो भन्नाले आगोको श्रोतहरु हुन् । उदाहरणको लागि सलाइ, लाइटर, दाउराको अगुल्टो, बिजुलीको झिल्का, चट्याङको झिल्का आदि । त्यस्तै इन्धन भनेको मट्टितेल, वनको भूइँमा रहेका सुकेका पत्कर र हाँगाबिंगा लगायतका प्रज्वलनशील बस्तुहरु हुन् । हावामा अक्सिजन २१ प्रतिशत, नाइट्रोजन ७८ र अरु ग्याँसहरु १ प्रतिशत जति हुन्छन् । आगो लाग्नलाई अक्सिजन आवश्यक पर्दछ । यी तीन चीज भएपछि जहाँ पनि जहिले पनि आगो लाग्दछ । वनमा लागे वन डढेलो र वस्तीमा लागे आगलागी । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद - 2017-05-08

हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

शासन र सत्तामा महिलाको अवस्था - 2017-05-05

हेटौंडा अनलाईन महिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा परिचित दक्षिण एशियामा राजनीति, सत्ता र शक्तिमा महिलाहरुको पहुँच बढ्दै गएको देखिएको छ ।

बिकाश र निकाशको निम्ति स्थानीय चुनाव - 2017-05-04

हेटौंडा अनलाईन योग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ ।

एकदिन फोटोको तल 'आइ लभ माइ मम' राख्नेहरु - 2017-04-26

हेटौंडा अनलाईन संवाददाता बि.स‌ं. २०४३ सालमा क्यान्सरको कारणले आमा बित्दा म सानै थिए, त्यसैले कहिले पनि यो दिनमा आमालाई भनेर केहि उपहार दिन पाइन र त्यस्तो केहि दिनुपर्छ भन्ने न त् समझ थियो न त् हातमा पैसा ।

अपाङ्गताको आरक्षणमा समस्या - 2017-04-26

हेटौंडा अनलाईन संवाददाता शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई राज्यका विभिन्न निकायमा समावेश गराउन सरकारले आरक्षणको व्यवस्था गरेको छ । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै मात्रामा भए पनि जीवन जिउन केही सहज भएको छ ।

महिला सशक्तिकरणका कुरा - 2017-04-20

हेटौंडा अनलाईन संवाददाता नेपालमा प्रजातन्त्रको आगमानसँगै शहरदेखि गाउँ मेचिदेखि कालीसम्मका कुना काप्चा र दूर दराजका स-सना छलफल, भेलादेखि लिएर सम्मेलन, गोष्ठि, आमसभामा सुन्न पाइने टट्कारो विषय महिला शहभागिता र तिनको सशक्तिकरण हो।

सवाल उठाउने महिलाको सतह - 2017-04-20

हेटौंडा अनलाईन समुन्नत र समृद्ध समाजको परिकल्पना गर्दा हामीले अधिकार र कर्तव्यलाई सँगै जोडेर हेर्ने गर्दछौं । लैंगिक उत्पीडनको विरोधमा लामो समयदेखि आन्दोलनमा सहभागी भएका महिलाहरुले पनि आफूलाई सशक्त रुपमा सामाजिक र आर्थिक भूमिकामा प्रस्तुत गरेर सरकार तथा राज्यप्रतिको आफ्नो दायित्वलाई विस्तार गर्दै महिला सशक्तीकरणको वकालत गरिरहेको पाईन्छ ।

असम्भवलाई सम्भव बनाउने झमक - 2017-04-18

हेटौंडा अनलाईन संवाददाता ओइलाएका नेपालीलाई ऊर्जा दिन र आफ्नो लडाइँ आफैं लड्न झमकसँगको साक्षात्कार सञ्जीवनी हुन सक्छ। कान्तिपुरमा फोटोको साटो स्केच राखेर लेख लेख्ने झमक घिमिरे पुरुष होइनन्, महिला र शारीरिक रूपले विशेष परिस्थितिको भन्ने थाहा पाएदेखि नै उनीप्रति एक प्रकारको जिज्ञासा थियो।

महिलालाई किन जिताउने ? - 2017-04-18

हेटौंडा अनलाईन संवाददाता अहिले स्थानीय तहको निर्वाचन हुने घोषणाले सबैमा उत्साह छाएको छ । २० वर्षपछि हुनलागेको यो निर्वाचनले निकै ठूलो महत्त्व राखेको छ । झन् २०७२ को संविधानले स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेपछि यसले अझ बढी महत्त्व राखेको छ ।

PREV 1 2 3 4 5 6 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13156379 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top