The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

मतदान अधिकृतको अनुभवमा मतदान व्यवस्थापनका समस्या र चुनौतीहरु


विचार/दृष्टिकोण पटक पढिएको हेटौंडा अनलाइन




२०७४ पौष १० सोमबार, हेटौंडा अन्ततः राजनीतिक संक्रमणलाई सजीलै पार लाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले गणतन्त्रात्मक संविधान घोषणा पश्चातको पहिलो ऐतिहासिक प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेको छ । दुई चरणमा संचालित सो निर्वाचनमा पहिलो चरणमा ३२ जिल्लामा २०७४ साल मंसिर १० गते र दोश्रो चरणमा ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते मतदान भएको थियो ।

नेपालको संविधान २०७२ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगत प्रतिनिधी सभाको १६५ स्थानर समानुपातिक तर्फ ११० स्थान गरी २७५ एबं प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ३३० तथा समानुपातिक तर्फ २२० गरी कूल ५५० स्थानको लागि ती दुबै दिनहरुमा मतदान सम्पन्न भएको थियो । यो लेख कोरिरहँदा केही जिल्लाहरुको प्रत्यक्ष तर्फको मत गणना करीव समापनोन्मुख थियो भने समानुपातिक मत गणना भर्खर शुरु भएको थियो । 


यस पंक्तीकारले मतदान गराएको मतदान केन्द्रमा ७३ प्रतिशत मत खसेको थियो ।मतदान अधिकृतको रुपमा जिम्मेवारी पाउँदा राष्ट्रिय गर्वको अनुभूति आफ्नो ठाउँमा हुँदै थियो । यस लेखमा पंक्तिकारले मतदान अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहँदा गरेका अनुभूतिहरु राख्ने प्रयास गरिएको छ । एउटा मतदान अधिकृतको आँखाबाट मतदान र निर्वाचन जस्तो महायज्ञको व्यवस्थापनमा आइपर्ने बाधा र समस्याहरुको नालीबेली दिने काम गरिएको छ । त्यसको आधारमा आगामी दिनहरुमा निर्वाचन कार्यक्रम सम्पादन र संचालन गर्दा अपनाउन सकिने सुधारात्मक उपायहरु समेत सुझाइएको छ । 


यसै सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान प्रशिक्षण दिएपछि सहायक कर्मचारी र कार्यालय सहयोगी समेतको टोलीलाई मतदान केन्द्रको निर्माण, व्यवस्थापन र मतदान संचालनको लागि नियुक्ति दिएको थियो । त्यसै गरी दुरी तथा स्थान अनुसार मतदान केन्द्र निर्माणको सामानढुवानी भाडा तथा अन्य खर्चहरुको व्यवस्था गरेको थियो । मतदान केन्द्र निर्माणको लागि खर्च र मतदान कार्य संचालनको लागि विभिन्न सामग्रीहरु उपलब्ध गराएको थियो । मतपेटिका, छेकावार, रबर म्याट, स्वस्तिक छाप, छापदानी, हातको औंलाको नङ–मासुमा लगाउने मार्कर, मतपत्रको सिलवन्दी प्याकेट, विभिन्न अनुसूचि बमोजिमका खाली मुचुल्काको प्रतिहरु, नेपाली कागजको खाम तथा फायल लगायतका स्टेशनरीका सामानहरुको व्यवस्था गरेको थियो । जनशक्तिको हकमा औसतमा ८ जना कर्मचारीको नियुक्ति गरेको थियो भने मतदान स्थलमा स्वयंसेवकहरु नियुक्त गर्ने खर्च पनि दिएको थियो । 


मतदान स्थलको रुपमा प्रायः विद्यालय परिसरलाई प्रयोग गरिएको थियो । सुरक्षाको लागि जनपद र म्यादी प्रहरीको पनि व्यवस्था गरेको थियो भने सुरक्षाका तीनै निकायको सहभागिता रहने गरी विभिन्न स्तरको सुरक्षाको घेरा पनि तय गरेको थियो । सुरक्षा संवेदनशीलताको दृष्टिले विभिन्न मतदान स्थललाई सामान्य, मध्यम र संवेदनशील भनी वर्गीकरण गरी सोही अनुसार प्रहरी कर्मचारीहरुको व्यवस्था गरिएको थियो ।


हाम्रो भूगोल विविधतायुक्त छ । समूद्र सतहबाट ६० मीटरदेखि सगरमाथाको उचाइसम्म नेपालमै पर्ने भूगोल हुन् । दुर्गम र सुगम दुबै खालका स्थानहरु छन् । मौसम पनि चीसो र गर्मीयुक्त दुबै खालका छन् । यस पालिको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन चीसो मौसममा आयोजना गरिएको थियो । यसैलाई दृष्टिगत गरेर तीब्र ठण्डीलाई टार्न हिमाली र उचाइमा रहेका जिल्लाहरुमा मंसिर १० गते र तल्लो पहाडी, मधेश र तराईमा मंसिर २१ गते मतदानको लागि दिन निर्धारण गरिएको थियो । 


यस निर्वाचनमा मतदान केन्द्र बनाउँदा प्रतिनिधी सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको लागि दुईवटा मतपेटिका र समानुपातिकको लागि एउटा मतपेटिका राखिएको थियो । त्यसै गरी ५०२ प्रकृतिका मतपत्रहरु छापिएको थियो जसमा प्रतिनिधी सभा र प्रदेश सभाको प्रत्यक्षको लागि अलग अलग मतपत्र क्रमशः हरीयो र कालो रङमा थियो भने दुबै सभाको समानुपातिक तर्फको लागि लगभग दोब्बरभन्दा ठूलो एउटै कागजमा रातो रङमा माथि प्रतिनिधी सभा र तल प्रदेश सभाको मतपत्र थियो । यसरी तीनवटा मतपेटिका रहेकोमासमानुपातिकको लागि मतपत्रको साइज हेरेर लगभग ८३ लिटर क्षमताको ठूलो साइजको मतपेटिकाको व्यवस्था गरिएको हो । 


यसरी मतदान गराइरहँदा उपलब्ध गराइएको छापदानीमा मसी सक्किएको थियो र थप्न दिइएको मसी पनि प्रयोग भइसकेको थियो । त्यसै गरी विभिन्न सूचना र पोष्टर टाँस्न दिइएको गमस्टिक पनि सक्किएको थियो । मतदान प्रतिनिधी, कर्मचारी तथा स्वयंसेवकलाई प्रदान गरिने परिचय–पत्र होल्डर पनि सानो भएर छिमेकी मतदान केन्द्रसँग माग्नु परेको थियो । समयको हिसाबले पनि यस अघिका निर्वाचनहरुमा भन्दा तेब्बर समय लागेको थियो । मतदाता नामावलीमा नाम रुजु गर्ने क्रममा धेरै विवरणहरु हेर्नुपर्ने हुनाले समय बढी लागेको थियो । यद्यपि प्रति मतदाता करीव ४८ सेकेन्ड समय लागेको थियो । यस हिसाबले १००० मतदाताको लागि करीव ४८००० सेकेन्ड अर्थात १३ घन्टा समय लाग्ने आँकलन गरिएको थियो । जबकि हामीसँग बिहान ७ः०० बजेबाट साँझ ५ः०० बजेसम्म मात्र १० घण्टा समय उपलब्ध थियो । 


त्यस्तै, मतदान केन्द्र बनाउँदा सुविधा सम्पन्न विद्यालय र सुविधा विपन्न विद्यालयमा एकै मापदण्डबाट खर्च दिइएकोले फर्निचर, बाँस, डोरी लगायतको व्यवस्था गर्नको लागि सुविधा विपन्न विद्यालयमा सम्पन्न विद्यालयको तुलनामा बढी खर्च लाग्न गएको थियो । एक मतदान केन्द्र तयार गर्न औसतमा ३ वटा डेस्कबेन्च, मतपेटिका राख्न काठका कुर्सिहरु ३ वटा, टेबल ६ वटा र बस्ने कुर्सि ३ वटा लाग्ने अवस्था थियो । साधारणतया माद्यमिक विद्यालय र आधारभूत विद्यालय भौतिक सुविधाका हिसाबले धेरै फरक हुन्छन् । आधारभूत विद्यालयहरुमा फर्निचर निकै न्यून हुन्छन् र पंक्तिकारको मतदान केन्द्रमा सोही अवस्था थियो । अतः नपुग भएको फर्निचर र अन्य सामग्रीहरुअन्यत्रबाट ल्याउन मतपेटिका ढुवानी गर्ने रकम खर्चिनु परेको थियो । 


यता यस्तो स्थिति थियो भने कुन स्तरको मतदान केन्द्र बनाउन कति क्षेत्रफलको स्थान प्रयोग गर्नुपर्छ भन्ने अनुमानित मापदण्ड निर्वाचन कार्यालयसँग नहुनाले मतदान केन्द्र बनाउन धेरै समय लगाएर डिजाइन गर्नु परेको थियो । झन वरिपरि पर्खाल नभएको स्थानमा मतदान केन्द्रको सीमांकन गर्न धेरै कठीन र खर्चिलो हुने अवस्था रहेको थियो । मतदान केन्द्रमा प्रवेश द्वार र निकास द्वार, मूल गेटबाट नाम रुजु गर्ने कर्मचारी सम्म मतदातालाई पंक्तिवद्ध राख्ने स्थान, गोप्य कक्ष राख्ने स्थल, मटपेटिका स्थल र मतपत्र दिने कर्मचारी बस्ने स्थलको व्यवस्थापन निकै जटील र चुनौतिपूर्ण थियो । झन् न्यून संख्यामा सुरक्षा कर्मचारीको उपलब्धताभएको स्थितिमा त सुरक्षाको दृष्टिले मतदान केन्द्रको निर्माण फलामको च्यूरा चपाउनु जस्तै कुरा थियो । 


नेपालमा गएको स्थानीय तहको चुनाव बैशाखमा गराइएको थियो । अपेक्षाकृत उक्त महिनामा मंसिर महिनाको तुलनामा उज्यालो समय बढी रहन्छ । तर प्रतिनिधी सभाको यस पालिको चुनावको समय जुन रोजिएको थियो, त्यसमा दिन निकै छोटो थियो । मतदानको समय बिहान ७ः०० बजे शुरु गरी साँझ ५ः०० बजे सक्नुपर्ने अवस्था थियो । मतदान केन्द्रमा राखिएका फर्निचरहरुमा बिहान ८ बजेसम्म शीत रहिरहेको थियो, त्यहाँ मतपत्रहरु ल्याएर राख्दा शीतले बिग्रिने डर भएकोले र मतदाताहरु समेत जाडोले गर्दा घाम नझुल्किकन मतदान गर्न नआउनाले यसै पनि मतदान शुरु गर्न ढीलो हुन गएको थियो, यद्यपि मुचुल्कामा नियमानुसार ७ः०० बजे नै लेखियो जबकि मतदान वास्तवमा करीव ८ः०० बजेतिर शुरु भएको थियो । विडम्वना के थियो भनेसाँझ ५ः०० बजेसम्म मतदान स्थलमा छिर्नुभएका मतदाताले मतदान गर्न पाउनु वहाँहरुको नैसर्गिक अधिकार भएकोले मतदान सक्दा अँधेरोले छोइसक्थ्यो । यसै अवस्थालाई मध्यनजर गरी बत्तिको व्यवस्था गर्न खोजियो । यसो गर्दा बत्तिको त्यति भरपर्दो व्यवस्था नभएको आधारभूत स्तरको विद्यालयमा वत्तिको व्यवस्था गर्न भनी दिइएको पैसाले पुग्ने अवस्था रहेन । सँगैको अरु दुई मतदान केन्द्रको बत्ति–पानीको पैसा मिसाएर सगोलमा खर्च गर्दा समेत दिइएको बजेटभन्दा दोब्बर बढी खर्च भयो । जबकि निकै सुविधा सम्पन्न माध्यमिक र उच्च विद्यालयमातोकिएका मतदान केन्द्रहरुमा यसै प्रयोजनको लागि दिएको रकम खर्च नभएको चर्चा सुनियो । 


एकातिर यस्तो स्थिति थियो भने, मतदाताहरुमा मतदाता शिक्षाको कमी वा भनौँ अप्रभावकारिताले गर्दा यस प्रकारको निर्वाचनको मतदान केन्द्रमा कतिवटा मतपत्र र कतिवटा मतपेटिका हुन्छ भन्ने ज्ञानको कमी थियो । यस कारण धेरै मतदाताहरु प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको मतपत्र लिएर सीधै प्रदेश सभाको मत पेटिकातर्फ लम्किदा उनीहरुलाई पथप्रदर्शन गर्ने क्रममा चुनौती आइपरेको थियो । मतपत्र पट्याउने तरीकाको ज्ञानको कमीले गर्दा भरिएर मतपेटिकामा छीटै नै स्केलले बिर्कोको प्वालबाट ठेल्नुपर्ने अवस्था उत्पन्न भएको थियो जुनकि मतपत्र बिगार्न सक्ने एउटा संभावित कारक हो । मतपत्र लिएर गोप्य कक्षमा जानुपर्ने र मत संकेत गरेपछि सम्वन्धित मत पेटिकातर्फ गई मत खसाल्ने कृयाकलापको क्रम नबुझ्नाले मतदाताहरुमा प्रशस्त अलमल रहेको अनुभव गरियो ।


निश्कर्शमा भन्नुपर्दा, अरु निर्वाचनमा भन्दा तेब्बर समय लाग्नु, सुविधा विपन्न विद्यालयमा सम्पन्न विद्यालयमा निर्माण गरिने मतदान केन्द्रलाई सरह खर्च दिइनु, जाडोको दिन छोटो हुनु, मतदान स्थल थोरै भई धेरै मतदाताको चाप रहनु, वास्तविक फिल्डको अवस्था नबुझी मतदान स्थल तोकिनु, एउटा मतदान केन्द्रलाई आवश्यक क्षेत्रफलको स्पष्ठ खाका र आँकलन नहुनु, दिइएको मतदान सामग्रीहरु अपर्याप्त हुनु र खर्च विनियोजित गर्दा एउटै मापदण्डबाट गरिनु आदि कारणहरुले यस पालिको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा मतदान केन्द्र निर्माण, सामग्री प्रयोग, व्यवस्थापन, जनशक्ति परिचालन तथा मतदान कार्यको संचालन निकै कठीनताका साथ निर्वाह गरिएको थियो । 


आगामी दिनमा निर्वाचन आयोग र जिल्लास्थित निर्वाचन कार्यालयहरुले उपर्युक्त कुराहरुलाई ध्यान दिई आवश्यक अध्ययन गरेर मात्र मतदान खर्च र सामग्रीको व्यवस्था तथा मतदान स्थल निर्धारण गर्ने परिपाटी बसाल्न सकेमा मतदान केन्द्रमा खटिने कर्मचारीहरुले आफ्नो पकेटको खर्चले सरकारी काम गर्नुपर्ने अवस्था आउने थिएन । त्यसै गरी मतदानको लागि सकभर लामो दिन हुने गर्मी समय विशेष गरी चैत्र, बैशाख निर्धारण हुन सकेमा समयको अभाव नहुने र अँध्यारोमा मतदान गराउनु र गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने थियो । यसका साथै प्रति मतदाता औसतमा कति मिनेट समय लाग्छ, त्यस कुराको प्रयोगात्मक अध्ययन गरी खास मतदान स्थलले चर्चने भौगोलिक स्थानको मतदाताको संख्या अनुसार मतदान केन्द्रको संख्या तोक्ने परिपाटी बसाल्नु पर्ने देखिन्छ । मतदातालाई निर्वाचनको तिथी घोषणा हुनासाथै आवश्यक सामग्रीहरु सहित समूहगत रुपमा मतदाता शिक्षा र नमूना मतदान अभ्यास संचालन गर्न सके मतदातामा हुने अलमल न्यूनीकरण गर्न सकिन्थ्यो । साथै, एउटा खास प्रकारको मतदान केन्द्रको लागि आवश्यक पर्ने औसत क्षेत्रफलको स्पष्ठ खाका र नर्मस् निर्वाचन कार्यालयले स्थापित गर्न सकेमा लागत प्रभावकारी (ऋयकत(भाभअतष्खभ) मतदान केन्द्र निर्माण गर्न र मतदान कार्यलाई थप व्यवस्थित बनाई सुरक्षित र भयरहित वातावरण सृजना गरी मतदाताको गोप्य मतदानको अधिकार सुनिश्चित गर्न सहज हुने थियो जुनकि लोकतन्त्रको आधार स्तम्भ हो ।

(२०७४ मंसिर २५ गते)






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


स्थानीय तहको निर्वाचन र नेपाली मतदाताको मनोविज्ञान - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । आजको विश्व राजनीतिमा लोकतन्त्रको निकै महत्वपूर्ण स्थान छ । लोकतान्त्रिक शैलीको शासन व्यवस्थामा जनताको मतको भूमिका सर्वोपरि हुन्छ । त्यसैले जनता शक्तिशाली मानिन्छन् । वास्तवमा निर्वाचन लोकतन्त्रको सर्वोत्तम सौन्दर्य हो ।

जीतपुरसिमराः समृद्ध महानगरका आधारहरु - 2017-08-07

श्रावन २३ सोमबार, हेटौंडा । मुलुकका एघार उपमहानगरपालिकाहरुमध्ये जीतपुरसिमरा अवसर र सम्भावनाका हिसावले सर्वाधिक महत्वको उपमहानगर हो । संयोग र सम्भावनाले उपमहानगर बनेको जीतपुरसिमरा उपलव्धि र प्रतिकुलतालाई व्यवस्थापन गर्नसके यहांका अवसर र सम्भावनाहरुले आगामी केही वर्षभित्रै समृद्ध महानगरको आधारशिला खडा गर्न सकिनेछ ।

जन्म र मृत्युबारे एउटा महत्वपूर्ण आलेख: जिज्ञासा मनका - 2017-07-30

श्रावन १५ आइतवार, हेटौंडा । मानिस सबैको मनमा उठ्ने प्रश्न हामी किन जन्मन्छौँ अनि किन मर्छौं ? जन्मेको किन होला ? आफै जानी जानी जन्मेको त पक्कै होइन होला ? जन्मको प्रयोजन के होला ? यत्रो दुख दिनुथियो भने किन जन्मेको ? के अर्थ छ यो सुख दुःख भोग्नमा ? कसले गराएको होला यस्तो ? हामी सबैको मनमा जिज्ञासा लाग्नु स्वाभाविकै छ । हामी यो दुनियाँलाई भोग्न जन्मिएका हौँ र सबैथोक भोग्न यहाँ मात्र पाइन्छ ।

अर्थतन्त्रको मेरुदण्डः कृषिमा क्रान्तिको आबश्यकता - 2017-07-24

श्रावन ०९ सोमबार, हेटौंडा । विश्वमा घटेका अनेकौं राजनैतिक परिवर्तनका घटनाहरु यस्ता छन् जसको पछाडी आर्थिक कारणले अहम् भूमिका निर्वाह गरेको देखिन्छ । वेरोजगारी, श्रम वजारको कमि, वर्गिय विभेद, शोषण र चरम आर्थिक अभाव जस्ता परिघटनाहरुले विश्व वजारमा हलचल पैदा गराएका यथेष्ट प्रमाणहरु भेटिने गरेका छन् ।

पर्यटन विकासको सम्भावना मा रसुवाको चुनौती - 2017-07-23

श्रावन ०८ आइतवार, रसुवा । पर्यटन विकासका लागि पछिल्लो समयमा हिमालयको प्रकृति सौन्दर्यसँग मात्र सीमित रहेन । त्यस क्षेत्रमा बसोवास गर्ने जातजातिको धर्म, संस्कृति, पेसा, व्यवसाय आदिले पनि आकर्षण गर्न थाल्यो ।

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।

आलेख: भाग्यवाद र कर्मवादबारे विमर्श - 2017-07-19

२०७४ श्रावन ०४ बुधवार, हेटौंडा । हरेक व्यक्तिले आफ्नो जीवन सुखमय, सन्तोषमय, शान्तिमय र समृद्धिमय होस् भन्ने कामना गर्छ । वस्तुतः यस्तो अपेक्षालाई स्वाभाविक पनि मानिन्छ । सुख, सन्तोष, शान्ति र समृद्धिमै जीवनको सफलता र सम्पन्नता अन्तर्निहित हुन्छ ।

दाईजो प्रथाको नेलमा मधेशका महिला - 2017-07-18

श्रावन ०३ मंगलवार, बीरगंज । तराई मधेशमा दाइजोका कारण वर्षेनी महिलाहरूको मृत्यु हुने गरेको छ भने अधिकाशं महिलाहरु दिनानुदिन मानसिक तथा शारीरिक यातना खेपेर घर भित्रै बस्न बाध्य छन् ।

पत्रकारितामा अर्थको अर्थ - 2017-07-07

आषाढ २३ शुक्रवार, हेटौंडा । नेपाली पत्रकारिताको आयतन अहिले निकै बढेको छ । बहुआयामिक भएको छ । गुणस्तरमा अपेक्षित स्तर कायम हुन त सकेको छैन तर समय सापेक्षरुपमा पत्रकारिताको स्पिरिटलाई कुनै न कुनै रुपमा पक्रेको छ । प्रशस्त बिकृति छन् । राजनीतिक पार्टीको लाचार छायाँ नै छ । तर, माया बैगुनी नभइ नहुने भनेर्झै यसको उपादेयतालाई इन्कार गर्न सकिन्न ।

PREV 1 2 3 4 5 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12963107 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top